कहिले माया पर जस्तो कहिले माया वर जस्तो
यस्तो लाग्छ चौतारीको ढल्किएको वर जस्तो ।
बैँस यसै बिति गयो तिम्रो माया खोज्दाखोज्दै
छोडी गयो जोवनले तिम्रो माया सोच्दासोच्दै
भेट्छु भन्दै हिँड्छ मुटु तिम्रो माया पर जस्तो
यस्तो लाग्छ चौतारीको ढल्किएको बर जस्तो ।
जहाँ पुग्छु भन्दै हिँडे तिम्रो माया पच्छ्याउँदै
झुक्याएर लुकि गयौ घामसंग अस्ताउँदै
बाटोसङ्ग बाटो हुँदै हिँड्दा कहिले पर जस्तो
यस्तो लाग्छ चौतारीको ढल्किएको बर जस्तो ।
आज यतै बस आउ बैँस जति रित्याइदिउँ
जूनलाई साक्षी बनाई उषासंगै विउँत्याईदिउँ
एकान्तलाई कल्पिएर हिँड्दा कहिले वर जस्तो
यस्तो लाग्छ चौतारीको ढल्किएको वर जस्तो ।