हिजो तिमी क्रान्तिको मैदानमा हुँदा
तिमीमाथि दमन गर्ने
तिम्रो घिच्चुकमा हान्ने
तिम्रो लासमा विजय देख्ने
तिनैले स्वार्थ पूरा गर्न तिमीलाई देखेछन्
तिमीले पनि मित्रताको हात सहजै मिलाएछौ
आज मित्रहरूको संगतले
सत्ताको मातले
तिनै निरंकुशताको पूजारी भएछौ
अर्बौंमा खेल्ने भिखारी भएछौ
मानवता सक्किदै गरेको
होसहवास खुस्कीँदै गरेको
प्रहरीको बुटमा आफ्नो शासन देख्ने
जनताको जनमत नै अपमान देख्ने
पूर्व क्रान्तिकारी तिमी स्वेच्छाचारी भएछौ
आज अर्बौंमा खेल्ने भिखारी भएछौ
खै कहाँ छ त्यो निर्मलाको बलात्कारी
किसानको रगत चुस्ने त्यो व्यापारी
तिमी त भ्रष्टको संरक्षणकारी भएछौ
सहिदको रगतसँग साटेको व्यवस्थाको
सिउँदोको सिन्दुरसँग साटेको अधिकारको
सबैको साझा संविधानको, बलात्कारी भएछौ
निरंकुश शासकको पूजारी भएछौ
अरे वा! तिमी त अर्बौंमा खेल्ने भिखारी भएछौ।