Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, भदौ २७, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

उनी

हिमा उपाध्याय

हिमा उपाध्याय

वैशाखको मध्य समय ठ्याक्कै याद नभए पनि मलाई लाग्छ १३ गते थियो क्यारे, दुई घना वनको बीचमा एउटा खोला, त्यही खोलामा आफ्ना सपना खोजिरहेका केही थान मान्छे, दिनको १ बजे कहीँ पानी बगेको देखिन्थ्यो त कहीँ साना साना तिनै केही थान मान्छेले आफ्ना सपना खोज्दै गर्दा निस्किएको चम्किलो उज्यालाका थुप्रा, कोही त्यही खोला किनारमा खाजा खाँदै थिए त कोही रूखका छाया खोजेर सुस्ताइरहेका देखिन्थे। मलाई भने कस्तो अनौठो खालको महशुस भैरहेको थियो।

म काठमाडौं जन्मथलो छोडेर पहिलो पटक कतै बाहिर गएको थिएँ। म यो जे देखिरहेको थिएँ त्यो सपनामा पनि नदेखेको, मलाई एकदमै अनौठो महशुस भैरहेको थियो।

म यी दृश्य एकटकले हेरिरहें। सायद यसमै भुलिसके छु।

नजिकैबाट मधुर स्वरमा आवाज आयो दिदी किन यसरी हेर्नुभाको ?

म केही नभएजस्तो गर्दै बोलें- केही होइन, ऊ त्यो रूखमा बसेको कुन चरा रहेछ ? कति राम्रो म त हेरेको हेर्‍यै भएछु। हेर त उ त्यहाँ भन्दै मैले विषयान्तर गरें।

मासुम चेहरा, चुच्चो परेको मैलो च्यातिएको र धेरै समयदेखि नधोएको जस्तो देखिने सलबाट लामो लामो धेरै समयदेखि राम्ररी सफा नगरेको कपालले चिहाइरहेको प्रष्ट देखिन्थ्यो, असाध्यै मायालु तर फुङ्ङ उडेको र थकित चेहरा हेर्दा लाग्थ्यो ऊ असाध्यै बिरामी छे। मसँग बोल्दा लजालु र मायालु स्वरमा बोलेकी थिई।

बिस्तारै म उसको अंग,अंग चिहाएर हेर्छु, म धेरै गहिराइमा डुबेर उसलाई नियाल्छु, पानीभित्रको बालुवा जब उसले बेल्चामा सकिनसकि बाहिर निकाल्थी र काँधमा त्यो बेल्चा राखेर बाहिर जम्मा पारेको थुप्रोमा मिल्काउँथी। म उसलाई एकोहोरो हेरिरहन्छु, ऊ एकोहोरो आफ्नो काम गरिरहन्छे, खोला किनारमा रहेका अरू मान्छेलाई चिहाएर हेरें उनीहरू आफ्नै धूनमा थिए, तर म उसको धुनमा हराउँछु।

छाला खुइलिएर राताराता भएका औंला, माइली औंलाबाट रगत बगिरहेको थियो २ देखि ४ बेल्चा बालुवा फालेपछि उसले त्यो औंलाको रगत आफ्नो औंला मुखमा हालेर केही समय चुस्छे र फेरि निरन्तर काममा लाग्छे।

घोरिएर हेर्छु, लाग्छ म सपना मै छु, म सपना देखिरहेको छु तर त्यो सपना थिएन त्यो त एउटा सुनौलो सपना देखिरहेको एउटा प्रतिनिधिमूक सत्य घटना थियो।

करिब-करिब आधा घण्टा जसो म उसलाई यसरी नै हेरिरहन्छु र भन्छु -बहिनी आऊ एकछिन आराम गर सबैले आराम गरिरहेका छन्। तिमी किन एक्लै यस्तो गर्मीमा काम गरिराखेको बिरामी परिन्छ ऊ मौन भैदिन्छ। एकछिनमा भन्छे- नाई दिदी साँझसम्म बालुवा पुराएर बेच्नुपर्छ नभए आज पनि घरमा आमा,भाई,बैनी भोकै हुन्छन्। तपाईं जानुस् है।

फेरि हेर्छु म उसलाई पसिनाले पूरै शरीर भिजेर टाढासम्मै पसिनाको गन्ध सहजै जो कसैले थाहा पाउथ्यो,  प्राय: सबैजसो औंलाका छाला खइलिएर भित्री मासुमात्र देखिन्थ्यो देख्दै डरलाग्दो। उसको बारे जान्न उत्सुक थिएँ। दिदी पनि भन्छौ अनि दिदिले भनेको पनि मान्दैनौ भन्दै हक जताएर उसलाई लिएर अरुहरूले आराम गरिरहेको नजिकै एउटा रूखको छायामा बसालें।

बहिनी के नाम तिम्रो ? वातावरणलाई सहज बनाउँदै मैले उसलाइ सोधें – जवाफमा सरिता, उसले एक वाक्यमा उत्तर दिई।

घर कहाँ नि नानी? मैले उसलाई फेरि प्रश्न तेस्र्याए जवाफमा उसले भनी यो डाँडापारि एउटा खोला छ नि त्यहीँ पारिको गाउँको सबभन्दा पुछारको घर हो।

ऊ विस्तारै खुल्दै थिई। मैले झोलाबाट आफूले खानलाई लगेको बिस्कुट, एक पोका चाउचाउ र एक बोतल पानी दिँदै लौ खाऊ भनेर दिए।

अप्ठ्यारो मान्दै समातेर एकोहोरो टोलाइरही मैले खाऊ, खाऊ भन्दै आफू पनि बिस्कुट खान थालें।

उसले भनि- दिदी यो पानी चाहिँदैन तपाईं नै खानुस्। हाम्रो त यहाँ मूल छ त्यही पानी खान्छौं भन्दै पानीको बोतल फिर्ता दिई र चाउचाउ खोलेर एक दुई टुक्रा गर्दै खान थाली।

एकछिनमा उसले भनि- दिदी तपाईंको घर कहाँ हो नि ? मैले आफ्नो परिचय दिएँ  र त्यो सहजताको फाइदा उठाउँदै मैले सोधें–घरमा को को हुनुहुन्छ ?

खान लागेको चाउचाउ राम्ररी हेरिरही मानौं कि लाग्थ्यो चाउचाउसँग उसको नाता केही अनौठो छ यो खानेकुरा उसलाई खान मन लागेर पनि ऊ खान सकिरहेकी छैन।

उसले यसरी कुरा सुरू गर्छे, यो मेरो खुट्टाको घाउ छ नि दिदी यो मेरो बुवाले हिजो राति रक्सी खाएर आमालाई कुट्दाखेरि आमासँगै भाग्दा लागेको चोट हो। पहिलोचोटि बालुवा बेचेर कमाएको सय रुपैयाँ आफैं राखेर किनेका राम्रा फूलवाला चप्पल थिए। ती पनि घरमै छुटे अनि घर जान डर लाग्यो र चप्पल नलगाई आएको भन्दै बेदना मिश्रित हाँसो हाँसी ऊ र भनि-  आमा, एउटा भाइ, बहिनी र म गरी घरमा पाँच जनाको परिवार छौं।

म अहिले १३ वर्ष भएँ। कक्षा–४ मा पढ्थें। बुवाले घरको काम गर्ने मान्छे छैन अब पढ्नु पर्दैन तैले भनेर १ महिना जति स्कुल जान दिनुभएन तर म सुरूमा लुकीलुकी गएँ।

अहिले ६ कक्षामा पढ्छु, आमा मजदूरी गर्नुहुन्छ। भाइ र बहिनी पनि स्कुल जान्छन्। म बिदाको बेला यहाँ बालुवा बनाएर भाइबहिनी र आफ्नो पढाइ खर्चको जोहो गर्छु। आमाले कमाएको पैसाले घरमा खानेकुरा किनेर खान्छौं। अस्ती आमालाई ज्वरो आएर उठ्नै सक्नुभएन घरमा खानेकुरा पनि थिएन।

मैले अघिल्लो शनिबार बालुवा बेचेको पैसाले भाइबहिनी र मेरो लागि कापी र कलम किन्दा सकियो। ३ दिनदेखि घरमा खानेकुरा केही नभएर बुवाले हिजो खाना खान दिइनँ भनेर आमालाई कुट्नु भो। बिरामी आमा भाग्न नसकेर बुवाले कुटेर झन् थलिनु भएको छ।

पहिला पहिला बुवाले आमालाई छोरा जन्माइनस् भनेर कुट्नुहुन्थ्यो त्यसैले आमाले अलि अलि कमाएको पैसा पनि वर्षमा २ पटक छोरा कि छोरी हेरेर फालेको पाँचौ पटकमा मेरो भाइ जन्मियो।

भाइ जन्मेपछि त बुवाले आमालाई माया गर्नुहोला भनेको त झन् झन् कुट्न थाल्नु भो। बुवाले एउटा आँखाको भर हुन्न अर्को पनि छोरो चाहिन्छ भनेर आमाले १ हप्ता अगाडिमात्र चेक गर्दा छोरी भएर फालेर आउनुभएको भन्दै गला अवरूद्ध पार्दै आँखाभरि आँसु एकै पटक सुक्क गरेर उता फर्किई।

म पनि केही बोल्न सक्ने अवस्थामा थिइनँ। मैले उसको मुहारमा हेरें ऊ आशावादी भावमा बोली- दिदी म जति दु:ख गरेर भए पनि पढ्छु र भाइबहिनीलाई पढाउछु अनि आमालाई सुखले पाल्छु। यस्ता बाउ हुनुभन्दा त नभए बरु जाति, जति गरिन्छ त्यति खाएर सुखले बस्न हुन्थ्यो झैं लाग्छ। कहिलेकाहीँ त! तर आमा भन्नुहुन्छ- जे जस्तो भए पनि बा भनेका बा हुन् छोरी त्यस्तो नभन्।

दिदी म जति दु:ख गरेर भए पनि पढ्छु र केही गरेर देखाउने मन छ। यसरी मैले सोचेको कसरी पूरा होला र खै ? भाइबहिनी ३ दिनदेखि भोकभोकै छन्। अब यो लगेर घर जान्छु र भाइ र बहिनीलाई बिस्कुट दिन्छु,थाहा छ दिदी? उनीहरूलाई बिस्कुट असाध्यै मन पर्छ। खुसी हुन्छन् र यो चाउचाउ पकाएर हिजो पैंचो ल्याएको पिठो, तरकारी खाने नभएर त्यसै छ त्यही रोटी आफैं पकाएर आमालाई पनी अघाउन्जेल खुवाउँछु र खान्छौं। 

उसको अघाउन्जेल खान्छौं भन्ने वाक्यले मलाई झस्कायो र आमाले दिएको खाना मीठो भएन भनेर आमासँग झगडा गरेको कुरा सम्झिएर म फेरि एकपटक गहभरि भएका आँसु पुच्छ्दै गर्दा ऊ त्यो लिएर कहाँ गई थाहा नै भएन। उसलाई भेटेर उसको सपना पूरा भयो होला कि नाई भनेर सोध्न मन छ। अझै पनि मासुम चेहरावाला कोही नानी देखे मलाई उसको यादले खुब सताउँछ।

   

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १३:५४
सिफारिस
१६ जना नेताको संयुक्त वक्तव्य– संविधानसम्मत् ढंगले अन्तरिम सरकार गठन गरियोस्
१६ जना नेताको संयुक्त वक्तव्य– संविधानसम्मत् ढंगले अन्तरिम सरकार गठन गरियोस्
जेन–जीको उत्साहलाई लोकतान्त्रिक व्यवस्थामाथि घात पर्ने गरी कुनै निर्णय गरिनु हुँदैन: पूर्वराष्ट्रपति भण्डारी
जेन–जीको उत्साहलाई लोकतान्त्रिक व्यवस्थामाथि घात पर्ने गरी कुनै निर्णय गरिनु हुँदैन: पूर्वराष्ट्रपति भण्डारी
त्रिविको पठनपाठन छठ पर्वपछि मात्रै
त्रिविको पठनपाठन छठ पर्वपछि मात्रै
बालेनले गरे सुशीला कार्कीलाई समर्थन
बालेनले गरे सुशीला कार्कीलाई समर्थन
सुशीला, हर्क र बालेनलाई प्रधानमन्त्री बनाउन छुट्टाछुट्टै युवा समूहको माग
सुशीला, हर्क र बालेनलाई प्रधानमन्त्री बनाउन छुट्टाछुट्टै युवा समूहको माग
हर्क साम्पाङले काठमाडौं आएर छलफल गरे प्रधानसेनापतिसँग
हर्क साम्पाङले काठमाडौं आएर छलफल गरे प्रधानसेनापतिसँग
प्रतिक्रिया दिनुहोस्

विचार

सम्पादकीय
सुशीला कार्कीलाई संवैधानिक विधिबाटै यसरी बनाऔं प्रधानमन्त्री सम्पादकीय
सम्पादकीय
ओली र देउवाको राजनीतिक औचित्य समाप्त सम्पादकीय
गोकर्णप्रसाद उपाध्याय
स्विडेनका 'हफिस' र १०–५ वाला हाम्रा अफिस! गोकर्णप्रसाद उपाध्याय
सम्पादकीय
कारबाही सामाजिक सञ्जालमाथि कि जनतामाथि? सम्पादकीय

ब्लग

अनिता कोइराला
जीवनभित्रको म! अनिता कोइराला
शंकर पाण्डे 'मुक्ति'
जमूना टिप्न जाँदा भेटिएकी जमूना दिदीको पीडादायी कहानी शंकर पाण्डे 'मुक्ति'
मेघराज शंकर
चीनका किशोर-किशोरीहरूसँग केही घण्टा भलाकुसारी मेघराज शंकर
देव राज गौतम
एआई विकासका लागि सरकारले चालेको महत्त्वपूर्ण कदम देव राज गौतम

साहित्यपाटी

मधु भण्डारी
छायाजस्तै ओझेल परेका ठुल्दाजै! मधु भण्डारी
निमेश ढकाल
स्वसंवाद! निमेश ढकाल
कुमाराज सुबेदी
अनिर्दिष्ट प्रतीक्षार्थी! कुमाराज सुबेदी
सन्तोष बोहरा
स्वतन्त्रताको शिर हतकडीमा छैन! सन्तोष बोहरा

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP