खोज्दैछु बुद्ध बुद्धको देशमा
गर्नुछ मैले ढोगेर मनबुद्बि शुद्ध।
जन्मेर जहाँ टेक्यौ सात पाईला शुरुमा।
सानैमा चिन्यौ दुःखको संसार।
त्यै दुःख चिर्ने बुद्धत्व पायौ।
त्यै बुद्धत्व बाँडी विश्वमा शान्ति ल्यायौ।
तिम्रा ती सबै विद्या न जानी के भो?
गर्नुछ शुद्भि,घुमेर तिम्रा गाउँ ठाउँ सवै।
जन्मेको लुम्बिनी देखि हुर्केका कपिलवस्तुसम्म।
लुम्बिनी माथि पहाडकी रानी तानसेन बजार।
त्यहीँ माथि श्रीनगर डाँडा, देखिन्छ प्रकृति बहार।
त्यहीँ केहीपर खड्क शम्शेरले बनाए ताजमहल सरह दरबार।
गुल्मीको तम्घासहुँदै पुगिन्छ पवित्र रेसुङ्गा।
कालीगण्डकी तिरैमा वैष्णैका दुई प्रमुख धाम।
तल रूरूक्षेत्र र माथि उत्तरमा मुक्तिधाम।
पाल्पाली चिनो ढाका र करूवा।
गुल्मेली मिठो कफी नै भनिन्छ ।
बाटोमा जाँदा नखाई क्यारू चुकाउनी बर्तुड़को।
परासीको रामग्राम स्तूपामा छ वेग्लै चिनोको वस्तु।
यहीँ छ विश्वका ८ स्थान मध्येको बुद्धको दुलर्भ अस्तु।
अर्घाखाँची हो पाणीनिको तपोभूमि,त्यहीँ छन् माता सुपादेउराली ।
दर्शन मात्रले पूर्ण गर्छिन् सवैको मनोकामना।
रूकुमको भूमेको छ फरक पहिचान।
प्राकृतिक छटा,मगर संस्कृति र
ग्रामीण जीवनशैलीले लोभ्याउँछ सदा।
रुकुमसँगै जोडिएको छ रोल्पाका गाउँहरु।
द्वन्द्वबाट मुलुक शान्तिपथमा हिँडेको छ भनि।
विश्वमाझ पस्केको छ, गुरिल्ला पदमार्ग यहीँ।
दाँङ देउखुरी नै हो थारुहरुको थातथलो।
दंगीशरण थारू राजाको यही हो ऐतिहासिक थलो।
घोराही र भालुवाङ हुँदै पुगिन्छ प्यूठानको स्वर्गद्वारी।
अखण्ड धोनी,ऋषिमुनीहरूको तपोभूमि।
भनिन्छ स्वर्ग जाने मार्ग, स्वयं पान्डव गए यसै मार्ग।
बाँके बर्दिया नै हो पश्चिमी अन्न भण्डार।
अनेकौं छन् गन्तव्य र घरवास गाभर,डल्लासँगै
बाँके बर्दियाका वन्यजन्तुको छ विशिष्ट पहिचान।
भैरहवा पवनको पेडा, नेपालगंज की रवडी।
ठाउँ पिच्छे,स्वादिष्ट परिकार नचाखी हिडूँ कसरी।
यस प्रदेशमा १२ जिल्ला, ३७ नगर र ७३ छन् गाउँ।
पूर्वमा लुम्बिनी,पश्चिममा बाँके बर्दियाका नगर गाउँ।
बुद्धको विद्या काठमाडौं हुँदै चीन जापान पुगेछ।
पश्चिममा लेहे लदाख हुँदै कान्धार तक्षशिला पुगेछ।
दक्षिणमा बोधगया अनि लंका पुगेछ।
तर म भित्र किन यो ज्ञान भिज्न सकेन?
भिल्लका देशमा झै मणि चिन्न सकिन।
अशोक,हुन्यंसाडंदेखि यु टांङसम्म पुगे यस भूमिमा।
नतमस्त छ विश्व पुगी तिम्रो यो ठाउँमा।
पछ्याउँछु तिम्रा ती पाईला, आफू भित्रको बुद्ध खोजी।