Setopati साहित्यपाटी
Subscribe Setopati
शनिबार, साउन ३१, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

कोम्बी

प्रणिका कोयू

कोम्बी

अँधेरीलाई चिर्न राँको बालेर

सिंहा लखेट्न सिठ्ठी फुक्दै

कम्मरमा कोम्बी राखेर

म आउँदैछु

बाँसघारीनिर ढुकेर बस् तँ

या कुनै कुइनेटोनिर

म निर्धक्क एक्लै आउनेछु

पटुकीमा मेरो कोम्बी राखेर

 

 

थाहा छ,

तँ एक्लै नहुन सक्छस्

हुनेछन् तेरा लठैतहरू साथ

झम्टन म माथि हरदम तयार

 

तँहरू सबलाई नजरमा राखेर हर क्षण

म घाँस काट्छु, झिक्रा झार्छु

गित गाउँदिन पहिले जसरी

अनि साथीहरू भन्दैछन् मेरो वेग बदलियो

र सँगै बदल्दैछन् उनीहरू आफ्नै गति स्वयँ पनि

 

हामी हिजोआज कोम्बी बोक्दैनौं

हामी कोम्बी भिर्छौं

हामी घाँस काट्दैनौं

उखेल्दैछौं जरासँगै

 

हामी, तयारी गर्दैछौं त्यो दिनको

जब तँ आउलास् चुहाउँदै  र्याल हाम्रो अगाडी

र तेरो जिब्रो थुत्नेछौं - जरै उखेलेको घाँसजस्तै

हामी, तयारी गर्दैछौं त्यो दिनको

जब तँ र तेरा लठैत बाटो छेक्नेछन् हाम्रो

अनि हामी काट्नेछौं सबलाई किटिकिटि - हरिया हाँगालाई जस्तै

हामी तयारी गर्दैछौं त्यो दिनको

जब तँ सुतिरहेको हुन्छस् लुकेर कुनै कुनामा

अनि हामी धावा बोल्नेछौं त्यसरी नै

जसरी जान्छ पहिरो मेटाइ सारा जिवनका चिन्हहरू

 

हो,

अँधेरीलाई चिर्न राँको बालेर

सिंहा लखेट्न सिठ्ठी फुक्दै

राखेर कोम्बी कम्मरमा

 

कुनै धामी हैन बरू आउनेछौं हामी

बुझिराख् ए "विर्यधारी"

चुनौती म अनि मेरो कोम्बीको

 

  • कोम्बी भनेको किराँत समुदायमा छोरीहरूलाई गुन्यूचोलो दिँदा दिइने हँसिया जस्तो हतियार हो। यसलाई मेलापात गर्दा मात्र नभएर किराँती महिलाहरूले हरदिन बोक्ने हतियार या गहना हो जसलाई मृत्युपर्यन्त पनि उनिहरूसँगै विसर्जन गरिन्छ।


 

 
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४  ०८:५५
सिफारिस
नेपाल आयो उड्ने ट्याक्सी, भदौ ३ गतेबाट भृकुटीमण्डपमा देख्न पाइने
नेपाल आयो उड्ने ट्याक्सी, भदौ ३ गतेबाट भृकुटीमण्डपमा देख्न पाइने
ट्रम्पको प्रस्ताव स्वीकार्दै जेलेन्स्कीले भने- पुटिनसँग वार्ताका लागि तयार छु
ट्रम्पको प्रस्ताव स्वीकार्दै जेलेन्स्कीले भने- पुटिनसँग वार्ताका लागि तयार छु
पुटिनले भने- सन् २०२२ मा ट्रम्प सत्तामा हुन्थे भने युक्रेनमा आक्रमण गर्दैनथ्यौं
पुटिनले भने- सन् २०२२ मा ट्रम्प सत्तामा हुन्थे भने युक्रेनमा आक्रमण गर्दैनथ्यौं
शंकर पोखरेलको सही प्रश्न
शंकर पोखरेलको सही प्रश्न
राजनीतिक नियुक्तिमा गाली नखाने दुई विकल्प– लोकसेवा आयोगलाई नै अधिकार दिने वा बोर्ड ब्युँताउने
राजनीतिक नियुक्तिमा गाली नखाने दुई विकल्प– लोकसेवा आयोगलाई नै अधिकार दिने वा बोर्ड ब्युँताउने
सामान्य खानेकुरा मात्र रहेन अब य:मरि
सामान्य खानेकुरा मात्र रहेन अब य:मरि
भारतमा खुब रूचाइएको महिन्द्राको 'स्पोर्टी' इभी नेपाली बजारमा, के छन् विशेषता?
भारतमा खुब रूचाइएको महिन्द्राको 'स्पोर्टी' इभी नेपाली बजारमा, के छन् विशेषता?
हामीलाई नसोधी अपानि जारी भयो, यो विषय अब केन्द्रीय कमिटीमा उठाउँछौं: सुरेन्द्र पाण्डे
हामीलाई नसोधी अपानि जारी भयो, यो विषय अब केन्द्रीय कमिटीमा उठाउँछौं: सुरेन्द्र पाण्डे
अलास्कामा शिखर वार्ताः  ट्रम्प र पुटिनको प्रतिनिधिमण्डलमा को-को छन्?
अलास्कामा शिखर वार्ताः ट्रम्प र पुटिनको प्रतिनिधिमण्डलमा को-को छन्?
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

अविवाहित वडा सचिवको दर्ता नभएको प्रेम!
तिम्रो पत्र लेख्ने जुक्तिले मलाई शाखा प्रबन्धक बनायो!
सिकरकटेरीदेखि ओकिनावासम्म!
एउटा कालिगड!
गाउँको माया र बदलिएको मन!
यु डिजर्भ बेटर!

विचार

नारायण वाग्ले
शंकर पोखरेलको सही प्रश्न नारायण वाग्ले
राजन पाण्डे
ती विद्यार्थी सम्झिँदा म आज पनि नतमस्तक हुन्छु राजन पाण्डे
डा. पुष्प राज पन्त
पानीमा डुब्ने घटना रोकथामका सरल उपाय डा. पुष्प राज पन्त
गोविन्द लुइँटेल
सरकार! म शिक्षक नै रहन पाऊँ गोविन्द लुइँटेल

ब्लग

सञ्जीव पोखरेल
'लेखेर राख्नुस्– ४० कटेपछि तपाईं पनि धर्मकर्ममा लाग्नुहुनेछ!' सञ्जीव पोखरेल
अमर अधिकारी
आगो बल्दै गरेको नल नाघ्ने काम! अमर अधिकारी
रामदत्त जोशी
जब गाउँभरि मेरो बिहेको हल्ला फैलियो! रामदत्त जोशी
भुवन केसी
जापान अनुभव: धेरै गाह्रो, थोरै सजिलो र शून्य बचत! भुवन केसी

साहित्यपाटी

भरत आचार्य
अविवाहित वडा सचिवको दर्ता नभएको प्रेम! भरत आचार्य
बिक्रम गुरुङ
तिम्रो पत्र लेख्ने जुक्तिले मलाई शाखा प्रबन्धक बनायो! बिक्रम गुरुङ
रामचन्द्र अधिकारी
सिकरकटेरीदेखि ओकिनावासम्म! रामचन्द्र अधिकारी
दिपक घिमिरे
एउटा कालिगड! दिपक घिमिरे

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP