Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, भदौ २६, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

झरी र झुपडी

जगन्नाथ मरासिनी

जगन्नाथ मरासिनी

जगन्नाथ मरासिनी।
जगन्नाथ मरासिनी।

कविता

यो झरी

यो झुपडी दुवै परिपूरक छन्

यहाँ धन हुनेलाई झुपडीले

झरी बुझाउँछ

झुपडी हुनेलाई पो यहाँ

झरीले रुझाउँछ

झरीबिनाको झुपडी

झुपडीबिनाको झरी

बडो कल्पना गर्दा पनि खल्लो लाग्छ

रातभर तप-तप चुहिने छानो

निथ्रुक्क भिजेको डस्नामा बिट फर्काउँदै

छेउमै डेक्चि थापेर सुतिने रातहरु

बहुत लामा हुन्छन्

बहुत दर्दनाक हुन्छन्

यो झरीझैँ

यो बर्खा झैँ

किनकी यो झरी र झुपडी परिपूरक छन्।


झुपडी नाम अनेक

छाप्रो, झुप्रो, टहरो, झोपडबस्ती

यस्तै न्वारान गरिरहन्छन् धनीहरु बेलाबेलामा

यो झरी पनि यस्तै नाउँ भिरिरहन्छ

बर्खा, पानीको झोल यस्तै बेलाबेलामा

र बेलाबेलामा तस्बिर खिचिन्छन्

अखबार छपाउँछन्

गरिबका समाचार बेचिन्छन्

धनी झन् धनी बनाइन्छन्

यता गरिबमाथि बहस गरिन्छन्

भाषण गरिन्छन्, चर्का चर्का

माहोल तताइन्छ खुबै

उता एउटा मान्छे

बर्खे झरि हेर्छ, रेडियो सुन्छ

फेरि झरी हेर्छ, अनि झुपडी हेर्छ

दुबै सामुन्ने छन् आँखै अगाडि

किनकी झरी र झुपडी परिपुरक छन्।


समयले न झरीलाई

प्यारो बनायो

न झुपडीलाई

खरको चुहिने छानैमुनि

जन्मिएको उ

त्यै छानोमा जवानी कटायो

त्यै छानोमा बुढ्यौली

बस हरेक साल खर(छानो) फेरिरह्यो

झरी लाग्नेबेला

हरेक साल झरी लाग्दै गयो

छानो फेर्नेबेला

किनकी उसलाई जन्मैदेखि थाहा छ

यो झरी र झुपडी परिपूरक छन्।


झुपडी- यो छाप्रो यसको बेग्लै कहानी छ

बेग्लै पीडा छ

एक्लै बेग्लिएको छ यो संसारदेखि

गाउँबाट परपट्टि अनकन्टारतिर

यसको भोक त्यस्तै बेग्लै छ

इतिहासदेखि, न इतिहासले देख्यो

न संसारले कतै यसका भित्ता कोट्यायो

बाँसका भाटाले बारिएका भित्ताहरु

हिलो छापेर लाइएका भित्ताहरु

कोट्याउने सामर्थ्य गरेन कहिले

न पहेँलो बोराको ढोका पन्छाएर हेर्यो

न टिन ढकढकायो

एउटा भोक छ यसभित्र

भोको पेट छ,

फाटेको कपडा छ,झुत्रोझुम्रो

गुन्द्री को बिस्तारा छ

चिसो भुँइ छ

त्यो तिम्रो सहरको कटेज हैन हेर

यो त गरिबको झुपडी हो

तिम्रो भाषाले 'हट' भन्ने यो टहरो

यसलाई हेरक साल झरीले धुरुक्कै रुवाउँछ

झरी कटाउनु र काल कटाउनु उस्तै-उस्तै हुन्

किनकी यहाँ झरी र झुपडी परिपूरक छन्।


हिजो झुपडी पस्नेहरुले

आज सहर पसेका छन्

सिमेन्टको छत पाएका छन्

सिमेन्टमा त झरीले

छुने हिम्मत गर्दैन

यता मेरो झुप्रो चुहाउने झरी

यता यो टहरो बगाउने झरी

यो झुपडीले नापेको १० भित्ता जमिन

पनि बगाइरहन्छ

यो झरी, झरीरहन्छ,

झारीरहन्छ पानीको झोल

यी मेरै टहरामा, मेरै छातिमा दर्किन्छ झोल पनि

तर, तर डराउँछ ती इँट्टा छुनपनि

ती इट्टा टालेको सिमेन्ट भिजाउँछ

अनि फर्किन्छ गगडगडाउँदै यिनै टहरामा

उसैगरी रिस फेरिरहन्छ

यिनै कमजोर भित्ताहरुसँग

यी निरीह भित्ताहरु सहिरहन्छन्

किनकी भित्ताहरुलाई पनि थाहा छ

यहाँ झरी र झुपडी परिपूरक छन्।


कसैले गरिबी देखाएर खाएका छन्

कोही गरिबलाई देखाएर खाएर छन्

कोही बिल्डिङमा

