अब त दसैं पनि
दसैं जस्तो लाग्दैन
विदेशी जीवनमा यो
अलि अलि गर्दै
हराउFदै गएछ.
नेपाली पात्रो
तिथी, घडी, पला
दशैंको लामो छुट्टी
मन्दिरमा भक्तजनको भीड
घर घरमा पूजाआजा
मधुर गुञ्जिरहने मालश्री धुन
ती सबै गए अब
यो दशैँको बेला
विदेशीको जीवनमा
आफ्नो देशमा
उडिरहेका होलान्
रङ्गीचङ्गी रङ्गहरु
मालिङ्गे पिङ मच्चिFदा हुन्
मादल घन्किदा हुन्
विदेशीको जीवन
चुडिएको चङ्गा जस्तो
लट्टाइबाट छुट्टिएपछि
केवल अलिकति
सानो त्यान्द्रे धागोको सहारा मात्र
नयाँ लुगा सिङारपटार
लिपपोत सजिसजाउ
साँझ बिहान ढिकी जाँतो
दही चिउरा झप्री केरा
बडाको आशिष् थाप्न
ठाउँ ठाउँ भ्याइ नभ्याइ
गाउँघरमा चहलपहल
नातागोता साथीसँगी
भेटघाट कुराकानी
अनिखेर
त्यो रमाइलोबाट छुटेकालाई
‘फलानो त विदेश कमाउन गा छ’ भन्दाहुन्
कसै कसैले सम्झे भने
विदेशी जीवन
एकान्तमा लुके जस्तो
दसैंले नै बिर्से जस्तो
त्यैपनि पुराना सम्झनाहरु
हराउलान् भनि
सम्झेर जोगाउन खोजिरहेछु
यो दसैंको बेलामा