कविताः
जिन्दगीमा धेरै दुःखकष्ट सहेर यो धर्तीमा पाइला टेकाउने भगवान हुन् मेरी आमा
हो आफू भोकै बसेर मलाई पेटभरी मिठा मिठा अन्न खुवाई पेट भराउने अन्नदाता हुन् मेरी आमा
आफू नाङ्गै बसेर भए पनि मलाई दुई जोर राम्रा लुगा लगाइदिने श्रदेय नारी हुन् मेरी आमा
हो, आफू रोएर भए पनि मलाई हसाउँने हास्य कलाकार हुन् मेरी आमा
दुःख र सुख के हो सिकाउने गुरू हुन् मेरी आमा
संघर्षको पाठ पढाउने शिक्षिका हुन् मेरी आमा
स्वार्थी हुनु हुँदैन भनेर सिकाउने असल आचरणकी नारी हुन् मेरी आमा
दुःखीलाई सहयोग गर्नुपर्छ भनेर सिकाउने मनकारी भावना भएकी नारी हुन् मेरी आमा
दुःखलाई सुखमा परिणत गर्न सक्ने हिम्मत भएकी नारी हुन् मेरी आमा
संसारमा मलाई सबैभन्दा बढी माया गर्ने नारी हुन् मेरी आमा
लेखेर लेख्न सक्दिनँ मेरी आमा के हुन् भनेर
भनेर भन्न सक्दिनँ मेरी आमा के हुन् भनेर
यति भन्छु, आफ्नी आमालाई सदैव सम्मान गरौं
वृद्धाश्रमसम्म आमालाई पुराउने कोशिस कहिल्यै नगरौं।
आमा भए त हामी छौं, यो कुरा सबैले मनन गरौं।
(आयुष बडाल, काठमाडौं युनिभर्सिटीमा कक्षा १२ मा अध्ययनरत छन्।)