भित्र आगो हुनुपर्छ!
यसैले हो
उठ्ने हिमालहरु अभिलासाकार
चल्ने जीवनका टेकटोनिक प्लेटहरु
आगो नहुनु आवाज नहुनु हो
आगोबिना जीवन, पश्चातापको धुँवा हुनु हो
हरेक निर्जीव र सजिव चिज भित्र,
बसेको हुन्छ आगो कतै न कतै, कुनै न कुनै रुपमा
जीवन त, एकसूक्ष्म ब्रमाण्ड हो
आगोबिना जीवन शून्य हो! अनि नगन्य हो!
त्यसैले,
जीवनमा आगो जिउँदै हुनु पर्छ
नत्र धिक्कार कोसित लहरले ठुडो बनाउने छ
सिंगो ब्रह्माण्ड गुमनाम हुनेछ
निल्ने छ आफ्नै भयको ब्ल्याक होलले, आफैलाई
आगो नहुनु आशा नहुनु हो
आगो नहुनु सपना नहुनु हो,
आगो नहुनेहरुलाई जल्नु पर्छ
आगोविहीन धूर्तहरुको सपना पकाउन
आगो नहुनु अन्तिम आगो कुर्नु हो
जसले जलाउछ मृत आगोको रास,
एक श्वासविहीन भेन्टिलेटर
आगो जरुरी छ जीवन जत्तिकै
जीवनमा,
आगोबिना त जीवन, इन्धनविहीन इन्जिन विहीन
बाहन मात्र हो,
यसको हेर्न र देखाउन बाहेक अरु कुनै काम हुँदैन,
इन्जिन र इन्धन विहीन हवाईजहाजको संग्रालय जस्तै
यो त सपनाका मसानहरुको
क्रीडास्थल मात्र हुन्छ
त्यसैले,
आगो नहुनु
अध्यारोको अधिनायक फैलिनु हो
आगो हुनै पर्छ आगोसम्म पुग्न,
आगोविहीन जीवन, जीवन होइन
यो त अर्को महामारी हो, जीवन विरुद्धको।