Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, असार ३२, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

पश्चताप!

लक्ष्मी देवी गौंडेल

लक्ष्मी देवी गौंडेल

लक्ष्मी देवी गौँडेल।
लक्ष्मी देवी गौँडेल।

चिटिक्क मिलेको शरीर। रुपको मोहनी। सारै राम्री थिइँ मेरी साथी। बिए पढ्दा ताका मलाई उस्का एकतर्फी प्रेमीले हैरान पार्थे। बिएको अन्तिम वर्ष उस्को बिहे भयो। म पढ्न काठमाडौँ आएँ। अहिले जस्तो सामाजिक संजाल थिएन। हाम्रो भेटघाट थुप्रै वर्ष भएन।

एक दिन म असनतिर काम विशेषले टहल्दै थिएँ, कसैले मेरो नाम लिएर जोड-जोडले बोलाएको सुनेँ। असनको बाटो मलाई नै कसैले बोलाएको होला जस्तो लागेन, त्यसैले सुनेको नसुने जस्तै गरी हिडेँ। बोलाउने क्रम रोकिएन। मलाई नै हो कि बोलाएको भनेर रोकिएँ र यताउति हेरेँ। चिने जस्तो कोही लागेन।

एउटी महिला हस्याङफस्याङ गर्दै म छेउ आइन्। ‘ओइ लक्ष्मी, कति बोलाएँ, चिनिनस् कि क्या हो?’

यसरी त नै भन्ने त पक्कै नजिकको मान्छे हुनु पर्छ। तर को? मैले चिनिनँ। चिनिनँ भन्न पनि सकिनँ। म अक्कबक्क परेको देखेर उसले दुखी हुँदै आफूलाई चिनाइ 'म निलम।' म तीन छ्क्क परेँ।

उ मेरी त्यही निलम थिइ जस्को कुनै बेला रवाफै अर्को थियो। रुपरंग अर्कै थियो। मैले उस्लाई उत्तिखेर सोध्न सकिनँ कसरी यस्तो भो? उस्ले मलाई फुर्सद भए कफी खान जाउ न भनी। ६-७ वर्ष पछि अचानक भेटिएकी साथी, त्यसमाथि म पनि व्यस्त थिइनँ। ह्नुमान ढोका नजिकै क्याफेमा छिर्यौँ। कफीको चुस्कीसँगै आफ्नो कथा खोल्न थाली उसले।

‘बिहे भएको अर्को वर्ष छोरा जन्मियो। उहाँको जागिर पोखरामा, म स्याङ्जा सासु-ससुरा र नन्दसँग। पेटमा बच्चा आएदेखि स्याङ्जा बस्न मन थिएन। बाघको आहारा दैवले पुयाउछ्न भने झै सासु-आमाले छोरालाई ‘अब त बस्ने ठेगान भयो, बुहारीलाई पनि सँगै लैजा र लोकसेवा पढा बाबै। हाम्रो जस्तो हैन तिमीहरुको दुवैको जागिर नभए त बाच्न गाहो हुन्छ’ भने पछि उहाँले मलाई सँगै ल्याउनु भो।

अफिसको तीन कोठे क्वाटर थियो। मलाई उहाँले पढ्दा किनेका पुराना किताब यसरी पढ भनेर अफिस जानु हुन्थ्यो। अफिस र कोठा टाढा नभएकाले खाजा खान पनि आउनु हुन्थ्यो धेरैजसो। के-कसरी पढ्ने सिकाइदिनु हुन्थ्यो। बच्चा पेटमा हुर्कदै थियो। बेलाबेलामा जचाउन जान्थ्यौँ। सबै राम्रो थियो। सात महिना लागेपछि एक्लै बस्न हुँदैन।

महिना लागेपछि तल माथि केही हुँदा साथी हुन्छ भनेर नन्दलाई पोखरा पठाइदिनु भो आमाले। एसएलसी दिएर बस्नु भएको थियो। नन्द आएपछि झनै सजिलो भो मलाई। फुर्सदमा खाली बस्न हुन्न, तँ पनि खरिदारको तयारी गर् भनेर किताब थमाइदिनु भएको थियो दाजुले। दुइ नन्द-भाउजू एक-अर्कालाई सामान्य ज्ञानका प्रश्न सोध्थ्यौँ।

दिन कति चाडो बिते पतै भएन। डाक्टरले दिएको भन्दा तीन दिन अगाडि नै मलाई ब्यथा लाग्न थाल्यो। हामी हस्पिट्ल गयौँ। जाँच पर्तालपछि नर्मल डेलिभरी हुन्छ, आत्तिन पर्दैन भन्दै डाक्टर गए। मलाई भने त्यो पीडा सहन नसक्नु थियो। व्यथा लागेको ८-९ घण्टा हुँदा पनि बच्चा जन्मेको थिएन। मैले अब आफू पीडा खप्न नसक्ने भनेर जिद्दी गरेपछि डाक्टरले कति गर्दा पनि म मानिनँ।

सरकारी अस्पतालमा म बच्चा पाउन्न भनेर अति जिद्दी गरेपछि प्राइभेट हस्पिटलमा लगेर अप्रेशन गरेर बच्चा जन्म्यो। ७ दिनपछि हस्पिटलले डिस्चार्ज गर्यो। त्यती बेलासम्म मैले बाबुलाई दुध चुसाएकी थिइनँ। सासुआमा आउनु भएको थियो। माइतबाट भाउजू आउनु भएको थियो। हस्पिट्लमा नर्सहरु दुध चुसाउनु है बच्चालाई भन्थे, जान्थे। आमाले दुध चुसाउने कोशिस गर्नु हुन्थ्यो, दुध आउन्थ्यो।

‘केही खुराक छैन, कसरी आवोस् दुध?’ आमा मलाई सान्त्वना दिनु हुन्थ्यो। म भने ‘ह्या नआए नआवोस्’ भन्थेँ। दुध खुवाउदा आफ्नो फिगर बिग्रिन्छ भन्ने कता-कता सुनेकी थिएँ। भाउजू ‘दुध त खुवाउनु पर्छ नानी। दुध नखुवाए शरीर स्वास्थ्य बिग्रिन्छ, बच्चाको पनि आमाको पनि’ भन्नु हुन्थ्यो।

म कानमा तेल हालेर सुनेको नसुनै गर्थेँ। घर आएपछि आमाको स्याहार सुसारले खानपानको पथ परेजले अलि-अलि दुध आउन थाल्यो तर मैले खुवाउने चासो राखिनँ। आमा अगाडि पर्दा खुवाउन खोजे झै गर्थेँ। तर मनबाटै मैले छोरालाई दुध खुवाउन खोजिनँ।

मैले खुवाउन नखोजेपछि उस्ले पनि मेरा दुध देख्दा अर्कै तिर फर्कने भयो। म खुसी थिएँ। छोरालाई दुध खुवाउन नपर्दा। छोरो खुसी थियो कि थिएन कुन्नी। मेरो आमा मन भने दुध खुवाउने विषयमा ढुंगा नै भयो। त्यसपछि मैले छोरालाई दुध चुसाइनँ कहिल्यै पनि। अहिले पछुतो लाग्छ। तर बगेको खोला फर्किन्न।

छोरो अहिले पाँच वर्षको पुगिसक्यो। छोरो जन्मेको ३-४ महिनापछि म मोटाउदै गएँ। सासुले आफ्नै आमाले भन्दा बढी सुसार गर्नु हुन्थ्यो। नातिले दुध नचुसेको भन्दै मायालु पाराले उस्लाई गाली गर्नु हुन्थ्यो। आमालाई मेरो मनको चोरका बारेमा थाहा थिएन।

मेरो मोटाइ अस्वाभाविक देखिन थाल्यो। म भित्र-भित्र आफैसित तर्सिन थालेँ आफ्नो जीउ देखेर। तर त्यो मेरो आफ्नै कर्मको सजाए रै छ। पछि थाहा भयो डाक्टरसँग जाँच्दा। धेरै अस्वाभाविक देखिन थालेपछि हामी पोखरा आएर डाक्टर कहाँ जचायौँ।

धेरै थरिका जाँच र धेरै समय लगाएर जाँच गरेपछि बच्चाले दुध नचुसेका कारण हर्मोनमा भएको गडबडीले लाग्ने रोगले गर्दा त्यस्तो भएको रैछ। र यस रोगको उपचार अझैसम्म पत्ता लागेको रैनछ। स्तन पान गराएको भए सायद यस्तो हुन्थेन होला।

फिगर बिग्रिन्छ भनेर बुझेको अल्प ज्ञानले म त दीर्घ रोगको शिकार भएँ। अरुले हुन नपरोस् लक्ष्मी।' उस्का आँखाबाट खसेका आँसुका ढिक्काले मलाई स्तब्ध बनायो। म केही बोल्न सकिनँ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १२:११
सिफारिस
श्रीराम टोबाको र एसबिएल प्रोफेसनललाई विभागले तिरायो पाँच लाख जरिबाना
श्रीराम टोबाको र एसबिएल प्रोफेसनललाई विभागले तिरायो पाँच लाख जरिबाना
बजारमा 'ट्याटु' चलेका बेला उनी ब्युँताउँदै छन् 'गोदना'
बजारमा 'ट्याटु' चलेका बेला उनी ब्युँताउँदै छन् 'गोदना'
नेपालकै पहिलो चार लेनको पुल
नेपालकै पहिलो चार लेनको पुल
'मेरो दुःख यो सडक र ठेलाले पनि बुझेजस्तो लाग्छ'
'मेरो दुःख यो सडक र ठेलाले पनि बुझेजस्तो लाग्छ'
पोखराको १३५ रोपनी लिची बगैंचा हडप्न मन्त्री–बिचौलिया 'घुस डिल'
पोखराको १३५ रोपनी लिची बगैंचा हडप्न मन्त्री–बिचौलिया 'घुस डिल'
कांग्रेस–एमालेले गरे सरकारमा आउन प्रस्ताव, जसपा नेपालले खोज्यो प्याकेजमै सहमति
कांग्रेस–एमालेले गरे सरकारमा आउन प्रस्ताव, जसपा नेपालले खोज्यो प्याकेजमै सहमति
'यही हो दाउन्नेमा सास्ती भोग्नुपर्ने अन्तिम बर्खा'
'यही हो दाउन्नेमा सास्ती भोग्नुपर्ने अन्तिम बर्खा'
एनआरएनए क्यानडाको महासचिवमा रमेश भट्टराईले गरे  उम्मेदवारी घोषणा
एनआरएनए क्यानडाको महासचिवमा रमेश भट्टराईले गरे उम्मेदवारी घोषणा
पहिरोले बिपी राजमार्गको ठाउँठाउँमा यातायात अवरुद्ध
पहिरोले बिपी राजमार्गको ठाउँठाउँमा यातायात अवरुद्ध
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

उनीहरू...
सपनाहरूको आँखाबाट!
उनी साँच्चै नै परी थिइन्!
एकपल्ट फेरि भेटौँला!
झोले साथी!
मलाई अलपत्र पारेर त छोड्दैनौ नि!

विचार

सम्पादकीय
प्रधानमन्त्रीजी, मन्त्री गुप्तालाई बर्खास्त गर्नुस् कि उनको बचाउ गर्नुहोस्! सम्पादकीय
सम्पादकीय
प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रमले ल्याएको तरंग! सम्पादकीय
सुलभ खरेल
लापरबाहीमा डाक्टरहरूले उन्मुक्ति पाउन हुँदैन, तर पहिले बीमाको व्यवस्था गरौं सुलभ खरेल
चेतनाथ आचार्य
पूर्णिमाको काम सुनेर चिनियाँ पत्रकार चकित भएपछि चेतनाथ आचार्य

ब्लग

दिनेश बज्राचार्य
मिटिङमा सहभागी हुन काठमाडौँबाट नुवाकोट साइकलमा! दिनेश बज्राचार्य
नरजङ्ग गुरूङ
अनलाइन व्यवसायः अवसर, चुनौती र दीगो सफलता नरजङ्ग गुरूङ
शेरबहादुर सिंह/रासस
गृहमन्त्री लेखकको एक वर्षः यस्ता छन् सुधार र चुनौती शेरबहादुर सिंह/रासस
सक्षम अधिकारी
नागढुंगामा गाडी दुर्घटना- मृत्युको छायाबाट फर्किएको जीवन सक्षम अधिकारी

साहित्यपाटी

भज नारायण रेग्मी
उनीहरू... भज नारायण रेग्मी
याम मगर
सपनाहरूको आँखाबाट! याम मगर
रामबहादुर गरंजा 'एसकुमार'
उनी साँच्चै नै परी थिइन्! रामबहादुर गरंजा 'एसकुमार'
अमृत बेल्बासे
एकपल्ट फेरि भेटौँला! अमृत बेल्बासे

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP