Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, साउन १९, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

होसियार!

रवीन्द्र मिश्र

रवीन्द्र मिश्र

लोकतन्त्रको नाममा

के बेचेनन् यिनले, सबै बेचे

लैनचौरको पर्खालभित्र

शरीर ढाक्ने वस्त्र बेचे

दिल्लीको दरबारभित्र

स्वाभिमानको अस्त्र बेचे

कोसी बेचे, गण्डकी बेचे

टनकपुर र पञ्चेश्वर बेचे

हुँदा, हुँदा अब त

प्रधानमन्त्रीको बासै बेचे

 

होसियार!

यिनको छाया बन्नुअघि

गाउँ, सहरको भीडमा

पहिले आफूलाई चिन

 

होसियार!

जेलनेलको व्यथा कहेर

सर्वाहाराको कथा बुनेर

खाडीका शेखलाई

युवाका सपना बेचे

युरोप, अमेरिकामा

सिंगो देशको विपना बेचे

मुम्बाइका गल्लीमा

चेलीका चित्कार बेचे

कलकत्ताका पसलमा

गरिबका पसिना बेचे

 

बेचे यिनले सबै बेचे

भोका पेटका गरिबलाई

भ्रमैभ्रमको खेती बेचे

हुनेखाने सबैलाई

पद-पैसाको लालसा बेचे

 

भरभराउँदो पहाड बेचे

फरफराउँदो फाँट बेचे

वन बेचे, जंगल बेचे

हाँस हाँस्ने पोखरी बेचे

चरा गाउने सिमसार बेचे

बुढेसकालको लौरो बेचे

मृत्युशैय्याको मुस्कान बेचे

देशै नयाँ खोज्न बाध्य पार्दै

सन्ततिको पहिचान बेचे

होसियार!

 

यिनको छाया बन्नुअघि

गाउँ, सहरको भीडमा

पहिले आफूलाई चिन

होसियार!

(रवीन्द्र मिश्रको फेसबुक पेजबाट साभार)

प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  १८:४३
सिफारिस
लगातार तेस्रो वर्ष पनि बढ्यो तयारी सिमेन्टको निर्यात
लगातार तेस्रो वर्ष पनि बढ्यो तयारी सिमेन्टको निर्यात
अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राको कति छ विनिमयदर?
अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राको कति छ विनिमयदर?
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
प्रतिनिधिसभाको बैठक आज बस्ने, यी हुन् कार्यसूची
प्रतिनिधिसभाको बैठक आज बस्ने, यी हुन् कार्यसूची
सेयर किन्नेलाई दुई वर्षमा सबभन्दा धेरै नाफा दिएका कम्पनी
सेयर किन्नेलाई दुई वर्षमा सबभन्दा धेरै नाफा दिएका कम्पनी
'छोरीहरू एक्लै हुर्काउन सक्छु भनेर काठमाडौं आएँ'
'छोरीहरू एक्लै हुर्काउन सक्छु भनेर काठमाडौं आएँ'
केही वर्षमै अन्त्य हुँदैछ स्मार्टफोनको युग, त्यसपछि के आउँछ?
केही वर्षमै अन्त्य हुँदैछ स्मार्टफोनको युग, त्यसपछि के आउँछ?
१५ दिनअघि मात्रै होटलमा काम थालेकी थिइन्, मारिइन् कुकबाट
१५ दिनअघि मात्रै होटलमा काम थालेकी थिइन्, मारिइन् कुकबाट
दुई संसदीय समितिको बैठक बस्ने, यी हुन् कार्यसूची
दुई संसदीय समितिको बैठक बस्ने, यी हुन् कार्यसूची
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

डियर प्रेम!
मौनता र प्रेम!
फाइल।
संकटकाल
राजा बोक्ने घोडा!
शिक्षण सिकाइमा हामीले खोजेको रूपान्तरण!
अनि मैले छुटिने निर्णय गरेँ!

विचार

नवीन थापा
नेतालाई जनताबाट टाढा बनाउने 'घेरा' नवीन थापा
दिनेश बज्राचार्य
मधेसका सुख्खा ठाउँ पुग्दा जे देखियो दिनेश बज्राचार्य
नारायण वाग्ले
देशकै धेरै पानी पर्ने गाउँ पुग्दा रसाए मेरा आँखा नारायण वाग्ले
यादव देवकोटा
राजाका पालामा देशले गुमाएको भूभाग यादव देवकोटा

ब्लग

दिबस खनिया
छोराछोरी अमेरिका छन् भनेर ढुक्क नहुनुहोस्! दिबस खनिया
डा आविष्कार चापागाईँ
मृत्युको छायामा एक हस्पिस डाक्टरको अनुभूति! डा आविष्कार चापागाईँ
इ.हिमाल अर्याल
अब त कसैले सोच्दैन होला छोरा इन्जिनियर होस्! इ.हिमाल अर्याल
केदार तिमल्सेना
नेपालमा फेसबुक मनिटाइजेसनका चुनौती र सम्भावना केदार तिमल्सेना

साहित्यपाटी

त्रिलोचन सुवेदी
डियर प्रेम! त्रिलोचन सुवेदी
कुमाराज सुबेदी
मौनता र प्रेम! कुमाराज सुबेदी
चेतनाथ आचार्य
संकटकाल चेतनाथ आचार्य
अग्रिम पौडेल
राजा बोक्ने घोडा! अग्रिम पौडेल

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP