एकाबिहानै निद्रा पनि नखुल्दै आँखाभन्दा पहिले कान खुल्छन्, उही हजुरबुवाले घन्काउनु भएको पुरानो रेडियोले अनि उही दिनहुँको एउटै खबरले। म कान खुलेको एकछिनसम्म पनि यो सोचेर बस्छुकी आँखाभन्दा पहिले कान कसरी जुरूक्क उठे! के हजुरबुवाको पुरानो रेडियोको आवाजले हो र?
अहँ, रेडियोले किन खुल्थ्यो। उही एउटै शब्द पर्याप्त छ कोभिड۔१९, आज यति, हिजो यति, अनि भोलि खै झन् कति हो कति। यिनै अनेक प्रसंग सोचेर हजुरबुवाको नजिकै गएर चियाको सुरुप्प सुरुप्प चुस्कि लिदैँ उहाँको गुनासो सुन्न थाल्छु-
'हैन कस्तो रोग आएको हो यो, घट्ला भन्यो झन् बढेको खबर मात्रै आउँछ। अनि फेरि कहिले खुसीको खबर एकैदिनमा यति जना निको भएर घर फर्किए पनि भन्छन्। अनि फेरि अर्को तिर यति नम्बर वडाको यति वर्षीय पुरूष वा महिलालाई कोरोना देखियो र मृत्यु भयो। खै के हो के, म त घटेको होकी बढेको हो केही मेसो नै पाउदिनँ नानी' भन्दै रित्तिएको चियाको कप मलाई दिदैँ 'ल त पढेकी मान्छे, मलाई यो रोगको बारे केही बुझा त' भन्दै हजुरबुवा सुन्नको लागि पूरै तयारी अवस्थामा बस्नुहुन्छ।
मैले बुजाउँनै पर्यो किनकी जति बाढ्यो उति बढ्ने ज्ञान नै होनी हैन र?
'हजुरबुवा सुन्नुस् है त, जुन यो हामी कोरोना कोरोना भन्छम् नि, यसलाई अर्को नाम कोभिड۔१९ पनि भन्छन्। हाल यस रोगलाई विश्वव्यापी महामारीको रुपमा पनि घोषणा गरिसकेको छ। हजुरलाई त थाहा नै छ, पहिला यस्तो रोग पक्कै सुनिएको थिएन। त्यसैले यसलाई नयाँ प्रजातिको भाइरसको रूपमा चिनिन्छ।
सन् २००३ तिर सार्स- सेभर एक्युट रेस्पिरेटरी सिन्ड्रम भन्ने रोग पनि आएको थियो रे। अहिलेको यो कोरोना र त्यो रोग लगभग उस्तै उस्तै थिए भन्ने बुजिन्छ। यो कोरोना रोग थाहा पाएसम्म मानिसहररुमा र पशुहरूमा सर्ने पाइएको छ र फेरि खास केबाट संक्रमण भयो तनि यो रोग भन्ने कुराको पुष्टि भने अझै हुन सकेको छैन।
अनि यो कोभिड۔१९ का लक्षणहरू के۔के हुन् भने नि हजुरबुवा, यदि १०४ भन्दा माथि ज्वरो आयो भने, सुख्का खोकी लाग्यो भने, श्वास फेर्न गाह्रो भयो भने, नाक बन्द भएर पानी बग्न थाल्यो भने, एकदम थकित भएको जस्तो लाग्यो भने, पखला लाग्यो भने, अनि खाएको खानी कुराको यदि स्वाद कस्तो छ भनेर थाहा नै भएन भने र आदि अन्य हो।
यिनै कारणहरू देखा परे भने कोरोना लागेको रहेछ भनेर बेलैमा अस्पताल गइहाल्नु पर्छ। कति व्यक्तिहरू त त्यसै सुरूमै आत्तिएर झन् कमजोर भएका कारण पनि ज्यान गुमाइरहेका छन् र अब एक ठाउँमा मात्रै कहाँ होर हजुरबुवा, हिजो हजुरकै रेडियोले पनि भनेको होइन! वीरगंजमा۔१ पुरूष सहित २ महिला, धरानमा १ पुरूष, ललितपुरमा २ महिला, चितवनमा १ महिला, कास्कीमा १ पुरूष, गोरखामा १ पुरूष र पाल्पामा १ महिलाको मृत्यु भएको छ भनेर।
हाम्रो देशमा ७ वटा प्रदेशहरू छन् र यो कोरोनाले कुनै एक प्रदेशलाई पनि छोडेको छैन। चारै तिर एकदम जोखिम अवस्था छ। दिक्क लाग्ने बनाएको छ हजुरबुवा यो कोरोनाले। हजुरबुवा अघि अल्लि अगाडि समाचारमा आजसम्म कति जनाको मृत्यु भयो भन्या रे?'
