सरकारले वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि समुदायमा सचेतना कार्यक्रम अघि सार्ने नीति लिएको छ।
वनमा डढेलो लगाउने व्यक्तिलाई कानुनी दायरामा ल्याउन सूचना दिने वा निभाउन सहयोग गर्ने व्यक्ति वा समुदायलाई पुरस्कृत गर्ने अर्थमन्त्री विष्णु पौडेलले बताए।
सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड बजेट छुट्याएको छ।