सरकारले खेलकुद क्षेत्रका लागि बजेट बढाएको छ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी वर्षको बजेट यो क्षेत्रमा ६ अर्ब ८ करोड रूपैयाँ विनियोजन गरेका छन्।
यो चालु वर्षको तुलनामा तीन गुणा बढी हो। चालु वर्षमा २ अर्ब ५८ करोड मात्रै विनियोजन गरिएको थियो।
आगामी वर्ष हाइ अल्टिच्युड खेल लगायत विभिन्न खेल कार्यक्रम सञ्चालन गरिने बताइएको छ। खेलकुद क्षेत्रमा पूर्वाधार विकास गर्ने कार्यक्रम बजेटमा ल्याइएको छ।