‘खै आजसम्म २०५ को संख्या पुग्यो भनेका हुन् क्या।’ उताबाट हजुरआमाले हो۔हो त्यति नै हो, मैले पनि सुनिरहेकी थिएँ भन्नुभयो र अनि नानी तेरो क्लास छैन आज भन्दै सोध्नु भयो।
‘आज शनिबार के त आमा आज क्लास हुदैँन के। हजुरबुवा पल्ला घरको सबनम दाइको यहि असोजमा बिहे गर्नी भन्या हैनन्?’
‘गर्नी त भन्या हुन् नि तर यस्तो भैदियो। अझै असारमा गर्ने भन्दै थिए तर फेरि उता बाहिर भएको एउटै दाइलाई कुर्या हुन्, खै यस्तो तालले असोजसम्म दाइ बाहिरबाट आएर यो रोग साम्य भएर मलाई बिहे हुन्छ झै लाउँदैन।’
अनि पल्लो कुनाबाट हजुरआमाले ‘किन कुर्नु पर्यो दाइलाई, समय यस्तो उता उल्लाई दु:ख बाहिरबाट आउन। यता समय साल यस्तो छ. बरू सुटुक्क मन्दिरमा गएर टिको लगाएर नल्यार, बिनासित्ति टन्टो मात्रै। त्यही माथि सुनको भाउँ बढेर यो हाल छ’ भन्दै गुनगुनाउँदै तरकारीलाई सिमी केलाउन थाल्नु हुन्छ।
कता-कता मलाई पनि हजुरआमाको कुरा ठिकै हो जस्तो लाग्छ। अब सबै इष्टमित्र बोलाएर खुवाउने माहोल पनि छैन, कता उल्टै झन् अर्को महामारी थपिने होकी भन्ने पिर अनि फेरि केही भइहाले पनि देशको रोग नाप्ने मेसिनको हाल त्यस्तो छ। आज एउटा रिपोर्ट आए भोलि, अर्को आउँछ अनि फेरि रिपोर्ट पनि उत्तिखेरै आउँछ र आज आत्तिएर चेक गर्न गएको छ, रिपोर्ट लिन यो दिन आउनु भन्छन्।
यस्तो बेला आफैँ सजग नभएर को भइदिन्छ? अरू त ओइ यस्लाई कोरोना पोजेटिभ देखियो रे भनेको थाहा पाउने बित्तिकै पर۔पर सर्छन्। अरू त परै जाओस्, मरेपछि पनि राम्रो दाहसंस्कार पाइदैँन भने अरू त खै के कुरा गर्नु र!
‘अनि नानी तिमीसँगै पढेकी साथी थिइन् नि, के रे उनको नाम?’
‘को साथी भन्नुभाको हजुरबुवा हजुरले, मसँग त थुप्रै साथीहरू पढे।’
‘उही क्या नर्स पढेकी तिम्री मिल्ने साथी’
‘ए۔ए कल्पना भन्नु भएको?’
‘अ उही नानी के कस्तो छ रे? अस्पताल तिरको माहोल, कुरा भइराख्छ होला नि ती के जाति हो मेसेन्जरमा?’
