रमेश कोठाबाट एकनासले बोलाइरहेको थियो ..
तर म नसुनेझै भान्छामा ब्यस्त भइदिए त्यो पनि बिना काम..
अनि उ पनि सदाको जस्तै रिसाएर भान्छामा नै आयो.... तिमीलाइ मलाइ सताउन निकै मन पर्छ है। आजभोली मैले बोलाएको पनि सुन्न छोड्यौ।पछाडि बाट अगालो हाल्दै बोल्यो उ।
सताउछु मात्रै र? माया पनि त गर्छु त्यो पनि कति धेरै...।
कति..?
हजुरले कल्पना गरे भन्दा नि धेरै..यो आकाश जस्तै सिमा बिहीन अनि यो धर्ती जस्तै गहिरो।
तर डर लाग्छ कतै त्यो बादल जस्तै उडेर बिलाउनु हुन्छ कि धर्तीमा खसेर कतै मिसीनु हुन्छ।
धत लाटी त्यस्तो नि हुन्छ र! तिमीबाट टाढा त ...यो आकाश धर्ती त के भगवानले पनि गर्न सक्दैन ।तिमीले यसरीनै माया गरीराख्यौ भने त् एकदिन यो संसारलाइ जित्ने छु म। तर कुनै दिन झुक्यिर भए नि तिम्रो मन दुखाएछु भने मलाइ छोडेर कतै नजाउ है।
हस....उसको निधार नजिकै ओठ पुराएको मात्र के थिए...पर क्षितीजमा गुनगुन..
सदाको जस्तै आज पनि सपनाको मिठो त्यान्द्रो टुट्यो।
त् त् मेरो घर छोडेर किन जादिनस ? एउटै कुरा कति भनु कति दोहोराउ। मैले त संग बिहे मेरो लागि होइन,यो घरको ईज्जत मान प्रतिष्ठा को लागि गरेको हो। त त् यो घरको बुहारी मात्र होस् मेरी स्वास्नी होइनस र कहिले हुनेछैनस पनि। त्यसैले बिन्ति स्वास्नी बनेर मेरो मन जित्ने कोशिश नगर्नु।
आज पनि लड्बडिएको बोली संगै लड्बडिएका खुट्टा डङर्ग बिस्तारामा पल्टियो रमेश। बिहे गरेको केहि समय देखि नै सुन्न र भोग्न थाले को २ बर्ष भयो तैपनि यो मनले यी सब कुरा रमेशले भनेको भनेर मान्न तयार छैन। मानु पनि कसरी सधै खुशी दिन्छु,सुख दिन्छु भन्ने बाचा गरेर यो सिउदो रंगाएको थियो उसले। तर कति सजिलै आफुले गरेको बाचा भुल्छन है मान्छे।
उ कति खेर उठ्छ,के खान्छ, कतिखेर अफिस जान्छ मैले कहिल्यै मेलो पाइन। बिहानको धन्दा सकेर कोठामा चिया पुराउदा उ कहिल्यै हुन्थेन। तर बेलुका घर फर्कने बेलामा हावा ले पनि उसको गन्ध लिएर आउथ्यो। अनि उ संगै आउथे मेरा लागि उसका गुनासाहरु .....न त् संग मेरो रुप मिल्छ,न पढाइ,न स्टाटस,न केहि, त कहाँ गाउकी पाखे अनि कहाको म। तर यही पाखे रातमा अप्सरा लाग्छ उसलाई। किनकी हरेक रात म उसको लागि सृष्टि हुन्छु। उसैको नाममा गिजल्न्छ,भोग्छ सुमसुमाउछ अनि पोखिन्छ म माथि र पोख्छ उसको कुश्ठाहरु। २ बर्ष देखी उही अन्जानको नाउमा लुटीरहेछ मेरो शरीर तर मन लुट्ने प्रयास कहिल्यै गरेन|न उसको शब्द र ब्यबहारले दुखेको मुटुनै सुम्सुमाउने काम गर्यो।
२ बर्षको थिए रे आमाले छोडेर जादा, आमाको माया त् के आमाको अनुहार पनि याद छैन मलाई। आमाको माया कस्तो हुन्छ भनेर सोध्दा हजुरआमालाई देखाउने गर्थे रे। अनि आमाको प्रतिबिम्ब चाइ कान्छी आमाको अनुहारमा खोज्थे रे।
कान्छी आमा बाट भाइ जन्मे पछि त् बाबा पनि मेरो लागि आकाशको जुन जस्तै हुनुभयो। देख्दा राम्रो प्यारो शितलता दिने तर छुन कहिल्यै नसक्ने। भाई को जन्म संगै बाबाको काखमा लुटुपुटिने दिन पनि गयो। मेरो हजुरआमाले पनि छोडेर जानु भयो। एक्ली भए..१६ बर्षमा हिड्दै थिए घरमा बिहेको कुरा चल्यो छोरीको इच्छा के छ, के चाहन्छे कसैको चासोको बिषय रहेन। मात्र केटा हेरियो अनि उसको सम्पति।
आफु भन्द १५ बर्ष जेठो केटाको पछि लगाएर पठाइयो ।त्यो पनि मैले हुर्काएको माली गाइलाइ जस्तै ।अनि म पनि पछि लागे आफ्नो भाग्य सम्झेर।माली गाइलाइ पठाउदा त् बाबाको हातमा पैसा परेको थियो तर मलाइ पठाउदा बाबालाइ के मिल्यो ..कुन्नि..? तर मेरो भागमा चाहि जीवन भरि पुग्ने पीडा पर्यो।
सपना कस्तो हुन्छ देखाउने मान्छे कोही भएन अनि माया कस्तो हुन्छ। मेरो लागि दुर देशको खजाना जस्तै थियो। देख्न हेर्न मिल्ने तर महशुश गर्न कहिल्यै नसकिने। त्यसैले त होला उसको घुर्णालाइ पनि माया सम्झेर माया गरिरहे तर उसले मेरो माया र सरलतालाइ मेरो कमजोरी सम्झेर घुर्णा गरिरह्यो।
छुट्ने भनेको त् समयको पलहरु मात्रै रैछ। आमा र हजुरआमाको मृत्यु,बिहेको अर्थ थाहा नहुदैको बिहे,रमेशको बेवास्ता। समयले दिएको यी पीडाहरु मै संग हिडिरह्यो अनन्त सम्म पनि। अनि म पनि यिनै पीडाहरु संगै हिडे। यी आसुहरु..सायद अरुसंग बाड्न नसकेका पीडाहरु आसु बनेर आफैसग बाडीदा हुन्। त्यसैले त् जति जति यी आसुहरु परेलीमा भरिन्छन। उति उति मन पनि हल्का हुदै जान्थ्यो।
८ महिना को गर्भवती थिए। एकदिन सासुआमाको कोठा सफा गर्दै थिए पुरानो एल्बममा गएर आखा अडियो। खोलेर हेरेको रमेश को सानोको फोटोहरु रैछ। अनि फोटो सगै थिए उसले मसग लुकाएको रहस्यको पोकाहरु। फोटोको पानाहरु जति पल्टदै जान्थे उति रहस्यहरु खुल्दै जान्थे। अनि जति रहस्य खुल्दै जान्थे त्यतिनै म मुनिको जमिन भासिदै जान्थ्यो।
यी फोटोमा जति खुसि त् रमेश यो २ बर्षमा कहिल्यै देखेको थिइन् मैले। सायद त्यो खुसीको कारण तिनै हुन जोसग उ उभिएको थियो। हो त्यो उभिने तिनै थिइन् जसले खुसी खुसी मलाइ यो घरमा भित्राएकी थिइन्।
तर त्यो दिन पछि उनी मेरो अगाडि कहिल्यै देखा परिनन। परिवारको अनुसार उनि रमेशको नजिकैको साथी..रमेशको बिहेकै लागि नेपाल आएकी र बिहेकै दिनको फ्लाइट बाट फेरी विदेश फर्केकी थिइन।
यस्ता कुराहरुको कल्पनाले त् मुटु हल्लाउछ, आखा रसाउछ, पीडा हुन्छ। तर यहाँ त् धेरै कुराहरु कल्पना भन्दा बाहिरका थिए। कसरि सहने। भोली यथार्थ सग कसरी लडने...कसरी सामना गर्ने,हिड्न नसक्ने मान्छेको अगाडि सगरमाथाको उचाइ जस्तै भयो...जीवन अनि यसको गोरेटोहरु।
बेस्सरी रुन मन लाग्यो। भाग्य लेख्ने भगवानलाई गाली गर्न मन लाग्यो। तर जति रोए गाली गरे
पनि मेरो चित्कार सुन्ने कोही थिएन सिबाय निर्जीब भित्ता। सुनेको थिए आशुमा यती धेरै शक्ति हुन्छ कि जसले पत्थरलाइ पनि पगाल्छ। हो यी भित्ताहरु पनि पग्लिए म सगै रोए,कराए। तर मान्छेलाइ पगाल्न सकिन। किनकी यिनीहरु कसैको संवेदना र आसुले पगाल्न नसक्ने सास भरिएका मान्छे थिए। अनि म यस्ता मान्छेलाई एकदिन पगाल्न सक्छु कि भन्ने झुटो आशा लिएर बाचेको रैछु।
सोचेको थिए यो बच्चा नै रमेश र मेरो सम्बन्धको पूल बन्नेछ। हाम्रो नजोडिएको मनलाई जोड्नेछ तर म गलत साबित भए। म त् उनीहरुको खुसीको लागि उपयोग पो भएको रैछु। एउटा निर्जिब सामन जस्तै। उनीहरुको उदेश्य पुरा भए पछि म मिल्काईनेछु कुनै गल्लीतिर। अनि मेरो बच्चालाई लानेछन म बाट कहिँ कतै टाढा।
रुदा रुदै कतिखेर कहा लडेछु। बिउझदा हस्पिटलको बेडमा थिए। त्यो पनि भर्खेरै जन्मिएका बच्चाहरुको भिडमा। कोही रोइरहेका, कोही आमाको दुध चुसिरहेका अनि कोही बाबाको काखमा निधाइरहेका। मैले पनि शल्यक्रिया बाट छोरो जन्माइछु। तर उ मेरो साथमा थिएँन। उ त् केहि पर रमेशको काखमा लुट्पुटी रहेको थियो अनि रमेश संगै उभिएकी थिइ त्यही फोटोको महिला रमेशको जेठी पत्नी स्रुस्टि। त्यो पनि मैले जन्माएको छोराको लागि हातमा दुधको बोट्टल बोकेर।