Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, भदौ २६, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

डर

अनिल न्यौपाने

अनिल न्यौपाने।
अनिल न्यौपाने।

'दिदी ढोका हान्दै छ, कसैले हेर्नु न।'

बिनिषाले जगाइ। रातको १० बज्नै आँटेको रहेछ। बा-आमा मामाघर जानु भएकाले छिट्टै सुतेका हामी, दाइ गाउँमा खानेपानीको पाइपको काम चलेकाले केही दिनदेखि घरसम्म आउन पाउनु भएको छैन।

आज पनि दिनभर त्यही काममा हुनुहुन्थ्यो। उतै काम चलिरहेको ठाउँ नजिकै भएको साथीको तिर सुत्छु भनेर खबर पठाउनु भएको साँझ त्यसैले पनि हामी छिट्टै ढोका बन्द गरेर सुतेका।

ए! झुलिछु, बिनिषाले फेरि उठाई 'दिदी उठ न! कसैले अघिदेखि ढोका हानिरहेको छ।' बहिनी १२ वर्षकी भइ। उमेर सानो भएकाले साह्रै आत्तिइ र उठेर ढोकाको प्वालबाट हेरेँ। ए! सन्तोष। मेरा बच्चा बेलादेखिको साथी।

सन्तोष उमेरमा मभन्दा ३ वर्ष जेठो छ। विचरा, अलि सोझो-सोझो छ। सानोमा कुँवाबाट पानी ल्याउँदा भिरबाट लडेको रे सानो पानीको गाग्रोसँगै। ठूलो भाग्यले बाँचेको यो भन्छन् सबैले उसलाई।

ज्यान बाँचेपनि ऊ चोटले गर्दा राम्रोसँग हिँड्न सक्दैन। अनुहारमा ठूलो चोटको घाउको दाग छ। अलि हेराइ सिधा छैन। अनि यी यस्ता कुराले होला मानसिक रुपमा अलि थकित छ, कमजोर छ। कोही सानो केटाकेटीले आफ्नो बा-आमालाई दुख दिँदा अहिले सन्तोषलाई दिन्छु की मान भनेको भन्ने चलन अझैसम्म पनि गाउँमा चलेको छ। यो सुन्दा मलाई उप्रति साह्रै माया लागेर आउँछ।

सन्तोष आफैमा साह्रै असल छ। ऊ साथ खोजिरहन्छ। घरपरिवार, समाज अनि आफ्नै साथीभाइबाट ऊ कताकता तिरष्कृत महशुस गर्ने थालेको छ आजकाल। शारीरिक चोटभन्दा पनि मानसिक चोटले उसलाई आजकाल गलाउँदै छ। म पनि यही समाजको मान्छे न हुँ, मैले मेरो कर्तव्य पनि निभाउन सकेकी छैन्। मलाई पनि डर छ।

मैले ढोका खोलेँ। 'सन्तोष के भयो यति राति? बिनिषा मेरो पछाडि लुकिरहेकी छे डरले होला। बहिनीको उमेरको केटाकेटी अझैसम्म पनि डराउँछन् उसँग। तर उ बिनिषालाई हेर्ने खोज्दै थियो जबर्जस्ती, खोइ किन हो!'

'बिनिषा जाऊ गएर सुत,' मैले पठाएँ।

'सन्तोष! सन्तोष!' उसको ध्यान हटाउन अलि ठूलो स्वरले बोलाएँ। ऊ अझै पनि बहिनी गए तिरै हेरिरहेको थियो। मेरो ठूलो स्वरले ऊ झस्कियो। 'ए बिपना, बिनिषा बहिनी डराइन् है, मलाई देखेर' अलि लर्बरिएको बोलीमा उसले सोध्यो।

त्यति बेला बहिनी मात्रै होइन, म पनि डराएकी थिएँ। आज त घरमा कोही पनि छैनन्, त्यसैले होला मन साह्रै आत्तिएको थियो। सन्तोष अलि फरक व्यवहार देखाइरहेको थियो। म उसलाई ढोका बाहिर पठाउन कोशिस गरिरहेकी थिएँ। आफ्नै गाउँको मान्छे, आफ्नै साथी। त्यसैले चिच्याउनु अनि ढकेल्नु उचित ठानिन्।

आँखा अनि इच्छा फरक थिए उसका। बिनिषासँग कुरा गर्न चाहान्थ्यो की अरु केही हरे! यो मनमा पनि कस्तो कस्तो कुरा खेलेको। केही त भनिन होला नि यसले स्कुलबाट फर्किदा कतै।

'किन यस्तो गरेको सन्तोष आज?' म हतासिएँ। किन-किन रुन मन लागिरहेको छ। उमेर २३ पुगेर के गर्नु खै, यस्तो देख्दा आफ्नै गाउँ-ठाउँको भएपनि डर लाग्ने। अनि दाइलाई फोन गरेँ। दिनभरिको कामले थाक्नु भएर छिट्टै निदाउनु भएछ क्यारे, उठाउनु भएन फोन। अब भोलि बिहानै कुरा गर्छु सोच्दा सोच्दै निदाएछु त्यो राति।

अर्को दिन गाउँका मान्छेहरू त्यही खानेपानीको काममा लाग्दै थिए बिहानैदेखि एकएक गरेर। 'राति ठूलो पानी परेछ। पाइप गाड्न खनेको ठाउँमा पानी भरिएको छ रे, अब त्यो फाल्न कति समय लाग्ने हो!' यही कुरा गर्दै दाइ घर आउनु भयो। 'विपना, खोइ बिनिषा? स्कुल गइसकी?' दाइले फेरि सोध्नु भयो।

दाइलाई देखेपछि किन-किन अलि सजिलो भयो। म निन्याउरो मुख अनि सानो आवाजमा हिजो रातिको कुरा सुनाउन खोज्दै थिएँ। दाइले फेरि सोध्नु भयो,' के भयो हिजो राति? किन आत्तिएकी विपना?'

म कुरा सुनाउन सुरु गर्नै आँटेकी थिएँ, फेरि एक हुल मान्छे घर अगाडि आईपुगे। त्यही हुलमा रहनु भएका रमेश अंकलले दाइलाई 'हिड् ए सुरेन्द्र' गर्दै तानेर हिड्नु भयो। दाइ रोकिन खोज्नु भएको थियो तर मलाई सबैको अगाडि यो कुरा गर्ने अप्ठ्यारो लाग्यो अनि दाइलाई अंकलसँग जान आग्रह गरेँ। दाइ त्यही हुलसँगै लाग्नु भयो।

म हिजो रातिको कुरा सुनाउन चाहन्थेँ कसैलाई तर कसलाई दिमागमा कोही आएकै थिएन। गाउँमा हल्ला गर्न किन-किन उचित लागेको थिएन अझै पनि। यही कुरा सोचेर घरको पेटीमा बसिरहेकी थिएँ। अचानक एउटा आवाज कानमा पर्यो, 'विपना...।'

सन्तोष! म झस्किएँ। ऊ सरासर घरको मूलढोकामा पुगेर एकछिन भित्र चिहायो। म डरले भाग्न लाग्दै गर्दा उसले जोडले समात्यो मलाई, दुख्ने गरी नै हातमा। म हात छुट्टाउन खोजिरहेकी थिएँ। ऊ अझै नजिक बढिरहेको थियो मेरो। तर मलाई कता-कता उसको माया अनि मनभित्रबाट डर आइरहेको थियो उप्रति। अनि सायद रिस पनि।

'के भयो? किन यस्तो गरेको?' मैले सोधेँ। ऊ निन्याउरो अनुहार लगाएर सायद केही भन्न खोजीरहेको थियो। तर त्यतिबेला रन्जु आइपुगी। रन्जु मेरो कलेजको साथी।

'ए विपना...' रन्जुले बोलाइ। सन्तोष मेरो हात छोडेर सरासर लाग्यो त्यहाँबाट। मैले रन्जुसँग हिजो रातिदेखि अहिले भएसम्मका कहानी सबै सुनाए। अचम्म त के भने यो गाउँमा मसँग जस्तो घटना गाउँभरि ३ ठाउँमा भएको रहेछ हिजो राति। अलिक धेरै घरहरूको ग्याप राखेर भएकाले कसैलाई पत्तो नभएको।

अब भने मेरो मनको डर साथै बढ्यो। हतार बहिनीलाई स्कुलबाट लिएर दाइलाई बोलाएर सुनाएँ सबै घटना। गाउँभरि हल्ला भयो। अनि सन्तोषको खोजी गर्न तिर लागे सबैजना। तर त्यो दिउँसोबाट सन्तोष हराएको छ। एक हप्ता दुई हप्तासम्म समय बित्दै गयो तर सन्तोषको अत्तोपत्तो लागेन।

तर घटना भएको १७ दिनको दिन नजिकैको जंगलमा कसैको लास भेटिएको खबर आयो। प्रहरी प्रशासन र गाउँका जान्ने मान्यदेखि सबै त्यतै लागे। मलाई अनि सबैलाई त्यो लास सन्तोषकै भन्ने अनुमान भएको थियो। प्रहरी पुगेर अनुहार चिन्ह बोलाउँदा उ सन्तोष थिएन। त्यो लास दुर्भाग्यवश हाम्रो गाउँको बच्चैदेखिको सन्तोषको साथी उदयको थियो।

सबैलाई पत्याउनै गाह्रो परिरहेको थियो। साह्रै निर्मम तरिकाबाट हत्या भएको थियो। मुखको आकृतिसम्म बिग्रिनेगरी। शरीर सुनिएको थियो। मुखभरि चोटैचोट। प्रहरीले अनुसन्धान सरु गर्यो। उदयको परिवारले जानकारी गराए अनुसार सन्तोष उदयसँग भेट्न गईरहन्थ्यो रे। यो घटनाले गाउँ त्रसित थियो भने एकातिर सन्तोषको केही अत्तोपत्तो लागेको थिएन। गाउँबाट २ जना अरु पनि हराएका थिए। मान्छेहरु घर बाहिरसम्म निस्किन डराउँथे। केहीले त बसाइ सराइसम्म गर्न थालिसकेका थिए।

घटनाको महिनौपछि प्रहरीलाई एउटा पत्र आएको खबरको हल्ला गाउँभरि फैलियो। त्यसमा लेखिएको थियो 'मेरो शारीरिक बनावट, मेरो चाहना होइन। म केही महिनादेखि यो कुरा सबैलाई सुनाउन चाहन्थेँ। तर कोही पनि सुन्न तयार भएनन्। मेरो मानसिक स्थितिलाई मजाक बनाइयो। मलाई एउटा डर लाग्दो दाइबाट समाजले चिन्न सुरु गरिसकेको थियो, जबकी म त्यस्तो थिइनँ।

परिवार, समाज, साथीभाइ सबैबाट एउटा तिरस्कृत भएको अनुभूति गरेकाले यस्तो भएको हुँ। उदयको हत्या मैले नै गरेको हुँ। ऊ मेरो शारीरिक बनावटको मजाक बनाउथ्यो। मैले उसको पनि त्यस्तै पारिदिएँ। तर समाजबाट तिरस्कृत हुनु नपरोस् भनेर मारिदिएको हुँ। अब म साँच्चिकै डरलाग्दो बन्दै छु।'

यो खबरपछि गाउँ साच्चिकै डरलाग्दो भएको छ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १३:४२
सिफारिस
बालेनले गरे सुशीला कार्कीलाई समर्थन
बालेनले गरे सुशीला कार्कीलाई समर्थन
सुशीला, हर्क र बालेनलाई प्रधानमन्त्री बनाउन छुट्टाछुट्टै युवा समूहको माग
सुशीला, हर्क र बालेनलाई प्रधानमन्त्री बनाउन छुट्टाछुट्टै युवा समूहको माग
हर्क साम्पाङले काठमाडौं आएर छलफल गरे प्रधानसेनापतिसँग
हर्क साम्पाङले काठमाडौं आएर छलफल गरे प्रधानसेनापतिसँग
अन्तरिम सरकारको नेतृत्वमा जेन–जी युवाहरूले प्रस्ताव गरे सुशीला कार्कीको नाम
अन्तरिम सरकारको नेतृत्वमा जेन–जी युवाहरूले प्रस्ताव गरे सुशीला कार्कीको नाम
कांग्रेसका दुई महामन्त्रीले भने– आत्मालोचित छौं, अबको यात्रा संवैधानिक बाटोबाटै तय गर्न सकिन्छ
कांग्रेसका दुई महामन्त्रीले भने– आत्मालोचित छौं, अबको यात्रा संवैधानिक बाटोबाटै तय गर्न सकिन्छ
काठमाडौंमा अझै कहाँकहाँ लागिरहेको छ आगो?
काठमाडौंमा अझै कहाँकहाँ लागिरहेको छ आगो?
प्रतिक्रिया दिनुहोस्

विचार

सम्पादकीय
ओली र देउवाको राजनीतिक औचित्य समाप्त सम्पादकीय
गोकर्णप्रसाद उपाध्याय
स्विडेनका 'हफिस' र १०–५ वाला हाम्रा अफिस! गोकर्णप्रसाद उपाध्याय
सम्पादकीय
कारबाही सामाजिक सञ्जालमाथि कि जनतामाथि? सम्पादकीय
केशव दाहाल
त्यो माघ १९, यो भदौ १९ केशव दाहाल

ब्लग

अनिता कोइराला
जीवनभित्रको म! अनिता कोइराला
शंकर पाण्डे 'मुक्ति'
जमूना टिप्न जाँदा भेटिएकी जमूना दिदीको पीडादायी कहानी शंकर पाण्डे 'मुक्ति'
मेघराज शंकर
चीनका किशोर-किशोरीहरूसँग केही घण्टा भलाकुसारी मेघराज शंकर
देव राज गौतम
एआई विकासका लागि सरकारले चालेको महत्त्वपूर्ण कदम देव राज गौतम

साहित्यपाटी

मधु भण्डारी
छायाजस्तै ओझेल परेका ठुल्दाजै! मधु भण्डारी
निमेश ढकाल
स्वसंवाद! निमेश ढकाल
कुमाराज सुबेदी
अनिर्दिष्ट प्रतीक्षार्थी! कुमाराज सुबेदी
सन्तोष बोहरा
स्वतन्त्रताको शिर हतकडीमा छैन! सन्तोष बोहरा

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP