प्रिज्मा एडभर्टाजिङले ब्रान्डलरेट स्पेशल लिमिटेड एडिसन बेस्ट ब्रान्ड्स अवार्ड २०२५ जितेको छ।
प्रिज्माले ब्रान्ड इन्फ्लुएन्सर क्रिएटिभ एन्ड ब्रान्डिङ सोलुसन्स श्रेणीमा सम्मान प्राप्त गरेको हो।
यो अवार्डले एजेन्सीको रणनीतिक ब्रान्डिङ र सांस्कृतिक रूपमा प्रभावशाली कथावस्तु निर्माणमा अग्रणी भूमिकाको कदर गरेको छ।
यो सम्मान ३१ जुलाई २०२५ मा सिंगापुरको सांग्रीला होटलमा आयोजित समारोहमा प्रदान गरिएको थियो, जहाँ प्रिज्मा एडभर्टाइजिङका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्य र महाप्रबन्धक शरद शाहीले एजेन्सीको तर्फबाट यो सम्मान ग्रहण गरेका थिए।
विश्व ब्रान्ड्स फाउन्डेसनद्वारा आयोजित ब्रान्डलरेट अवार्डले विश्वका सबैभन्दा प्रतिष्ठित, प्रभावशाली र प्रभावकारी ब्रान्डहरूलाई सम्मानित गर्छ।
अन्तर्राष्ट्रियस्तरको मनोनयनहरूको प्रतिस्पर्धात्मक क्षेत्रबाट छनोट भएको प्रिज्माले आफ्नो ब्रान्ड प्रभाव र नवीन रचनात्मक रणनीतिका लागि विशिष्ट पहिचान बनायो।
यो मान्यताले नेपालको रचनात्मक उद्योगका लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो र प्रिज्मालाई विश्वव्यापी ब्रान्ड नवप्रवर्तकहरूको सम्मानित समूहमा स्थापित गरेको छ।
उक्त कार्यक्रममा प्रिज्मा एडभर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले भने, 'ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड हाम्रो टिमको निरन्तर मेहनत, सिर्जनात्मक सोच र नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने हाम्रो अठोटको प्रमाण हो। हामी विश्वास गर्छौं कि प्रामाणिकता र साहसमा आधारित विचारहरूले हरेक सीमालाई पार गर्न सक्छन्। यो सम्मानले हामीलाई अझ ठूलो सम्भावनाको खोजी गर्न र हाम्रा दृष्टिकोणहरूलाई विस्तार गर्न थप प्रेरणा मिलेको छ।'