भती-भती यो मन जलिरहेछ ।
साला जिन्दगी चलिरहेछ ।।
बिहान उठ्यो, दिन भरी दौड्यो
बेलुका फर्कदा रित्तो हात्,
भेटिन्छन छुटिन्छन सयौ जन्
तर हुन्न कसैको न्यानो साथ्,
बिना काम दिन ढलिरहेछ ।
साला जिन्दगी चलिरहेछ । ।
न आफू केही गर्न सकियो
न अरुलाई गराउन सकियो,
जिन्दगीको सावा व्याज्
न कसैबाट भराउन सकियो,
छल्नसम्म भाग्यले छलिरहेछ ।
साला जिन्दगी चलिरहेछ । ।
सकिएन गर्न आज त के भो
सिङै भविश्य छदैछ नि,
भोली भोली भन्दा भन्दै
औंला भाच्दै दिन गनी,
धिप-धिप आशादीप बलिरहेछ ।
साला जिन्दगी चलिरहेछ । ।