बिसर्नेलाई
खोलो तरेर लौरो
आफ्नै खुट्टामा उभिन सिक्दा
समाएको हजुरबाको दौरो
आँसु पुछ्ने
आमाको पछौराको फुर्को
डिलमा रुदै बस्ने बारीको सुर्को
यो सबै सम्झेर
मन हुन्छ भरंग
कहाँ छ खै हामीले बुनेको
अदृष्य सम्बन्धको तरंग?
सायद यो अब
देख्नेले बुझ्ने र बुझ्नेले समाल्ने
लौरा, दौरो, फुर्को र सुर्को
भेटिएला कतै?
अवश्य भेटिन्छ
मोबाइल र मुखौटोको
स्क्रिन तल-माथि सर्दा
या त सम्झनाको सपनाबाट बिउझिएर
दौतरीलाई एक कल गर्दा
या ती दिन सम्झेर
सम्झनाको आहालका हराएका बेला
आफ्नै आँसुको ढिक्का
तप्प खुट्टामा पर्दा।