Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, भदौ २७, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

तिहार

गणेश दवाडी

गणेश दवाडी

तिहार आयो बहार छायो गाउँ र घरमा
धर्तीले ल्यायो सुन्दर फूल सुहायो शिरमा
प्रेमको माला चुम्दछ गला दाजु र बैनीको
झुमेर नाचे कम्मर भाँचे न कोही ननिको।।

गुञ्जिन्छ देश मादल बजी बढाइँ गरेर
मुरली उस्तै लाउँछ भाका सुवास छरेर
रामले पनि सीताको गाउँ उचाले भैलीले
पार्वती नाचिन् शिवका छेउ रउसे शैलीले।।

भाइको आश गरेर दिदी पिँढीमा टुक्रुक्क
आशाका पाला छर्दछन् दीप छिँडीमा सुटुक्क
आँखाका नानी सबै जवानी चाडमा जुरुक्क
आउँदा भाइ दिदीको मन पर्दछ फुरुक्क।।

पीडाका बोझ असंख्य नै हुन् भेटमा छ हाँसो
अजिव चाड विश्व नै भरि नेटमा छ चासो
अमर छ यो जुगजुगदेखि कालान्तर जीवित
मानिसबीच छर्दछ प्रेम छैन यो सीमित ।।

बारीका कान्ला खेतका गरा मुसुक्क हाँसेका
बयेली खेल्दै धानका बाला फाँटमा नाचेका
पाटी र पौवा देउराली पाखा मखमली ढप्पकै
तिहार उन्छ बैनीको माया छातीमा छप्पकै।।

नेपाली माटो सुगन्ध छर्छ चाडको बिउले
हिमाली पाखो धपक्क बल्छ फूलका जिउले
नेपाली पाउ संसारभरि मादल खरीमा
घन्किन्छ देउसी चुम्दछ धर्ती उमार्छ गरिमा।।

   

प्रकाशित मिति: शनिबार, कात्तिक ९, २०७६  १६:५३
सिफारिस
सिंहदरबारभित्र के-के जल्यो, कुन-कुन मन्त्रालय छन् बाँकी?
सिंहदरबारभित्र के-के जल्यो, कुन-कुन मन्त्रालय छन् बाँकी?
पहिलो महिला प्रधानमन्त्री र प्रधानन्यायाधीश बन्ने सौभाग्य पाएकी सुशीला कार्की
पहिलो महिला प्रधानमन्त्री र प्रधानन्यायाधीश बन्ने सौभाग्य पाएकी सुशीला कार्की
अन्तिम समयमा प्रधानमन्त्री भएपछि संसद विघटनको सिफारिस गर्न तयार भइन् कार्की
अन्तिम समयमा प्रधानमन्त्री भएपछि संसद विघटनको सिफारिस गर्न तयार भइन् कार्की
सुशीला कार्कीको नियुक्ति र संसद विघटनबारे यस्तो छ सहमति
सुशीला कार्कीको नियुक्ति र संसद विघटनबारे यस्तो छ सहमति
घनश्याम भूसालले गरे कम्युनिस्ट एकता आह्वान
घनश्याम भूसालले गरे कम्युनिस्ट एकता आह्वान
सुशीला कार्की र राष्ट्रपतिबीच केमा कुरा मिलिरहेको छैन?
सुशीला कार्की र राष्ट्रपतिबीच केमा कुरा मिलिरहेको छैन?
प्रतिक्रिया दिनुहोस्

विचार

सञ्जीव पोखरेल
यो राजनीतिक संक्रमण कसरी सम्हाल्ने? सञ्जीव पोखरेल
सम्पादकीय
सुशीला कार्कीलाई संवैधानिक विधिबाटै यसरी बनाऔं प्रधानमन्त्री सम्पादकीय
सम्पादकीय
ओली र देउवाको राजनीतिक औचित्य समाप्त सम्पादकीय
गोकर्णप्रसाद उपाध्याय
स्विडेनका 'हफिस' र १०–५ वाला हाम्रा अफिस! गोकर्णप्रसाद उपाध्याय

ब्लग

अनिता कोइराला
जीवनभित्रको म! अनिता कोइराला
शंकर पाण्डे 'मुक्ति'
जमूना टिप्न जाँदा भेटिएकी जमूना दिदीको पीडादायी कहानी शंकर पाण्डे 'मुक्ति'
मेघराज शंकर
चीनका किशोर-किशोरीहरूसँग केही घण्टा भलाकुसारी मेघराज शंकर
देव राज गौतम
एआई विकासका लागि सरकारले चालेको महत्त्वपूर्ण कदम देव राज गौतम

साहित्यपाटी

वासुदेव पन्थी ‘देवस्मृति’
ऐँठन! वासुदेव पन्थी ‘देवस्मृति’
मधु भण्डारी
छायाजस्तै ओझेल परेका ठुल्दाजै! मधु भण्डारी
निमेश ढकाल
स्वसंवाद! निमेश ढकाल
कुमाराज सुबेदी
अनिर्दिष्ट प्रतीक्षार्थी! कुमाराज सुबेदी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP