प्रकृतिको कहर
आजभोलि प्रकृतिको कहर ले,
हामी मुख लुकाइ रहेछौं।।
मानौं विगतमा गरेका पाप लाई,
छिनछिन मा साबुन पानीले हात धोइ रहेछौं।
दशक अघि र त्यसपछि पनि आएको महामारीले,
पटकपटक अनेकौं पटक दण्डित भएका छौं।
किन्तु, मनुष्य आफ्नो कर्तुत छोड्दैन।
हिजो अस्ति सिकेको पाठ,आज सम्झिदैन।।
ईश्वरले मनुष्य लाई उत्कृष्ट जीव के भन्यो।
अरू जीव जन्तु को अस्तित्व नै भुल्यो।।
खानाको लागि छन् अनेकौं फलफूल र परिकार।
बर्जित जीवजन्तुको खान किन गरेको होला सिकार।।
अब त्यसैको मूल्य हामीले चुकाउँदै छौं।
अनाहकमा जीवन दिई त्यसको भरपाई गराउँदै छौं।।
विश्व एक गाउँघर जस्तो भए छ।
एकले गरेको गल्ती गाउँ भरि सरेछ।
दु:खको यस घडीमा सबैमा छ समवेदना।
आफ्ना अमूल्य व्यक्ति गुमाउँदा नबिर्सने वेदना।।
अब सम्झिनु र यस बाट बच्ने बाहेक छैन उपाय।
प्रकृति को कहर कोरोनाको मिली गरौं विदाई ।।