Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, भदौ १३, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

करुणा

निमा लामा

निमा लामा

निमा लामा।
निमा लामा।

जिउँदो लाश बनेर बाँचीरहेको छु म,

त्यही लाशलाई जलाउने मलामी खोजीरहेको छु म...

करुणाले लेखेको यो कविताको दुई लाइन मात्र पढ्दा मेरो मन निकै गरुङ्गो हुन्छ। करुणा! अतीत नभएर के भयो त? म छु नि तिम्रो साथ, सब ठीक हुन्छ नआत्तिउ। यसरी हरेस नखाउ, तिमी रोएको सुहाउँदैन, आफूलाई सम्हाल भन्दै उनीसँगै बसेर उनको कपाल सुमसुम्याउँदै, उनलाई धाप मार्दै सम्झाउने–बुझाउने इच्छा थियो।

तर विडम्बना! आज उनलाई छुनसमेत हुँदैन। उनको नजिक जानु हुँदैन भन्दै उल्टै अस्पतालका डाक्टर र नर्स मलाई नै सम्झाइरहेका छन्। उनको नजिक पर्न त परै जाओस्, उनलाई राखिएको ठाउँभित्र समेत छिर्न दिँदैनन्। ढोकैमा रोक्छ सेक्युरिटी गार्डले। आँखाभरि आँसु पार्दै दुई हात जोड्दै बिन्ती गरेपछि मात्र बल्ल उनलाई हेर्न छुट दिएको थियो, त्यो पनि टाढादेखि कुनाको झ्यालबाट।

२० जना मात्र बिरामी राख्न मिल्ने अस्थायी अस्पतालमा जम्मा २० वटा मात्र बेड भएता पनि सबैजसो खाली नै खाली थिए। कुनाको बेडमा एकजना बिरामी पल्टिरहेका थिए भने अर्को कुनाको बेडमा एकजना सुतिरहेका थिए। अनि मध्यभागको बीचको बेडमा एकजना सुतिरहेकी थिइन्।

त्यहाँ सुतिरहेका तीनजना बिरामीहरूमध्ये बीचको बेडमा बिरामी परेर सुतिरहेकी थिइन्, करुणा। अस्पतालले उपलब्ध गराइदिएको आकाशे रंगको गाउन लगाइरहेकी उनी, मुखमा अक्सिजन मास्क लगाइरहेकी थिइन्। घरि-घरि अक्सिजन मास्क खोलेर यताउता हेर्थिन्, अनि टोलाइरहन्थिन्। अनि उनी बेलाबेला भक्कानिएर रुन्थिन् भने आँखाबाट आँसु झारिरहेकी थिइन्।

ती सबै दृश्य मैले अस्पतालको बाहिरपट्टिको कुनाको झ्यालबाट टुलुटुलु हेरिरहेको थिएँ। उनी रोइरहँदा टुलुटुलु हेर्नेबाहेक मेरो अर्को विकल्प नै थिएन। आँखाबाट आँसु नझर्ने गरी कसैले नदेख्ने गरी म पनि रोइरहेको थिएँ। आँसु झरेको रुवाइभन्दा आँसु नझरेको रुवाइ निकै पीडादायक हुँदो रहेछ।

सायद यो कुरा पीडामा रुनेलाई मात्र थाहा होला। हुन त त्यहाँ मबाहेक अरू कोही पनि थिएनन्। अरू बेला खुट्टा राख्ने ठाउँ समेत हुँदैनथ्यो। अस्पतालभित्र करुणा र अरू दुईजना बिरामी बाहेक अरू कोही पनि थिएनन्।

मास्क लगाएर तीन हात पर–परसम्म प्रहरी छरिएर उभिरहेका थिए। अनि डाक्टर र नर्स पनि पूरै शरीर ढाक्ने गरी पिपिई र अनुहार नै छोप्ने गरी मास्क लगाएर बसेका थिए। अस्पतालमा खटिएका सुरक्षाकर्मी तैनाथ थिए। डाक्टर र नर्सबाहेक अरू कसैलाई पनि यताउता आउन–जान दिइएको थिएन।

अहिले पनि उनी भक्कानिएर रोइरहेको मैले टाढैबाट प्रष्ट देखेँ। उनी रोइरहेको मैले हेर्न सकिनँ। उनका आँखाबाट झरेका आँसुका धारा देखेर मैले आफैँलाई सम्हाल्न सकिनँ। त्यसैले हतार–हतार म अस्पतालबाट बाहिर निस्केँ। प्रेस लेखिएको मोटरसाइकल स्टार्ट गर्दै टेकुबाट तीव्र गतिमा घरतिर लागेँ।

घण्टौँ जाममा फस्दा सरापेको त्यही काठमाडौँको सडक आज खुल्ला छ। दिनहरू सधैँ एकैनासको हुँदैन बाबु भनेर आमाले सम्झाउनु हुन्थ्यो, त्यही कुरा सम्झेँ। हिजो–अस्तिसम्म भीडभाड, कोलाहल देखिने काठमाडौँ आज एक्कासी सुनसान छ।

गाडी र मोटरसाइकलले खचाखच भरिएको काठमाडौँको सडक अनि त्यही सडक वरिपरि कमिलाको ताँती जस्तै गरी ह्वारह्वारती हिँड्ने बटुवाहरू कहीँकतै पनि देखिएनन्। सडकपेटी आज खुल्ला आकाश जस्तै खुल्ला थिए। खुल्ला आकाशमा उड्ने पक्षी जस्तै म पनि खुल्ला सडकमा बाइक कुदाइरहेको थिएँ। कुनै–कुनै ठाउँमा मास्क लगाएर प्रहरीहरू उभिरहेका थिए।

दायाँ–बायाँ कतै नहेरीकन सीधै अगाडि हेर्दै बाइक कुदाउँदै थिएँ। तर, मलाई अगाडिपट्टिको बाटोभन्दा पनि करुणाका आँखाबाट झरेका आँसुका धारा मात्र झल्झली देखिरहेको थिएँ। जमलमा पुग्दा अचानक मोबाइलको घण्टी एकोहोरो बजिरहेको थियो। हत्तनपत्त बाइक टक्क रोकेँ।

अलि परतिर प्रहरी उभिरहेको थियो। गोजीबाट मोबाइल निकालेर यसो हेरेँ, डिस्प्लेमा अतीत कलिङ लेखिएको थियो। मैले फोन रिसिभ गरेँ। मैले हेल्लो भन्न नपाउँदै अतीतले सोधिहाल्यो, ‘नितिन, अहिले कस्तो छ करुणालाई?’

‘अहिले ठिकै छ, भर्खरै म उनलाई भेटेर घर जाँदै छु। भेटेर के भनौँ, हेरेर आउँदै छु। प्लिज तिमी टेन्सन नलेउ, म घर पुगेपछि तिमीलाई कल गर्छु ल, म अहिले बाटोमा छु,’ भनेँ। अतीतले रुन्चे स्वरमा हवस् भन्न नपाउँदै मैले फोन काटिदिएँ।

घरबाट बाहिर निस्किन हुँदैन भनेर सरकारले उर्दी जारी गर्दै लकडाउनको घोषणा गरेको थियो। सरकारले लकडाउन गरेको पनि आज ५५ दिन बितिसकेछ। अस्पतालका गाडीलगायत अतिआवश्यक सामग्री बोक्ने गाडीलाई मात्र बाटोमा गुड्न छुट दिएको छ। त्यो पनि पास भएकाहरूलाई मात्र।

सडकमा अनावश्यक बाइक चलाएको वा हिँडेको भेटिएमा प्रहरीले भाटा हान्छन् भन्ने कुरा सबैले थाहा पाइसकेका छन्। तर, मलाई छुट थियो किनकी मसँग प्रेस पास थियो। त्यसैले त म करुणालाई दिनदिनै भेट्न टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल गइरहन्छु।

हिजो जस्तै आज पनि उस्तै मुखमा अक्सिजन मास्क लगाइरहेकी छिन्, उनी। म पनि सधैँझैँ त्यही कुनाको झ्यालमा बसेर उनलाई टाढाबाट एकोहोरो टुलुटुलु हेरेँ। उनलाई हेर्न छाडेर म निराश हुँदै सरासर डाक्टर बस्ने पल्लो बिल्डिङतिर लागेँ। डाक्टर बस्ने कोठाभित्र छिरेँ। ढोकैबाट नमस्कार गरेँ।

मलाई देख्नेबित्तिकै हाँसिलो अनुहार बनाउँदै लामो श्वास तानेर भन्नुभयो, ‘नितिन भाइ, अब करुणालाई केही हुँदैन। उनी खतराबाट मुक्त भएकी छिन् अर्थात् उनी कोरोना भाइरसबाट मुक्त भएकी छिन्। बिहान उनले केही मात्रामा खानेकुरा पनि खाएकी छिन्। अब धेरै चिन्ता लिनुपर्दैन। भरे ५ बजे फाइनल रिपोर्ट आउँछ। आज नै डिस्चार्ज गर्ने कि भोलि गर्ने हो, त्यो भरे ५ बजेपछि नै थाहा हुन्छ।’

डाक्टरले यस्तो भन्नेबित्तिकै यति धेरै खुसी भएँ कि ढोकाबाट बाहिर निस्किन लागेको डाक्टरलाई पनि ठेलेरै दौडिएँ, करुणालाई भेट्न।

‘करुणा अब तिमीलाई केही हुँदैन। तिमी निको भइसक्यौ रे, डाक्टरले भन्नु भएको। अब तिमीलाई भरे नै घर लगेर जान्छु। अनि तिमीलाई देखेर अंकल-आन्टी धेरै खुसी हुनुहुनेछ। तिमीलाई देखेर उहाँहरू खुसीले रुनु हुनेछ।’ ग्वाम्लाङ्ग अँगालोमा बाँधेर करुणालाई खुसीको खबर सुनाउँछु भन्दै हतारहतार दौडिँदै थिएँ, कति चाँडै करुणा राखिएको ठाउँमा पुगिसकेछु। तर, कैँची गेट लगाएर बाहिरपट्टि सेक्युरिटी गार्ड ठिङ्ग उभिरहेको देख्नेबित्तिकै मेरा इच्छा–आङ्काक्षा त्यहीँ तुहिए।

किनकी अझै पनि उनको नजिक जान पाउँदिनँ, उनीसँग बोल्न पाउँदिनँ। उनलाई स्पर्श गर्न पाउँदिनँ। उनी धेरै टाढा थिइन्। गोजीबाट मोबाइल निकालेर यसो हेरेँ। भर्खर दिउँसोको १२ बजेर २५ मिनेट गएको रहेछ। कहिले ५ बज्ला जस्तो लाग्यो।

बाहिर सडकमा निस्केँ। काठमाडौँ पूरै लकडाउनमा थियो। कुनै पनि पसल खुलेको थिएन। घरबाट निस्किँदा चियासमेत खाएको थिइनँ। त्यसैले भोक लागिरहेको थियो। बाहिर कतै खाजाघर खोलेको भए केही नास्ता खाने मन थियो तर खाजाघर, पसल कुनै पनि खुलेको थिएन। अनि फेरि गोजीबाट मोबाइल निकालेर नम्बर डायल गरेँ।

‘कोरोना भाइरस रोगको सङ्क्रमणबाट बचौँ र बचाऔँ। कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले सरकारले तोकिएको लकडाउनको समयसम्ममा आफ्नो घरमा कसैलाई नबोलाऔँ। लकडाउनको पालना गरौँ,’ भन्दै जनचेतनामूलक सन्देशको रिङटोन बजिरहेको थियो। फोन नउठेपछि म सरासर अस्पतालको कम्पाउन्डभित्रको कुनाको कुर्सीमा गएर थचक्क बसेँ।

नजिकै पत्रिका राखिएको थियो। यसो पल्टाएर हेरेँ। आफैँले काम गर्ने पत्रिका अगाडि पाउँदा यो मन निकै खुसी हुँदो रहेछ। केहीबेर पत्रिका हेरेँ। केही बेरपछि मोबाइल निकालेर फेसबुकमा अपडेट हेर्न थालेँ। सामाजिक सञ्जाल अनि अनलाइन मिडिया हेरेँ। लेखिएको रहेछ ‘सङ्क्रमित व्यक्तिको मृत्युको खबर।’

सङ्क्रमितलाई मृत घोषणा गर्न कति हतारो भएको होला? मृत्यु नभएको मान्छेलाई समेत मृत्यु भयो भने समाचार प्रवाह गरिरहेको देख्दा निकै दुःख लागेर आयो। जताततै मृत्युको खबरले त्रसित भइरहेको अवस्था छ। मृत्युको डरले त्रसित अवस्थामा बस्नु र बाँच्नुपरेको छ। बिहान, दिउँसो, बेलुका, राति कहाँ–कति मानिसको मृत्यु भयो? अमेरिकामा कति? चीनमा कति? इटालीमा कति? गणितीय हिसाबमा आँकडा निकाल्नेको दौडधुप छ।

फेसबुक, इन्स्टाग्रामको भित्तादेखि लिएर ट्विटरको भित्तासम्म अनि युट्यूब च्यानलदेखि टेलिभिजनका च्यानलसम्म, साप्ताहिक पत्रिकादेखि दैनिक पत्रिकासम्म कहाँ–कति मृत्यु भयो भन्ने आँकडा निकाल्ने दौडधुपमा लागिपरेका छन्। बिहान जुरुक्क उठ्नेबित्तिकै कहाँ–कतिको मृत्यु भयो? कहाँ–कतिलाई कोरोना लाग्यो? यही खबर पढ्नु र सुन्नु परेको छ अहिले।

अहिले कोरोना भाइरस रोग र मृत्युबारे सारा दुनियाँमा चर्चाको विषय बनेको छ। मानिसको मृत्यु त यसअघि पनि भएकै थियो। दुर्घटनामा परेर होस् या बिरामी परेर अथाव हवाईजहाज दुर्घटनामा परेर होस् या फ्लुका कारण थुप्रै मानिस यसअघि मृत्यु भएका थिए। तर, अहिलेको अवस्था पहिलेको जस्तो थिएनन्।

