आगामी आर्थिक वर्षमा शिक्षक दरबन्दी पुनरावलोकन गरिने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्।
आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले शिक्षकको क्षमता विकास गर्न आवधिक रूपमा तालिम प्रदान गरिने बताए।
संस्थागत सामाजिक उत्तरदायित्वको दायरा विस्तार गरी विद्यालय शिक्षाको नतिजा र गुणस्तर सुधारमा समेत प्रयोग गर्ने नीति लिइने उल्लेख छ।
अंग्रेजी विज्ञान र गणित शिक्षकको अभाव हुन नदिन विश्वविद्यालयसँग सहकार्य गरी शिक्षक बैंकको स्थापना गरिने व्यवस्था बजेटमा छ।
त्यस्तै सरकारले स्नातकतह उत्तीर्ण विद्यार्थीलाई स्वयम् सेवकको भूमिकामा परिचालन गर्ने घोषणा गरेको छ।