संविधानको 'चीरहरण' गरिएको विरोधमा,
म सडकमा आएको हुँ,
एक व्यक्तिको 'सनक' र 'लहड' मा,
सारा देश 'बन्धक' बन्नु हुन्न भनेर,
म सडकमा आएको हुँ,
०४६ मा सडकमा आएँ,
०६२/०६३ मा पनि आएँ,
पहिला जति आएँ,
अरुको विरुद्धमा आएँ,
आज आफ्नैलाई 'नसिहत' दिन,
जनताको भागमा खोक्रो 'भाषण' अनि,
आफूहरु चाहिँ 'राजा' र 'रानी' बन्न पाउदैनौ भन्न,
'कठोर' भावमा 'दृढतापूर्वक',
फेरि यस्तो कहिल्यै नहोस् भन्दै,
एक नागरिकको हैसियतमा,
कोभिड-१९ ले ग्रस्त देश र
नागरिकको पक्षमा पो,
काम गर्नु पर्छ भन्दै,
म सडकमा आएको हुँ,
अब सेटिङ, निशुल्क 'शिक्षा' का लागि गर्नु पर्छ,
अब सेटिङ, निशुल्क 'स्वास्थ्य' का लागि गर्नु पर्छ,
अब सेटिङ, देशको मुहार फेर्न गर्नु पर्छ भनी,
म सडकमा आएको हुँl