गरिब भत्ता खाएका छन्

कोही लेखेर खाएका छन्

कोही देखेर खाएका छन्

बस सबै सबैले खाएकै छन्

भोको कोहि रहेनन् यो मुलुकमा

बस उहीँ गरिब भोकले पुस्तौँदेखि

थलिएको छ

रोगले गालेको छ

महामारीले पनि चिनिहाल्ने गरिब

गरिबी यो मुलुकको एक साझा

चौतारो हो,

गरिखाने भाँडो हो

फेरि यता झरी लागेपछि

गरिबका कहानि लेखिन्छन्

अखबारमा गरिब देखाइन्छन्

झरी आइरहन्छ

भत्ता, राहत आइरहन्छ

उ पल्लो गाउँसम्म

उतै परै सकिन्छ

सबलाई थाहा छ

तै नि सब चुपचाप छन्

यता फेरि उ झरी हेर्छ

तपतप चुहिरहने खर

त्यै छानो हेर्छ, चित्त बुझाउँछ

किनकी यहाँ सबैलाई थाहा

यो झरी र झुपडी परिपूरक छन्।


गरिबको परिभाषा नभएको देशमा

भाग्य बदल्न नसक्नेहरु

वर्षौपिच्छे छाना बदल्छन्

न झरीले छाड्छ

न काल आउन्जेल सम्मै झुपडिले छाड्छ

गरिबलाई जन्मैदेखि नछाड्ने झरी

झरी छल्न नसक्ने छानो

न हुलासले ठाउँ पाएको छ

न त ढुङगाको गारो लाएको छ

बस, उहीँ खरेटोको बारमा जिन्दगी गुजार्नेलाई जन्मैदेखि थाहा छ

यो झरी र झुपडी परिपूरक छन्।।

प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  १४:४४
सिफारिस
जेन–जीको उत्साहलाई लोकतान्त्रिक व्यवस्थामाथि घात पर्ने गरी कुनै निर्णय गरिनु हुँदैन: पूर्वराष्ट्रपति भण्डारी
जेन–जीको उत्साहलाई लोकतान्त्रिक व्यवस्थामाथि घात पर्ने गरी कुनै निर्णय गरिनु हुँदैन: पूर्वराष्ट्रपति भण्डारी
त्रिविको पठनपाठन छठ पर्वपछि मात्रै
त्रिविको पठनपाठन छठ पर्वपछि मात्रै
बालेनले गरे सुशीला कार्कीलाई समर्थन
बालेनले गरे सुशीला कार्कीलाई समर्थन
सुशीला, हर्क र बालेनलाई प्रधानमन्त्री बनाउन छुट्टाछुट्टै युवा समूहको माग
सुशीला, हर्क र बालेनलाई प्रधानमन्त्री बनाउन छुट्टाछुट्टै युवा समूहको माग
हर्क साम्पाङले काठमाडौं आएर छलफल गरे प्रधानसेनापतिसँग
हर्क साम्पाङले काठमाडौं आएर छलफल गरे प्रधानसेनापतिसँग
अन्तरिम सरकारको नेतृत्वमा जेन–जी युवाहरूले प्रस्ताव गरे सुशीला कार्कीको नाम
अन्तरिम सरकारको नेतृत्वमा जेन–जी युवाहरूले प्रस्ताव गरे सुशीला कार्कीको नाम
प्रतिक्रिया दिनुहोस्

विचार

सम्पादकीय
सुशीला कार्कीलाई संवैधानिक विधिबाटै यसरी बनाऔं प्रधानमन्त्री सम्पादकीय
सम्पादकीय
ओली र देउवाको राजनीतिक औचित्य समाप्त सम्पादकीय
गोकर्णप्रसाद उपाध्याय
स्विडेनका 'हफिस' र १०–५ वाला हाम्रा अफिस! गोकर्णप्रसाद उपाध्याय
सम्पादकीय
कारबाही सामाजिक सञ्जालमाथि कि जनतामाथि? सम्पादकीय

ब्लग

अनिता कोइराला
जीवनभित्रको म! अनिता कोइराला
शंकर पाण्डे 'मुक्ति'
जमूना टिप्न जाँदा भेटिएकी जमूना दिदीको पीडादायी कहानी शंकर पाण्डे 'मुक्ति'
मेघराज शंकर
चीनका किशोर-किशोरीहरूसँग केही घण्टा भलाकुसारी मेघराज शंकर
देव राज गौतम
एआई विकासका लागि सरकारले चालेको महत्त्वपूर्ण कदम देव राज गौतम

साहित्यपाटी

मधु भण्डारी
छायाजस्तै ओझेल परेका ठुल्दाजै! मधु भण्डारी
निमेश ढकाल
स्वसंवाद! निमेश ढकाल
कुमाराज सुबेदी
अनिर्दिष्ट प्रतीक्षार्थी! कुमाराज सुबेदी
सन्तोष बोहरा
स्वतन्त्रताको शिर हतकडीमा छैन! सन्तोष बोहरा

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP