Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, भदौ १३, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

आत्मा

निमा लामा

निमा लामा

कथा

झल्याँस ब्युँझें, यसो हेर्छु म त ओछ्यानमा नै रहेछु।

बेडको सिरानीसँगै रहेको टेबुल ल्याम्पको स्विच अन गरेँ।

अनि नजिकै टेबलमाथि राखेको बोतलको पानी घटघट पिएँ। मध्यरात सुनसान कोठामा म एक्लै थिएँ।

टिक ... टिक .... टिक .... आवाज आइरहेको थियो भित्तेघडीबाट, यसो हेरें, दुई बजेर ३० मिनेट गएको संकेत दिइरहेको थियो।

फेरि ओछ्यानमा नै पल्टें र सोच्न थालें। अहो कस्तो सपना देखेछु। फेरि निदाउन खोजेँ। यता पल्टें, उता पल्टें।

अहँ, पटक्कै निन्द्रा लागेन। मनमा अनेक कुराहरू सोच्दासोच्दै कति बेला निआएछु पत्तो पाइनँ।

टक .... टक .... झल्याँस ब्युँझें।

टक ... टक ... टक ... ढोकाबाट अझै आवाज आइरहेको थियो। राति निकै बेर निद्रा नलागेकाले म बिहान चाँडै उठ्न सकेको थिइनँ। तै पनि, जुरुक्क उठें अनि हत्त न पत्त ढोका खोलेँ।

‘१० बजिसक्यो, अहिलेसम्म सुति नै रहने, के भयो?’ढोकाबाहिरबाट ममी कराउँदै उभिरहनुभएको थियो।

‘ह्या.. ममी पनि आज शनिबार हो नि?’

‘शनिबार भएर के भो त? चाँडो उठेर के बित्छ ? ल छिटो चिया खान आउने, खाना खाने बेला चिया खानुपर्छ यसलाई’ ममी भाषण छोड्दै किचन रूमतिर लाग्नुभयो। 

ढोका बन्द गर्दै म फेरि ओछ्यानमा नै गएर पल्टें।

शरीर कस्तो भारी भएको, थिचेको जस्तो महशुस गरेँ।

१० बजेर २० मिनेट गएको रहेछ, त्यही भित्तेघडीमा।

जुरुक्क उठेँ अनि बेड नजिकै रहेको गितारलाई उचालेर बोकेँ अनि ए कर्ड थिचेर बजाएर हेरेँ टोन मिलेको थिएन।

त्यसैले १ नम्बरदेखि ६ नम्बरसम्मका तारहरूलाई एक–एक गरी पालैपालो बजाउँदै मिलाउन थालेपछि बल्ल टोन मिल्यो।

सुनसान कोठा अनि मीठो गितारको धुन कस्तो मज्जा आउँछ, सायद त्यो गितार बजाउनेलाई मात्र थाहा होला।

चारै औंला र ६ ओटा तारबीचको घर्षणबाट निस्किने मीठो धुनले लठ्ठ नहुने यो संसारमा सायद कमै मात्र होलान्।

जब गितारबाट विभिन्न धुन निस्किछ, तब मान्छेको मन कताकता हराउन पुग्छ। त्यही धुनमा रमाउँदै हराइरहेका बेला एक्कासि ढोकाबाट टक ... टक ... टक ... आवाज आयो।

‘को हो?’

ढोका खोल्न नपाउँदै ढोका बाहिरबाट दाइ ‘चिया लिनुस् न’ बहिनीले भनिन्।

‘अनि दाइ आज हामी मामाघर जान लागेका हजुर जानुहुन्न?’

‘म आज घरमै बस्छु, तिमी जाऊ ल?’

