अहिले माध्यमिक शिक्षा परीक्षा (एसइई) बाट वार्षिक करिब दुई लाख १८ हजार विद्यार्थी उत्तीर्ण हुन्छन्।
प्लस-टू (दस जोड दुई) पछि धेरै विद्यार्थी पढ्न विदेश जाने गरेका छन्। पछिल्लो तथ्यांक अनुसार हाल वार्षिक एक लाखभन्दा बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिँदै आइरहेका छन्।
प्रिमियर इन्टरनेसनल स्कुलले यस्तै अवस्थालाई ध्यानमा राखेर समानान्तर रूपमा राष्ट्रिय परीक्षा बोर्ड नेपालको दस जोड दुईका कक्षा र दुई वर्षे इन्टरनेसनल ब्याकलौरेट (आइबी) शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ।
२०६७ सालमा स्थापित यो स्कुलमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा पाइने स्कुलकी शैक्षिक निर्देशक प्रविना थापा बताउँछिन्।
उनका अनुसार प्रिमियर इन्टरनेसनल आइबी शैक्षिक कार्यक्रम चलाउने नेपालको पहिलो र एक मात्र स्कुल हो। यो शैक्षिक कार्यक्रम स्विट्जरल्यान्डको इन्टरनेसनल ब्याकलौरेट अर्गनाइजेसनबाट मान्यता प्राप्त छ। यस्तो शैक्षिक कार्यक्रम सञ्चालनको उद्देश्य विद्यार्थीहरूमा वैश्विक सोच विकास गर्नु र उनीहरूको सर्वांगीण विकास गर्नु हो।
यही मान्यताका आधारमा प्रिमियर इन्टरनेसनल स्कुलले आफ्ना पाठ्य सामग्रीहरू तयार गर्छ। विद्यार्थीहरूलाई उनीहरूको रूचि र क्षमता अनुसारको विषय छान्न लगाउने, त्यसैमा उनीहरूलाई अगाडि बढाउने गरी स्कुलले अध्यापन गरिरहेको छ।
विद्याथीहरूलाई सामुदायिक क्रियाकलापमा पनि सहभागी गराउँदै उनीहरूलाई वैश्विक नागरिकका रूपमा तयार गर्ने गरी स्कुलले आफ्ना शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यो स्कुलमा पढाइसकेपछि अभिभावकहरूले छोराछोरीको कस्तो भविष्य देख्न सक्छन् लगायत विषयमा सेतोपाटीले प्रिमियरकी शैक्षिक निर्देशक प्रविना थापासँग कुराकानी गरेको छ।
हेर्नुस् भिडिओमाः