व्यक्ति नै पक्ष र विपक्ष
परिवार नै पक्ष र विपक्ष
समाज नै पक्ष र विपक्ष
राष्ट्र नै पक्ष र विपक्ष
दलभित्र पक्ष विपक्ष
कहाँ छैन पक्ष विपक्ष!
पक्षमा बोलौँ विपक्ष रिसाउने
विपक्षमा बोलौँ पक्ष रिसाउने
सत्य बोलौँ दुवै रिसाउने!
आज,
यही हो हाम्रो नियत र नियति।
पक्षका बोल्यो
पक्षधरहरु खुसीले बुरुक्क
विपक्ष असिन पसिन
विपक्षले बोल्यो
विपक्षीहरु खुसीले बुरुक्क
पक्षधरहरु असिन पसिन
पक्षलाई पनि थाहा छ
विपक्षलाई पनि थाहा छ
झुटको पुलिन्दा ओकल्दै छन्
तैपनि
तै चुप मै चुप?
पक्ष-पक्षकै वकालत गर्छ
विपक्ष-विपक्षकै वकालत गर्छ,
सत्य यही हो,
आज
यही हो नियत र नियति।
सत्य-सत्य हुने कहिले हो?
परिवर्तन गर्नै नसकिने
विज्ञानको सुत्र झै
कालान्तरसम्म रहिरहने,
अकाट्य।