कविता
काञ्जीरुवा अनि त्यो सुन्दर पातारासी हिमाल देखाउँला,
आउनु घुम्न जुम्ला तिर त्यहाँ भएका सब चिज देखाउँला।
पारि गणेशस्थान वारि चन्दननाथको मन्दिर देखाउँला,
माथि डाँफे लेक तल सुन्दर जुम्ला बजार देखाउँला।
भाषा भेषको उद्गमस्थल सिञ्जा, पाण्डव गुफा देखाउँला,
विश्वकै अग्लो स्थानमा मार्सी धान फल्ने जिउलो देखाउँला।
आँगनभरि फलेका स्याउ, ओखर, आरुबखडा देखाउँला,
दानसाँघु, तातोपानी तिला नदीको सेरोफेरो देखाउँला।
हिउँदमा हिउँले ढाकीएको स्वर्गको टुक्रा जुम्ला देखाउँला,
वर्षातमा झरी सँगै जुम्ली जात्राको रौनक देखाउँला।
यार्चागुम्बा,पाँचऔँले, जटामसी, दियारको रूख देखाउँला,
डाँफे, मुनाल मयुर नाचेको कस्तुरी, मृग हाँस्यको देखाउँला।
ठाकुर ज्यु, विष्ट ज्यु, गिडि दह, हुडके दह, डुडल गुम्बा देखाउँला,
आउनु घुम्न जुम्ला तिर त्यहाँ भएका सब चिज देखाउँला।