मान्छे जब निरीहताको
खाल्डोमा जाकिन्छ तब ऊ
अन्धकार भ्रमको छिँडीबाट बल्ल उम्कन्छ
अनि पश्चातापको ज्वालामा जल्न थाल्छ
जबसम्म ऊ आफूलाई मजबुत ठान्छ
ऊ देख्दैन केही बिवेकका आँखाले
र डकारीरहन्छ अहमताका डकारहरू
हो ...यसैले मान्छेले आफूभित्रका
मानवीयता, कोमलता, मनुष्यतासँग नजिकिन
एक पटक बल्ड्याङ खानै पर्छ र ...
अहमताको छातिमा तिखो तीर लाग्नैपर्छ
तब मात्र मान्छे,आफ्नो अभिमानबाट परिचित बन्छ
र सोंच्छ, अहो! मैले आफ्नो मनुष्य जीवनलाई किन
दुरुपयोग गरेँ? भनेर।
तर ... जब सही सोँच मथिंगलमा घुम्न थाल्छ
मान्छेले आफूलाई कम्जोर पाई सकेको हुन्छ
अनि आफ्नो भाग्यको हिस्साबाट धेरै थोक
गुमाई सकेको हुन्छ,
बाँकी रहन्छ त केवल पश्चाताप र आत्माग्लानी
हो यही हो मान्छेको एउटा अबैध गुण
जस्ले मान्छे त बनायो तर मान्छेको खोल ओढाएर
पशुको भन्दा कम्जोर र निरीह सोंच दियो
यसैले ... के मान्छे हुनुमा गर्वित हुनू?
जस्ले जन्मको सार बुझेको हुँदैन
जब बुझ्ने समय आउँछ तब उ चुर्लुम्म
पश्चातापको रन्कि रहेको आगोमा दन्दनी
सल्कि रहेको हुन्छ,
आफ्नै अहंकार र अबुझ्पनालाई कोस्दै।