‘हस’

एकछिनपछि  बहिनीसँगै ममी पनि आउनुभयो, ‘ल हामी मामा घर गयौं, राम्रोसँग बस, अनि खाना खाऊ’ भन्दै जानुभयो।

मैले फेरि ढोका बन्द गरेँ, अनि चियाको पहिलो चुस्की लगाएर चियाको गिलास टेबुलमाथि राख्न नपाउँदै ढोकाबाट फेरि टक ... टक ... टक ... आवाज आयो।

मैले ढोका खोल्दा त अनामिका ठिङ्ग उभिएको थिई ढोकाबाहिर।

अनमिका कोठाभित्र पस्न नपाउँदै आज कतै घुम्न जाऔँ न भनेर प्रस्ताव राखिन्, तर मैले अहिले होइन, ममी र बहिनी आएपछि जाऔंला भनेँ, उनी रिसाइन्।

मैले फकाउन उनलाई अँगालोमा बेरें अनि गितार बजाएर गीत सुनाउन खोजेँ।

एक्कासी अचनाक गितारको १ नम्बर तार चुँडियो।

‘म फ्रेस हुन्छु, तिमी चोकको बुक सपमा गएर १ नम्बरको तार किनेर ल्याऊ न ल, प्लिज’ मैले रिक्वेस्ट गरेँ।

‘एकैछिनमा ल्याएर आइहाल्छु नि बरु छिटो तयार हुनु नि’ भन्दै अनामिका पसालतिर गइन्।

तर, अनामिका गएको १० मिनेट पनि भएको थिएन, घर पूरै हल्लियो।

सबैजना भाग–भाग भन्दै कराइरहेको सुनेँ।

म भने भित्तामा अडेस लगाएर बसेँ, मलाई मेरोभन्दा अनामिकाको चिन्ताले सतायो।

तल ओर्लेर हत्तपत्त बाहिर निस्किन मात्र लागेको थिएँ, एक्कासी भित्ताको पर्खालले मलाई थिच्यो, मेरो खुट्टा त्यहीँ पुरियो, म कराएँ, चिच्याएँ, रोएँ, कसैले सुनेनन्। सबै आ–आफ्नो ज्यान जोगाउन लागेका थिए।

तर, म भने भाग्न सकिरहेको थिइनँ।

जब म होसमा आएँ, तब म अस्पतालको बेडमा आफूलाई पाएँ।

मेरासामु बहिनी र ममी हुनुहुन्थ्यो।  

मैले अनामिका खोइ भनेर सोधेँ, ‘बाबु आराम गर, अहिले आउँछिन्’ भनेर अँध्यारो मुख लगाएर ममीले सम्झाउनुभयो।

तर, एकछिन भनेको यस्ता कैयौं छिनहरू बिते, तर उनी आइनन्। मलाई एक्लो पारेर कहाँ गइन्, पत्तो भएन।

सेकेन्ड, मिनेट, घन्टा, दिन, हप्ता, महिनाहरू गर्दै आज डेढ वर्ष बित्यो। उनी आइनन्। एकैछिनमा आउँछु भनेर गितारको तार किन्न गएकी उनी कहाँ गइन्? कस्तो अवस्थामा के गर्दै होलिन्? किन भेट्न सकिरहेको छैन मैले? कतै मेरी अनामिका त्यही वैशाख १२ गते गएको शक्तिशाली भूकम्पमा परेर अङ्गभङ्ग त भइनन्? कतै हिँड्न र चल्न नसकिने पो भइन् कि? मनमा यी र यस्ता अनेक कुरा खेल्दै अनामिकाको घर जाने अठोट गरें।

वर्षौंपछि आज अनामिकाको घर जाँदै थिएँ, अनामिकाकी ममी र बाबालाई भेट्न।

घरबाहिर चोकमा निस्केँ, ट्याक्सी रोकेँ र भनेँ– दाइ लैनचौर जाऔं न।

ट्याक्सी त्यतै हानियो।

लैनचौरमा पुगेर ट्याक्सीबाट ओर्लेर  सडक क्रस गर्न मात्र के लागेको थिएँ, परबाट अनामिका आइरहेको देखेँ, टक्क बीचबाटोमा, म रोकिएँ,  म दौडिन सक्ने अवस्थामा थिइनँ।

किनकि भर्खरै मात्र मेरो खुट्टा निको भएर हिँड्न सक्ने भएको थिएँ। तर, अचानक म बीच सडकमा ढल्न पुगेछु, सबैजना कराइरहेका थिए।

चारैतिर कोलाहल मच्चिरहेको थियो।

म भने चारैतिर बादलैबादलले घेरिएको बादलको थुम्कीबीचमा उडिरहेको थिएँ।

बादलमाथि माथि उडिरहेका बेला अचानक सुनैसुनेले बनेको सुनौलो ठूलो गेट अगाडि पुगेछु।

गेट स्वचालित आफैं बिस्तारै खुल्न लागेको थियो।

गेट खुल्न नपाउँदै गेटभित्रबाट कसैले गम्ल्वाङ अँगालोमा बेरेर रोइन्, चिच्याइन्, ‘मलाई छाडेर कहाँ गएका थियौ ? किन यति साह्रो निष्ठुरी बनेको?’ मैले बल्ल थाहा पाएँ, अँगालोमा बेरिएकी त अनामिका पो रहिछिन्।

 म पनि जोडले अँगालोमा कसेर रुन थालें।

‘आ एम सो सरी स्वीट हार्ट, आई लब यु सो मच। अब आइन्दा तिमीलाई एक्लो पारेर कहिल्यै छोड्ने छैन’, भनेर मैले कसम खाएँ।

‘तिम्रो यो कसम त घाममा सुकाइदेऊ, पहिला पनि कसम खाएको त हो नि?’ उनी मलाई रुन्चे पाराले भन्दै थिइन्।

उनी अँगालोबाट छुट्न नै मानिनन्, झनै अँगालो कसिलो पार्दै थिइन्।

वर्षौंपछि भेटेको मलाई ज्यान गए पनि छोड्न मानिनन्।

म आफैंले अँगालोबाट छुटाउन खोज्दै ‘ल अब होस्, यो रोनाधोना बन्द गर। वर्षौंपछि भेटेको एक सेल्फी लिऔं है’ भनेर गोजीमा छामेँ, आइफोन नै रहेनछ।

‘तिम्रो यो सेल्फी लिने बानी पनि कहिल्यै नहट्ने भयो’, अनामिकाले भनिन्।

‘यार तिमीले गिफ्ट दिएको आइफोन त ल्याउन नै भुलेछु। यहाँ मोबाइल, क्यामेरा, आइफोन केही चाहिँदैन।’ अनामिकाले मलाई आफ्नो एक हातले अँगालो मार्दै अर्को हातको हत्केलालाई देखाउँदै रेडी–सेडी स्माइल भन्दै क्लिक भनिन् अनि आफ्नो हत्केला मलाई देखाइन्।

दुवैको तस्बिर उनको हत्केलामा, म छक्क परेँ।

‘ओइ, तिमी त जादुगर पो भएकी छ्यौ कि क्या हो?’ मैले सोधेँ। ‘अहिले तिमी अर्कै दुनियाँमा छौ। धर्तीमा होइन, स्वर्गमा छौ। ऊ तल हेर त तिम्रो ममी, बहिनी आफन्तहरू’ उनले भावुक हुँदै भनिन्।

मैले हत्त न पत्त यसो तल हेरेँ, नभन्दै मलाई गाडीले हानेर अस्पताल लगेको रहेछ। मेरा बहिनी, ममी, बाबु, नीतिन मेरो छोरा भन्दै ठूलो–ठूलो स्वरमा रोइरहनुभएको थियो।

मेरा आफन्तले ममीलाई सम्झाउँदै थिए।

मैले ममी, ममी भनेर ठूलो–ठूलो स्वरमा बोलाएँ, तर सुन्नुभएन।

मैले ममीको आँसु पुछें, ममीलाई समातें, ममी म यहाँ छु तपार्इंसँगै छु भनेँ, तर उहाँले मेरो आवाज न त सुन्नुभयो, न त कुनै प्रतिक्रिया नै दिनुभयो।

म रोएँ, कराएँ, चिच्याएँ। मैले बहिनीलाई पनि बोलाएँ तर अहँ उनले पनि सुनिन। मेरो आवाज किन सुनिरहेको छैन ? किन मेरो स्पर्श थाहा पाउनुहुन्न ? म एक्लै भुतभुताएँ।

म छट्पटाइरहेको थिएँ।

म विरक्तिएँ।

अनामिकलाई फेरि अँगालो बेरेर धेरै रोएँ।

हामी दुवै त्यहाँबाट विभिन्न रङ्गीचङ्गी बगैंचामा गएर बसौं।

घन्टौं कुराकानी गरौं।

केही दिनपछि फेरि बगैंचाको पल्लो डाँडामा गएर तलतिर धर्तीमा हेर्न थालौं, तलको अवस्था हेर्दा छक्क परेँ।

