तँ लोग्ने मान्छे कठोर हुनुपर्छ
मैले त भनेको थिइनँ, कसले भन्यो फेरि
तँ लोग्ने मान्छे
त्यसैले तेरो मन पनि फरक हुनुपर्छ
तैले मनको आवाज मन भित्रै दवाउनुपर्छ
मैले त भनेको थिइनँ कसले भन्यो फेरि
तँ लोग्ने मान्छे
त्यसैले तैले रून पनि एकान्त कुर्नुपर्छ
तँ लोग्ने मान्छे तैँले पहाड बोक्नुपर्छ
मैले त भनेको थिइनँ कसले भन्यो फेरि
तँ लोग्ने मान्छे
त्यसैले पहाड बोक्ने भरिया तैं बन्नुपर्छ
तँ लोग्ने मान्छे तैंले लाज मान्नु हुँदैन
मैले त भनेको थिइन कसले भन्यो फेरि
तँ लोग्ने मान्छे
त्यसैले त्यो लाज पनि
तँ लोग्ने मान्छे बाट पर भाग्नुपर्छ
तँ लोग्ने मान्छे बुढेसकालको लौरि बन्नुपर्छ
मैले त भनेको थिइनँ कसले भन्यो फेरि
तँ लोग्ने मान्छे
मनको वह पोख्न पनि
आखिरमा त्यही वृद्धाश्रम पुग्नुपर्छ
रूपा थापा