गर्ज्यो बादल–वर्षा सिमसिम
शितल प्रकृति हरियाली
नाता सखि एकजुट सबै
तीजको मनाउँदै खुसीयाली
रातो सारी निधारमा बिँदी
हरियो चुरा छनछनी
एउटै सुरमा एउटै तालमा
गाउदै नाच्दै छमछमी
गरगहना झकिझकाउ
सौन्दर्य धपक्क बलेको
प्रियतमको प्रेमले हर मुटुमा
मायाको धड्कन चलेको
फक्रेको फूलझैँ झुरूप्प बसी
खीर मिठाइको मीठो दर
सुखी स्वस्थ दाम्पत्य जीवन
हर नारीको तीजको रहर।।