अहिलेको मृत्युको डरको अवस्था एकदमै भयावह छ। मृत्यु त एक पलको हो, तर मृत्युको त्यो पलको डरले पूरै जिन्दगीलाई मारिँदै छ। मान्छे रोगले मात्र होइन, भोकले पनि मार्न थालेका छन्। सधैँ लकडाउन मात्र विकल्प होइन। लकडाउनको विकल्प पनि सरकारले निकाल्नुपर्छ। यस्तै कुरा सोच्दै थिएँ, एक्कासी मोबाइलको घन्टी बज्दा पो झसंग भएँ।

यसो हेरेँ, मिना आन्टीले फोन गर्नुभएको रहेछ। हेल्लो आन्टी भन्न नपाउँदै बाबु नितिन तिमीले कल गरेको रहेछ, मैले मोबाइल चार्जमा राखेर माथि कौसीमा गएकी थिएँ भन्नुभयो। आन्टी आज डाक्टरसँग कुरा भयो। करुणा कोरोनाबाट मुक्त भइसकेकी छिन् रे! भरे ५ बजेपछि फाइनल रिपोर्ट आउँछ रे। भरे नै घरमा लिएर आउँछु है आन्टी।

आन्टी यो कुरा सुनेर रुनुभयो, खुब रुनुभयो, मैले मोबाइलबाट नै सुनेँ। आन्टी नरुनुहोस्, अब भरे घरैमा भेटौँला है भन्दै मैले फोन काटिदिएँ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  १६:१२
सिफारिस
उत्कृष्ट फिल्मको अवार्ड जितेको सुपरहिट मलयालम थ्रिलर (युट्युब लिंकसहित)
उत्कृष्ट फिल्मको अवार्ड जितेको सुपरहिट मलयालम थ्रिलर (युट्युब लिंकसहित)
काठमाडौं र सुर्खेतका ८ नेतामाथि कारबाही गर्दै राप्रपा, यसअघि सोधिएको थियो स्पष्टीकरण
काठमाडौं र सुर्खेतका ८ नेतामाथि कारबाही गर्दै राप्रपा, यसअघि सोधिएको थियो स्पष्टीकरण
प्रदेशका नेताहरूलाई प्रचण्डले भने- कोशी नाम अहिले स्वीकारौं, ०८४ मा चुनाव जितेर फेरौंला
प्रदेशका नेताहरूलाई प्रचण्डले भने- कोशी नाम अहिले स्वीकारौं, ०८४ मा चुनाव जितेर फेरौंला
काजीलाई छाडेर कहाँ गएकी थिइन् मैयाँ?
काजीलाई छाडेर कहाँ गएकी थिइन् मैयाँ?
रास्वपाले 'प्राइमरी चुनाव' बाट उम्मेदवार छान्ने भने पनि पार्टी केन्द्र हाबी हुने विधि तय
रास्वपाले 'प्राइमरी चुनाव' बाट उम्मेदवार छान्ने भने पनि पार्टी केन्द्र हाबी हुने विधि तय
प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् कार्यसूची
प्रतिक्रिया दिनुहोस्

विचार

कमलसिंह बम
यस्ता छन् प्रहरी विधेयकमा गर्नुपर्ने सुधारहरू कमलसिंह बम
डा. विशाल कुमार भण्डारी
सामाजिक संघसंस्था बन्द गर्ने सरकारी नियत! डा. विशाल कुमार भण्डारी
मिनेश गुरूङ
बाढीको कहरले जन्माएको मेसेन्जर ग्रुप मिनेश गुरूङ
 शिवजी श्रेष्ठ
सरकारको मुख नताकी सशस्त्र प्रहरीले समातेको लय  शिवजी श्रेष्ठ

ब्लग

बिमल घर्ती
हराएको गाउँको आत्मा! बिमल घर्ती
रामदत्त जोशी
तिमीले विदेश जान ढिला गर्यौ साथी! रामदत्त जोशी
शिविश भण्डारी
आक्कलझुक्कल मात्र देखिने कालो गोमन सर्प! शिविश भण्डारी
नारायणप्रसाद सापकोटा
सामाजिक सञ्जालमा घुयेँत्रो र 'बुमर्याङ'! नारायणप्रसाद सापकोटा

साहित्यपाटी

मधुकरमणि आचार्य
छुटेको एउटा भारी! मधुकरमणि आचार्य
दिपेश राई
परिवर्तित व्यवहार! दिपेश राई
सन्तोष बोहरा
तस्वीरभन्दा पर कर्मतिर! सन्तोष बोहरा
प्रल्हाद ढकाल
लखतरान यात्री! प्रल्हाद ढकाल

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP