ललितपुरम हानगरपालिकाले चालु आर्थिक वर्षलाई कर वर्षको रुपमा बनाउने भएको छ। महानगरले यसअघि रहेको तिर्न बाँकी कर उठाउनको लागि विभिन्न करमा छुटसहितको अवसर दिएको छ।
चालु आर्थिक वर्षभित्र विगतको बाँकी रहेको र चालु वर्षकै पनि समयमै तिरमो विशेष छुटसहितको अवसर दिइएको महानगरले जानकारी दिएको छ।
महानगरले मालपोत, घरजग्गा र व्यवसाय करमा १० प्रतिशत छुट दिएको छ। चालु वर्षको साउनभित्र कुर भुक्तानी गर्ने करदाताले यस्तो सुविधा पाउने छन्। त्यस्तै विगतका वर्षमा रहेको ब्यौता तिरेमा नियमाअनुसार लाग्ने जरिबाना पनि मिनाहा हुने महानगरले प्रष्ट पारेको छ।
मालतपोत, घरजग्गा र व्यवसाय करमा रहेको बक्यौता चालु वर्षभित्र भुक्तानी गर्नेलाई जम्मा रकमको १० प्रतिशत छुट दिने महानगरले जानकारी दिएको छ।