‘मानिसहरू कति स्वार्थी हुन्छन् हगि’, अनामिकाले भनिन्।

मान्छेहरू आफ्नो मान्छेले देह त्याग गरेको दिन रुन्छन्, कराउँछन्, चिच्याई–चिच्याई रुन्छन्, तडपिन्छन्, छाक बार्छन् अनि पछि बिस्तारै भुल्दै जान्छन्। सिनेमा हेर्न पुग्छन्, नाच्छन्, गाउँछन्, रमाउँछन्, अनि चट्ट भुलिदिन्छन्। कस्तो निष्ठुरी ? मानिसले देह त्याग गरेपछि बन्ने आत्मा नै रहेछ न त कसैले देख्न सक्छ, न त रोक्न नै।

भौतिक शरीर खरानी बनेर माटोमा बिलाए पनि आत्मा भने सदासदा बाँच्ने रहेछ।

आत्माले भने यो संसार छोड्दैन रहेछ।

हुनत आजसम्म आत्मालाई भेटेर आएको र देखेको कसैलाई थाहा छैन, सुनेको पनि छैन, तै पनि म त आत्मा पो बनेछु।

 

प्रकाशित मिति: शनिबार, पुस १९, २०७६  १५:०७
सिफारिस
उत्कृष्ट फिल्मको अवार्ड जितेको सुपरहिट मलयालम थ्रिलर (युट्युब लिंकसहित)
उत्कृष्ट फिल्मको अवार्ड जितेको सुपरहिट मलयालम थ्रिलर (युट्युब लिंकसहित)
काठमाडौं र सुर्खेतका ८ नेतामाथि कारबाही गर्दै राप्रपा, यसअघि सोधिएको थियो स्पष्टीकरण
काठमाडौं र सुर्खेतका ८ नेतामाथि कारबाही गर्दै राप्रपा, यसअघि सोधिएको थियो स्पष्टीकरण
प्रदेशका नेताहरूलाई प्रचण्डले भने- कोशी नाम अहिले स्वीकारौं, ०८४ मा चुनाव जितेर फेरौंला
प्रदेशका नेताहरूलाई प्रचण्डले भने- कोशी नाम अहिले स्वीकारौं, ०८४ मा चुनाव जितेर फेरौंला
काजीलाई छाडेर कहाँ गएकी थिइन् मैयाँ?
काजीलाई छाडेर कहाँ गएकी थिइन् मैयाँ?
रास्वपाले 'प्राइमरी चुनाव' बाट उम्मेदवार छान्ने भने पनि पार्टी केन्द्र हाबी हुने विधि तय
रास्वपाले 'प्राइमरी चुनाव' बाट उम्मेदवार छान्ने भने पनि पार्टी केन्द्र हाबी हुने विधि तय
प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् कार्यसूची
प्रतिक्रिया दिनुहोस्

विचार

कमलसिंह बम
यस्ता छन् प्रहरी विधेयकमा गर्नुपर्ने सुधारहरू कमलसिंह बम
डा. विशाल कुमार भण्डारी
सामाजिक संघसंस्था बन्द गर्ने सरकारी नियत! डा. विशाल कुमार भण्डारी
मिनेश गुरूङ
बाढीको कहरले जन्माएको मेसेन्जर ग्रुप मिनेश गुरूङ
 शिवजी श्रेष्ठ
सरकारको मुख नताकी सशस्त्र प्रहरीले समातेको लय  शिवजी श्रेष्ठ

ब्लग

बिमल घर्ती
हराएको गाउँको आत्मा! बिमल घर्ती
रामदत्त जोशी
तिमीले विदेश जान ढिला गर्यौ साथी! रामदत्त जोशी
शिविश भण्डारी
आक्कलझुक्कल मात्र देखिने कालो गोमन सर्प! शिविश भण्डारी
नारायणप्रसाद सापकोटा
सामाजिक सञ्जालमा घुयेँत्रो र 'बुमर्याङ'! नारायणप्रसाद सापकोटा

साहित्यपाटी

मधुकरमणि आचार्य
छुटेको एउटा भारी! मधुकरमणि आचार्य
दिपेश राई
परिवर्तित व्यवहार! दिपेश राई
सन्तोष बोहरा
तस्वीरभन्दा पर कर्मतिर! सन्तोष बोहरा
प्रल्हाद ढकाल
लखतरान यात्री! प्रल्हाद ढकाल

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP