Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, मंसिर २, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

 दसैं

त्रिलोचन सुवेदी

त्रिलोचन सुवेदी

भत्किनै आटेको घरको भित्ता

सहरको 

कोचाकोच माइक्रोमा खलासी अडिएझैं

अडिएको छ 

पोहोर साल लिपेको गोबर र माटोको पाप्रा

गाडीभित्र सिटमा बसेको मान्छेले 

झ्यालबाट बाङ्गो मुन्टो लगाएर 

अगाडिको बाटो हेरेझैं

 हेरेको छ

भित्ताको पाप्राले 

सहरबाट फर्किनेको बाटो 

पिँढीमा फुल्न लागेका फूलका गुथा

 

सहर पसेकाले घर सम्झिउन् या बिर्सिउन्

एक पटक मज्जाले सम्झँदो रै’छ घरले 

 

सहर पसेको छोरो आओस् 

र 

उखालोस् भनेर बसेको छ 

घरवरिपरिको झार

बुहारी आओस् 

र 

लिपोस् भनेर

गेरू र छिर्के मिर्के अनुहार लिएर 

बसेको छ घरको भित्तो 

तर 

छोरो आउँछ टीका थाप्ने दिन पारेर 

बुहारी आउँछे उसैदिन 

नातिनातिना आउँछन् उसैदिन 

 

उसै पनि छैन दसैं पहिलेझैं रमाइलो 

गाउँमा पिङ छैन 

केटाकेटीको हो हल्ला कम छ 

दुर्गा पूजा छैन 

रात्रिकालीन चहलपहल पनि कम छ 

 

उसै पनि दसैं पहिलेझैं छैन 

जमाना अनुसार रमझम 

साँघुरिँदै छ 

पहिले जस्तो निधार पूरै ढाक्ने गरी 

टीकाको क्षेत्रफल हुँदैन आजकल

निधारमा हुने टीकाको क्षेत्रफल 

साँघुरिँदै छ 

जसरी साँघुरिँदैछ दसैंको रमझम 

 

प्रकाशित मिति: आइतबार, असोज १९, २०७६  १३:२२
सिफारिस
क्यानले सरकारी निर्देशन विपरीत एनपिएलमा प्रचार गर्दैछ सट्टेबाजीको छद्म ब्रान्ड
क्यानले सरकारी निर्देशन विपरीत एनपिएलमा प्रचार गर्दैछ सट्टेबाजीको छद्म ब्रान्ड
अमेरिकामा भइरहेको प्रदर्शनीमा अस्ट्रेलियाका बिस्कुट उत्पादक सुजनको पनि स्टल
अमेरिकामा भइरहेको प्रदर्शनीमा अस्ट्रेलियाका बिस्कुट उत्पादक सुजनको पनि स्टल
दुर्गा प्रसाईं चौथो पटक पक्राउ– पहिले आसामबाट ल्याइयो, त्यसअघि भर्‍याङ हालेर पस्नुपर्‍यो घरभित्र
दुर्गा प्रसाईं चौथो पटक पक्राउ– पहिले आसामबाट ल्याइयो, त्यसअघि भर्‍याङ हालेर पस्नुपर्‍यो घरभित्र
विमानस्थलमा किन बस्छन् चराहरू?
विमानस्थलमा किन बस्छन् चराहरू?
जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच जना परे पक्राउ
जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच जना परे पक्राउ
जसले छोरा विदेश नजाऊन् भनेर ३ करोडमा खोलिदिए 'द मसल ग्यारेज'
जसले छोरा विदेश नजाऊन् भनेर ३ करोडमा खोलिदिए 'द मसल ग्यारेज'
प्रतिक्रिया दिनुहोस्

विचार

मुराहरि पराजुली
'तानाशाह' लाई निम्तो हो प्रत्यक्ष निर्वाचित कार्यकारी! मुराहरि पराजुली
रमेश अधिकारी
राजदूत नियुक्तिको स्वार्थ र फिर्ताको राजनीति रमेश अधिकारी
डा. पेशल खनाल
जब शिक्षकले भने– अब त कक्षामा गएर पढाउन धेरै गाह्रो हुँदै गयो! डा. पेशल खनाल
बलराम केसी
नेता नेता जस्ता भएनन्– दल दल जस्तो भएन! बलराम केसी

ब्लग

दिनानाथ पाध्या
रेडियो–टर्चको जिज्ञासाबाट एआई र ५ जीको संसारमा दिनानाथ पाध्या
सुस्मिता अंगाई
आमा बनेपछि सेनाको जागिरे भएँ अनि निजामती कर्मचारी, तर अरूको प्रतिक्रिया- कस्तो मोटाउनु भएको! सुस्मिता अंगाई
डा.जया सत्याल र  डा.अविनाश चन्द्र
शान्तिपूर्ण विरोध कसरी हिंसात्मक झडपमा परिवर्तन हुन्छ? डा.जया सत्याल र डा.अविनाश चन्द्र
विष्णु थापा
हामी लोकल हो! विष्णु थापा

साहित्यपाटी

अस्मिता थापा
नौ वर्षीय नानीको संघर्ष! अस्मिता थापा
जगत बोहरा
तिम्रो बन्न नसकेकी म! जगत बोहरा
सुशिला शर्मा 'शिलु'
कठपुतलीहरू तयार छन्! सुशिला शर्मा 'शिलु'
कृप थापा
धुवाँबाट सुरू भएको पतन कृप थापा

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP