नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले राष्ट्रिय व्यावसायिक कार्य सम्पादन अवार्ड वितरण गरेको छ। आइक्यानले प्रत्येक वर्ष राष्ट्रिय व्यावसायिक कार्यसम्पादन अवार्डका लागि प्रतिस्पर्धा आयोजना गर्दै आएको छ।
राम्रो वित्तीय प्रतिवेदन र सान्दर्भिक जानकारीको खुलासालाई प्रोत्साहन गर्ने तथा नेपालमा वित्तीय प्रतिवेदनको उच्च मापदण्ड कायम गर्ने उद्देश्यले यो अवार्ड दिइने गरेको छ।
राष्ट्रिय व्यावसायिक कार्यसम्पादन अवार्डका विजेताहरू दक्षिण एशियाली लेखापाल महासंघद्वारा आयोजित साफास्तरको व्यावसायिक कार्यसम्पादन अवार्डमा भाग लिन सिफारिस हुनेछन्।
राष्ट्रिय व्यावसायिक कार्यसम्पादन अवार्डतर्फ विभिन्न क्षेत्रका उत्कृष्ट संस्थाहरूलाई सम्मान गरिएको छ।
क–कसले पाए अवार्ड?
निजी क्षेत्रका बैंकहरूतर्फ:
स्वर्ण अवार्डः नबिल बैंक
रजत अवार्डः सिद्धार्थ बैंक
कांस्य अवार्डः नेपाल एसबिआई बैंक
योग्यताको प्रमाणपत्रः एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल
सार्वजनिक क्षेत्रका बैंकिङ संस्थाहरूमध्येः
रजत अवार्डः कृषि विकास बैंक
वित्तीय सेवा क्षेत्रमाः
स्वर्ण अवार्डः कामना सेवा विकास बैंक
रजत अवार्डः महालक्ष्मी विकास बैंक
कांस्य अवार्डः मुक्तिनाथ विकास बैंक
योग्यताको प्रमाणपत्रः प्रभु क्यापिटल , लुम्बिनी विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक
गैर–जीवन बीमातर्फः
स्वर्ण अवार्डः नेपाल इन्स्योरेन्स कम्पनी
कांस्य अवार्डः शिखर इन्स्योरेन्स कम्पनी
योग्यताको प्रमाणपत्रः हिमालयन एभरेष्ट इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
जीवन बीमा क्षेत्रमाः
रजत अवार्डः नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
योग्यताको प्रमाणपत्रः आईएमई लाइफ
उत्पादन क्षेत्रमाः
स्वर्ण अवार्डः युनिलिभर नेपाल
संयुक्त कांस्यः बोटलर्स नेपाल (तराई) र हिमालयन डिस्टिलरी
योग्यताको प्रमाणपत्रः बोटलर्स नेपाल
विद्युत र ऊर्जा क्षेत्रमाः
योग्यताको प्रमाणपत्रः बुटवल पावर
सेवा क्षेत्रमाः
कांस्य अवार्डः ओरिएन्टल होटल लिमिटेड
कार्यक्रममा आइक्यानका नवनिर्वाचित अध्यक्ष नीलबहादुर सारू र उपाध्यक्ष आनन्दराज शर्मा वाग्लेले पदको शपथ लिएका थिए।