Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, कात्तिक १९, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

बुवाको तलब

लक्ष्मी देवी गौंडेल

लक्ष्मी देवी गौंडेल

लक्ष्मी देवी गौँडेल।
लक्ष्मी देवी गौँडेल।

कविता

महिनाको अन्तिम साता
हाम्रा आँखा
बाटोमै बिछ्याएर
हामी पर्खी रहन्थ्यौ
बुवा फर्कने बाटो

ती अन्तिम साता
लाग्थ्यौ किन यति लामा हुन्छन् ?
ती दिन लाग्थ्यो
घाम किन डुब्दैन छिटो ?
बुवा किन फर्कनु हुन्न छिटो ?

महिनाको अन्तिम साता
बुवाले हातै भरि सामान बोकेर फिर्दा
लाग्थ्यो यो दिन सकिँदै नसकियोस्
आमा रिसाउनु हुन्थ्यो
‘ऊ तलब बुझे जस्तो छ’
आमा रिस भित्र खुसी हुनुहुन्थ्यो
मलाई आमा सधैं
यसरी नै रिसाएको मनपर्थ्यो
अझ आमाको
अलिकति धेरै रिस
मेरो भागमा परोस् जस्तो लाग्थ्यो
महिनाको अन्तिम साता
बुवाको तलब जो आउथ्यो
तलब सँगै
लाला बालालाई मेवा र मिठाइ आउथ्यो
अन्तिम साता भरिने
फलफूलको टोकरी पनि
आफू भरिएको भनेर
छाती फुलाउथ्यो
त्यति बेला
सब भन्दा मलाई
बुवाको तलब मनपर्थ्यो
जस्ले हामी भित्र खुसी भर्थ्यो
आफू रित्तो हुन्थ्यो सायद
हामीलाई भने पूरा बनाउथ्यो
महिनाको अन्तिम साता
मलाई बाटोमा बुवालाई
कुरिरहुँ जस्तो लाग्थ्यो
जसरी म बुवालाई कुरिरहन्थे
आज बुवा पनि
मलाई, म आउने बाटो लाई
उसै गरी
कुरिरहनु भएको त छैन ?

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  ११:५४
सिफारिस
केन्द्रीय समितिमा बिपीलाई सम्झँदै यसो भने गगनले
केन्द्रीय समितिमा बिपीलाई सम्झँदै यसो भने गगनले
कार्यवाहक सभापतिले रोकेर भने- सिटौलाजी, शब्द फिर्ता लिनुस्
कार्यवाहक सभापतिले रोकेर भने- सिटौलाजी, शब्द फिर्ता लिनुस्
'कुनै घुम्तीमा भेटौंला' भन्दै छुट्टिएका प्रचण्ड-प्रभाकर जीवनको कुन घुम्तीमा भेटिएका थिए?
'कुनै घुम्तीमा भेटौंला' भन्दै छुट्टिएका प्रचण्ड-प्रभाकर जीवनको कुन घुम्तीमा भेटिएका थिए?
प्रचण्डले माधव नेपालको नीतिमा आत्मसमर्पण गर्नुभयो: जनार्दन शर्मा
प्रचण्डले माधव नेपालको नीतिमा आत्मसमर्पण गर्नुभयो: जनार्दन शर्मा
एकता अनुमोदन गर्न आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
एकता अनुमोदन गर्न आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
सर्वोच्चको आदेशविपरीत ११ राजदूतलाई नेपाल फर्काउन सरकारले गर्‍यो पत्राचार
सर्वोच्चको आदेशविपरीत ११ राजदूतलाई नेपाल फर्काउन सरकारले गर्‍यो पत्राचार
प्रतिक्रिया दिनुहोस्

विचार

अमित ढकाल
वर्षमान पुनसँग बहस– प्रत्यक्ष निर्वाचित कार्यकारीको माग किन? अमित ढकाल
जीवन क्षेत्री
कथा भनेर समाजको उपचार खोज्ने डाक्टर जीवन क्षेत्री
अमित ढकाल
कार्यवाहक सभापतिज्यू– देउवा वा '६ भाइ' होइन, समयको चाल सुन्नुहोस् अमित ढकाल
चेतनाथ आचार्य
ल्हासाको नाटकमा छुटेकी भृकुटी चेतनाथ आचार्य

ब्लग

अपार न्यौपाने
आफूलाई बुढो मान्न मन मान्दै मान्दैन! अपार न्यौपाने
यशोदा चौलागाईं
देश छाडेको दिन! यशोदा चौलागाईं
सुशीला शाही
अस्पतालमा भेटिएको मान्छे! सुशीला शाही
सन्जिल खनाल
ट्रेकिङ कथा: पीडा र सन्तोषको संगम! सन्जिल खनाल

साहित्यपाटी

प्रेरणा घर्ती
साथीको आवरणमा गुम्सिएको त्यो माया… प्रेरणा घर्ती
गणेशप्रसाद भट्टराई
फुटेको खुत्रुके! गणेशप्रसाद भट्टराई
ब्लुभिजन सुवेदी
एक्स्ट्रा म्यारिटल अफेयर! ब्लुभिजन सुवेदी
सोझो गाउँले
कुनै दिन मैले मुक्ति पाउने छु सोझो गाउँले

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP