दूधको स्वाद दूधमा नै छ
खिरको स्वाद खिरमा छ
तिमी र म मात्र होइन साथी,
आज निर्मला अनि यो देशका सबै नारी पीरमा छ
आज निर्मला अनि यो देशका सबै नारी पीरमा छ
खुट्टा तान्छ सारा दुनियाँ
पीर चिन्ता नारीको शिरमा छ
एकता एकता मात्र भन्छौं नेपाली हामी
एकताबद्ध हुने त्यो माहुरी हरेक भिरमा छ
एकताबद्ध हुने त्यो माहुरी हरेक भिरमा छ
दमन, शोषण, हेपाइ कति सहन्छौ नारी तिमी
तिम्रो विकासक्रम धिर धिरमा छ
तिमी र म मात्र होइन साथी
आज निर्मला अनि यो देशका सबै नारी पीरमा छ
आज निर्मला अनि यो देशका सबै नारी पीरमा छ
सहनुहुन्न अब हामीले हिंसा र दुर्व्यवहारहरू
सयौंमा एक नारी वीरमा छ
शान्तिका अग्रदूत गौतम बुद्धको देशमा शान्ति नखोज
शान्ति त तिम्रो शिरमा छ
शान्ति त तिम्रो शिरमा छ
न्याय पाइनन् निर्मलाले गरेन सरकारले वास्ता
सरकारमाथि औंला ठड्यायो कसले
भोलि हामीलाई पर्दा पनि बेवास्ता गर्छ
त्यसैले छाड्नुहुन्न त्यस्ता अधर्मी पापीलाई
दुर्व्यवहार गर्छ तिमीलाई जसले
दुर्व्यवहार गर्छ तिमीलाई जसले
आधुनिकता बढी भयो
दाजुभाइ र आफ्नै बुवासमेत छैनन् सत्य
मौन बस्यो सरकार किन?
बलात्कार गरी गरियो निर्मलाको हत्या
बलात्कार गरी गरियो निर्मलाको हत्या
भावना बुझ नारीले नारीको
शान्ति त तिम्रै शिरमा छ
तिमी र म मात्र होइन साथी
आज निर्मला अनि यो देशका सबै नारी पीरमा छ
आज निर्मला अनि यो देशका सबै नारी पीरमा छ
सबै त्यस्ता अधर्मी र खराब छैनन् साथी
सबै त्यस्ता अधर्मी र खराब छैनन् साथी
कोही दैश विकास गर्न हतारमा छ
होसियार रहनु नारी सबै
तिमी र मात्र हाइन
निर्मला अनि अरूको जीवन पनि खतरामा छ
निर्मला अनि अरूको जीवन पनि खतरामा छ
न्याय खोज्ने निर्मलाका बाआमा
खोज्दै जानुस्, न्याय सगरमाथा शिरमा छ
एकता र शान्ति ल्याउने भन्छौं नेपाली सबै
एकताबद्ध हुने त्यो माहुरी भिरमा छ
तिमी र म मात्र होइन साथी
आज निर्मला अनि यो देशका सबै नारी पीरमा छ
आज निर्मला अनि यो देशका सबै नारी पीरमा छ
(लक्ष्मी खनाल सिन्धुपाल्चोक, पाँचपोखरी थांगपाल गाउँपालिका– ८, लाँगर्चे बस्छिन्। उनी १५ वर्षकी भइन्। श्री लाँगर्चे माध्यमिक विद्यालयमा कक्षा ९ पढ्छिन्।)