‘हजुर हजुरबुवा, अघिल्लो हप्ता कुरा भएको थियो, के भन्नु विचरा उसलाई पनि गाह्रो छ धेरै नै। धेरै नै गुनासो पोख्दै थिइन्। अब सेफ्टिका सामानहरू त लगाउँछन् जस्तै: पिपिई ड्रेस लगाएर हातमा पन्जा अनि मुखमा डबल माक्स लगाएर काम गर्छम् तर पसिना आएर कति गर्मी हुन्छ, एकदम उकुसमुकुस बनाउँछ घरीघरी त भन्दै थिइन्।
तिनले काम गर्ने यही पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मानै हो हजुरबवा। अनि त्यहाँ त कोरोना बिरामी पनि आउँछन् नि। अस्पतालको पछिल्लो गेटतिरको बाटो हुदैँ आउँदा त्यही निर निलो टिनले छाएको कोठाहरू आइसोलेसनका रूपमा बनाएका छन् तर अल्लि मेसिनहरूको भने राम्रो व्यवस्था नै छैन। उही अघि नै भने नि रिपोर्ट फ्याट्ट टाइममा नआउने।
अनि हजुरबुवा हजुरलाई थाहा छ, कल्पनाको एउटा साथी क्या, त्यही अस्पतालमा काम गर्ने। उसलाई कोरोनाको हल्का केही लक्षणहरू देखा परेको रहेछ। जस्तै: हल्का ज्वरो आएको थियो रे अनि सास फेर्न पनि एकदम गाह्रो भएछ। तर पछि बुज्दा त जन्डिस बिग्रिएर अनि टंसिलले गर्दा हो भन्ने रिपोर्ट आएछ। तर तिनी त यहाँ रेन्टमा बस्छिन् नि त अनि घर धनीले दिनदिनै घरबाट अस्पताल अनि फेरि अस्पतालबाट घर गर्छे, यसलाई कोरोना नै लागेको हो। यसले हाम्लाई पनि सार्छे भन्दै कोठा सर्न लगाएछन्।
हजुर नै भन्नुस् त, यस्तो लकडाउनको बेलामा कता कोठा खोज्दै हिँड्ने अनि विचरा दिन۔रात नभनीकन बिरामीको सेवा उनैले गर्नु पर्छ। फेरि उनैलाई नानाभाती भन्छन्। कस्तो छ है हजुरबुवा हाम्रो समाज, राम्रो काम गर्ने, सेवा۔सुविधा उपलब्ध गराउनेहरूलाई त देख्नै सक्दैँन भन्या। भोलि कस्लाई के۔के हुन्छ भनेर कस्ले देखेको छ र? सबैलाई उनीहरूले गरेको मिहेनत प्रति सम्मान गर्नु पर्छ नि, हैन र?
यिनै हुन् हजुरबुवा मैले जाने۔बुजेका कुराहरू अनि हजुर बेला۔बेला घर बस्न अत्यार लाग्यो भन्दै माथितिर चौतारीमा जानु हुन्छ नि, अल्लि सजग हुनु है। धेरै मान्छेहरू ओहोर۔दोहोर गर्छन् त्यहाँ। घरबाट निस्कने बेला सधैँ मुखमा माक्स लगाएर हिड्ँनु पर्छ अनि अस्ति मैले दिएको थिएँ नि त्यो सानो बोत्तलको सेनिटाइजर हो। त्यो पनि खल्तिमा राखेर हिड्ँनु है, कतै फलाम तिर छुनु भयो भने हातमा लगाइहाल्नु।
अनि बाहिरबाट घरमा आएपछि २० सेकेन्ड भन्छन्, घडी हेरेर त पक्कै कसैले हात धुदैँनन् तर एकछिनसम्म भने मज्जाले मिचिमिचि हात धुन नभुल्नु है। हजुरले यी कुराहरू आमालाई पनि सम्झाइदिनु त। दिनदिनै भन्छु, बिर्सिएको झै गर्नुहुन्छ।’
पक्कै पनि हालको अवस्था एकदम नै भयावह बन्दै गइरहेको छ जसका कारण हामी स्वयम आफैँ सजग हुनु पर्ने देखिन्छ र रोग लाग्नुभन्दा रोगलाई लाग्नै नदिनको लागि सम्पूर्णलाई अनुरोध गर्दछु।