Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, भदौ २६, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

सौभाग्यवती

ऋषिका निधि भट्टराई 

‘मामु, हजुरबुवा-हजुरआमा कस्तो हुनुहुन्थ्यो?’ सानुले आफ्नो  मामुलाई कपालमा नरिवलको  तेल लगाइदिँदै  सोधिन्।

नरिवलको तेलको मीठो बास्नामा मुग्ध भएकी सबिना, सानुको प्रश्न सुनेर झसंग भइन्।

सबिनाको आमाबुवाको स्वर्गारोहण भएको १० वर्ष हुन आटेको थियो। तर यी १० वर्षमा सबिनाले कहिल्यै पनि आफ्नो आमाबुवाको बारेमा चिन्तन मनन गरेकी थिइनन्। याद त आउँथ्यो तर मेरा आमाबुवा कस्ता थिए भनेर सोचेकी थिइनन्।

‘अब कस्तो हुनुहुन्थ्यो भन्नु र? जस्तो हुनुपर्ने  त्यस्तै  नै हुनुहुन्थ्यो।’ सबिना अक्क न वक्क भइन्। 

सबिनालाई भावनाहरू शब्दमा वर्णन गर्न त्यति आउँदैन थियो।

‘ह्या मामु, केही त होला नि। सम्झिनुस् न। मैले मेरो गृहकार्यमा लेख्नु पर्ने छ। अस्मिता र मुनाले त गृहकार्य भ्याएर नेपाली आइडल  हेर्दै छन्।’ सानुले आफ्नो जिद छोडिनन्।

‘कस्तो हुनुहुन्थ्यो भन्ने होला र? के के चैं भन्ने होला?’ भनेर सबिना सोच मग्न भइन्। 

सबिनाको आँखा अगाडि आफ्नो बाल्यकाल र युवावस्थामा आफ्नो आमाबुवासँग बिताएका क्षणहरू झलझली आए।

‘हजुरआमा एकदम नै कडा  हुनुहुन्थ्यो। चित्त बुझेन भने प्याच्च भनिहाल्ने स्वभाव थियो। मलाई त हजुरआमाको छेउमा जान पनि डर लाग्थ्यो।’ सबिनाले आफ्नो यादहरू बिस्तारै खोलिन्।

‘डर लाग्थ्यो रे! आबुइ!  खासमा किन त्यस्तो  कडा स्वभावको हुनुहुन्थ्यो हजुरआमा? अनि के कुरा गर्दा चाहिँ रिसाउनु हुन्थ्यो?’ सानुलाई सबिनाको गफ रमाइलो लाग्दैथियो।

‘हजुरआमालाई जे कुरा पनि एकदम सफा चाहिन्थ्यो। अलिकति फोहोर भयो कि गाली गर्नु हुन्थ्यो। गालीले पनि चित्त बुझेन भने कत्ति दिनसम्म बोल्नु हुन्न थियो। बिहान ५ बजेभन्दा बढी सुत्यो भने त दिनभरिलाई काम पुग्थ्यो। ननुहाउने अनि फोहोरी मान्छेलाई त्यति रुचाउनु हुन्न थियो’, सबिनाले सम्झिँदै गइन्।

‘हजुरआमालाई के कुराको सौख थियो नि?’ सानुले सोधिन्।

‘हजुरआमा  सारी भनेपछि हुरुक्कै गर्नु हुन्थ्यो। म बरु भोकै बस्छु तर जग्गा बेचेर भए पनि राम्रो सारी लगाउँछु भनेर भन्नु हुन्थ्यो’ सबिनाले खित्का छोडेर हाँसिन्।

‘अनि हजुरआमा चैं त्यस्तो  फ्यासनेबल, हजुर चाहिँ  मैले एक जोर लुगा किनी माग्दा पनि  किन किचकिच गर्नु हुन्छ?’ सानुले सबिनालाई जिस्काउँदै सोधिन्।

‘छ्या यो केटी त के के सोध्छे, नकराऊ है धेरै’ सबिनाले लजाउँदै भनिन्।

‘ल ल भैगो, अब हजुरबुवाको बारेमा भन्नुस न!’ सानुले सबिनाको टाउको मालिस गर्दै सोधिन्।

‘हजुरबुवा त भगवान नै हुनुहुन्थ्यो। अनुहार नै सारै तेजिलो। धपक्क बलेको अनुहार। सधैं हाँसिरहने। नमीठो वचन कहिले पनि बोलेको सुनिनँ मैले’ सानुको टाउको मालिसको आनन्द लिँदै सबिनाले आँखा चिम्लेर भनिन्।

’मामु,अरु पनि भन्नुस् न हजुरबुवाको  बारेमा’ सानुले आफ्नो उत्सुकता व्यक्त गरिन्।

‘हजुरबुवा एकदम नै मजाक गर्नु हुन्थ्यो। एकचोटि मेरो कलेजको साथीहरूसँग चलचित्र हेर्न जाने योजना बनेको थियो। अनि मैले हजुरबुवालाई टिकेट किन्ने पैसा मागेकी थिएँ। तिमीलाई थाहा छ हजुरबुवाले मलाई के भन्नु भयो?’ सबिना  मुसुमुसु  हाँसिन्।

‘भन्नु न के भन्नु भयो हजुरबुवाले?’ सानु एकदम नै जिज्ञासु भइन्।

‘सबिना, बरु तिम्रो साथीहरूको र तिम्रो टिकेट किन्ने पैसा मलाई नै  देऊ। म तिमीहरू सबैलाई २ घण्टा नाचेर मनोरंजन गर्छु  नि’भनेर भन्नु भएको हौ’ साबिना यति भनेर गलल हाँसिन्।

सानु पनि पेट मिची मिची हाँसिन्।  

‘हजुरआमा कडा अनि हजुरबुवाले कहिले नमीठो वचन नबोल्ने, कस्तो अनौठो जोडी है। उहाँहरूको झगडा कतिको पर्थ्यो ?’ सानुले अझै नरिवलको तेल सबिनाको कपालमा  थप्दै भनिन्।

‘त्यो चैं हो। हजुरआमा हजुरबुवा फरक स्वभावको हुनुहुन्थ्यो तर त्यस्तो झगडा नै गरेको चाहिँ मैले कहिल्यै थाहा पाइनँ’ सबिनाले गहिरिएर सोचिन्।

‘मामु, हजुरआमा र हजुरबुवाको कमन कुरा चाहिँ के थियो त? उहाँहरू के कुरा चाहिँ सँगै गर्नु हुन्थ्यो?’ सानुले सबिनाको कपाल काइयोले कोर्दै सोधिन्।
 
‘हजुरआमा र हजुरबुवालाई मैले कहिल्यै पनि अलग नै देखिनँ। सधैं सँगै बस्नु हुन्थ्यो। हजुरबुवाले हजुरआमालाई कहिल्यै पनि छोड्नु भएन। बिहान सँगै उठ्नु हुन्थ्यो, सँगै नुहाउन जानु हुन्थ्यो, सँगै पूजा पाठ गर्नु हुन्थ्यो, हजुरआमाले भान्सामा खाना पकाउँदा हजुरबुवा छेउ मै बसेर आफ्नो किताब अध्ययन गर्नु हुन्थ्यो। हजुरबुवा जहाँ गए पनि हजुरआमालाई सँगै लग्नु हुन्थ्यो र अन्तिममा सँगै परलोक जानु भयो’ सबिनाले विगत सम्झिँदै भनिन्।

‘सँगै परलोक जानु भाको रे ? यो त मलाई थाहा थिएन त!’ सानु छक्कै परिन्।

‘हो नि। कस्तो अचम्म पो भएको थियो त।हजुरआमा हरेक दिन बिहान उठ्नेबित्तिकै हजुरबुवाको खुट्टा ढोग्नु हुन्थ्यो। अनि हजुरबुवाले कहिले ‘तिम्रो सबै इच्छा पूरा होस्’ भन्नु हुन्थ्यो भने  कहिले “तिमी सधैं खुसी रहनु भन्नु हुन्थ्यो’ तर त्यस दिन बिहान हजुरआमाले खुट्टा ढोग्दा हजुरबुवाले “तिमी सौभाग्यवती हुनु’ भनेर भन्नु भएछ’, सबिनाले अलिकति भावुक भएर भनिन्।

‘मामु, सौभाग्यवती हुनु  भनेको के हो?’ सानुले आफ्नो मन थाम्नै सकिनन्।

‘सौभाग्यवती हुनु भनेको कुनै पनि महिलाको सिन्दूर अन्तिम साससम्म पनि सिउँदोमा रहोस् भन्ने एक प्रकारको आशिष हो। अझै बुझ्ने भाषामा भन्नु पर्दा श्रीमतीले श्रीमानको अनुपस्थिति जीवनमा कहिले पनि भोग्नु नपरोस् र श्रीमतीको मृत्यु चाहिँ श्रीमानभन्दा अगाडि भयो भने श्रीमतीलाई सौभाग्यवती भनिन्छ’ सविनाले सानुलाई बुझाइन्।

‘ए हो र ?’ सानुलाई केही नयाँ कुरा सिक्न पाकोमा निकै खुसी लाग्यो।

‘त्यो दिन दिउँसोतिर हजुरआमालाई ज्वरो आयो अनि उहाँ आराम गर्छु भनेर सुत्नु भयो। त्यसपछि हजुरआमाले कहिल्यै पनि आँखा नै खोल्नु भएन’ सबिनाको आँखा अलि अलि रसाउँदै थियो।

‘अनि हजुरबुवा नि?’ सानुले सोधिन्।

‘अचम्म चैं के भयो भने हजुरआमाको प्राण जानु ठ्याक्कै केही समय अगाडि हजुरबुवा अचेत भएर आफ्नो पलंगमा पल्टिनु भयो। हजुरबुवाले हजुरआमाको मृत्यु भएको नै थाहा पाउनु भएन।हजुर बुवा अचेत भएको तेस्रो दिन बिहान हाम्रो गाउँको सबै पण्डितहरू अनि भजन मण्डलीहरू घरमा भेला भए।

हामीमध्ये कसैले पनि उनीहरूलाई बोलाएका थिएनौं।  पण्डितहरू  बरण्डामा  बसेर मन्त्र जप्न थाले भने  भजन मण्डलीहरू आँगनमा  बसेर भजन गाउन थाले। हजुरबुवालाई चाहिँ  बरण्डाको खाटमा सुताइएको थियो। किर्तन १-२ घण्टा नै चल्यो। त्यतिनै बेला एकजना हजुरबुवाको सबै भन्दा प्रिय पण्डितले "लु बेला भयो अब’ भनेर भने।

त्यसपछि हजुरबुवालाई तुलसीको मोठ छेउमा लगेर राखियो। त्यसपछि भजन मण्डलीहरूले  झन् ठूलो स्वरमा भजन गाए। हजुरबुवाले बिस्तारी  आँखा खोल्नु भयो। मुसुक्क हाँस्नु भयो अनि  हेर्दाहेर्दै उहाँको आँखाबाट प्राण गयो। हजुरआमा हजुरबुवाले एकअर्काको अनुपस्थिति नै अनुभव गर्नु परेन।

हजुरबुवाले हजुरआमालाई सौभाग्यवती बनाउनु भयो र आफू पनि हजुरआमासँगै परलोक जानु भयो’ सबिनाले आँखाको  आँसु पुछ्दै भनिन्।

‘मामु, मलाई त कस्तो केही भन्न नै आएन’ सानुको पनि अलि अलि आँखा रसायो।

त्यस दिनको साँझ बत्ती सानुले बालिन्। शिर  निहुँराएर, दुई हात जोडेर,आँखा चिम्लेर भगवानलाई प्रार्थना गरिन्। सानुले भगवानलाई आफूलाई पनि हजुरआमा जस्तै सौभाग्यवती बनाइदिनु भनेर भन्छु भनेर सोचेकी थिइन् तर खै किन हो भन्न सकिनन्। 

बिस्तारै शिर उठाएर  आँखा खोलिन् अनि  पूजा कोठामा सजाइएको हजुरआमा र हजुरबुवाको फोटोलाई हेरेर मुसुक्क हाँसिन्।

 

प्रकाशित मिति: शनिबार, असोज २४, २०७७  १५:०२
सिफारिस
बालेनले गरे सुशीला कार्कीलाई समर्थन
बालेनले गरे सुशीला कार्कीलाई समर्थन
सुशीला, हर्क र बालेनलाई प्रधानमन्त्री बनाउन छुट्टाछुट्टै युवा समूहको माग
सुशीला, हर्क र बालेनलाई प्रधानमन्त्री बनाउन छुट्टाछुट्टै युवा समूहको माग
हर्क साम्पाङले काठमाडौं आएर छलफल गरे प्रधानसेनापतिसँग
हर्क साम्पाङले काठमाडौं आएर छलफल गरे प्रधानसेनापतिसँग
अन्तरिम सरकारको नेतृत्वमा जेन–जी युवाहरूले प्रस्ताव गरे सुशीला कार्कीको नाम
अन्तरिम सरकारको नेतृत्वमा जेन–जी युवाहरूले प्रस्ताव गरे सुशीला कार्कीको नाम
कांग्रेसका दुई महामन्त्रीले भने– आत्मालोचित छौं, अबको यात्रा संवैधानिक बाटोबाटै तय गर्न सकिन्छ
कांग्रेसका दुई महामन्त्रीले भने– आत्मालोचित छौं, अबको यात्रा संवैधानिक बाटोबाटै तय गर्न सकिन्छ
काठमाडौंमा अझै कहाँकहाँ लागिरहेको छ आगो?
काठमाडौंमा अझै कहाँकहाँ लागिरहेको छ आगो?
प्रतिक्रिया दिनुहोस्

विचार

सम्पादकीय
ओली र देउवाको राजनीतिक औचित्य समाप्त सम्पादकीय
गोकर्णप्रसाद उपाध्याय
स्विडेनका 'हफिस' र १०–५ वाला हाम्रा अफिस! गोकर्णप्रसाद उपाध्याय
सम्पादकीय
कारबाही सामाजिक सञ्जालमाथि कि जनतामाथि? सम्पादकीय
केशव दाहाल
त्यो माघ १९, यो भदौ १९ केशव दाहाल

ब्लग

अनिता कोइराला
जीवनभित्रको म! अनिता कोइराला
शंकर पाण्डे 'मुक्ति'
जमूना टिप्न जाँदा भेटिएकी जमूना दिदीको पीडादायी कहानी शंकर पाण्डे 'मुक्ति'
मेघराज शंकर
चीनका किशोर-किशोरीहरूसँग केही घण्टा भलाकुसारी मेघराज शंकर
देव राज गौतम
एआई विकासका लागि सरकारले चालेको महत्त्वपूर्ण कदम देव राज गौतम

साहित्यपाटी

मधु भण्डारी
छायाजस्तै ओझेल परेका ठुल्दाजै! मधु भण्डारी
निमेश ढकाल
स्वसंवाद! निमेश ढकाल
कुमाराज सुबेदी
अनिर्दिष्ट प्रतीक्षार्थी! कुमाराज सुबेदी
सन्तोष बोहरा
स्वतन्त्रताको शिर हतकडीमा छैन! सन्तोष बोहरा

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP