सरकारले विद्यालयमा निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ।
यसका लागि एक अर्ब २९ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।
यसबाट १३ लाख छात्रा लाभान्वित हुने अपेक्षा गरिएको छ।
विकट हिमाली जिल्लाका विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्तिलाई पनि निरन्तरता दिइएको छ।
मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सातर्फको उच्च शिक्षामा उत्प्रेरणा छात्रवृत्ति प्रदान गरिनेछ। यस्तो छात्रवृत्तिका लागि दुई अर्ब ४४ करोड बजेट विनियोजन गरिएको छ।