बिहीबार विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस। नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यो दिवश भव्य रूपमा मनाइँदैछ।
सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिक नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिएका थिए। सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन अन्तर्राष्टिय सगरमाथा दिवस मनाउन थालिएको हो।
यस वर्ष पनि सरकारले विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा सगरमाथा दिवस मनाउने कार्यक्रम तय गरेको छ। दिवस मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरिएको छ।
यसै अवसरमा बिहीबार बिहान प्रभातफेरी गरिएको थियो।
ठमेलबाट सुरू भएको र्याली वसन्तपुरमा आएर समापन भएको थियो। र्यालीमा आरोही, पर्यटन व्यवसायी लगायत सहभागी थिए।
-1748490866.jpeg)
-1748490867.jpeg)
-1748490867.jpeg)
-1748490868.jpeg)
-1748490868.jpeg)
-1748490869.jpeg)
-1748490869.jpeg)
-1748490870.jpeg)
-1748490870.jpeg)
-1748490872.jpeg)
-1748490871.jpeg)
-1748490873.jpeg)
-1748490873.jpeg)
-1748490874.jpeg)
-1748490874.jpeg)
-1748490875.jpeg)
-1748490873.jpeg)
-1748490875.jpeg)
-1748490876.jpeg)
-1748490877.jpeg)
-1748490878.jpeg)