द ब्रिटिस कलेज (टिबीसी)ले तेस्रो पटक स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम सम्पन्न गरेको छ।
ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको टिबिसीको पार्टनर विश्वविद्यालय लिड्स बेकेट (एलबियू)सँगको सहकार्यमा स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम सम्पन्न गरेको हो।
अप्रिल १९ देखि एक सातासम्म काठमाडौंमा सञ्चालन भएको कार्यक्रममा बेलायतस्थित लिड्स बेकेट विश्वविद्यालय तथा टिबिसीमा अध्ययनरत १६ जना विद्यार्थीहरू सहभागी भएका थिए।
यस पटकको स्टुडेन्ट एक्सचेन्ज कार्यक्रमको विषय 'सामाजिक परिवर्तनको लागि आइओटी र आडइनो' रहेको थियो।
जस अन्तर्गत विद्यार्थीहरूले पहिरो, स्वच्छ खानेपानी, वन्यजन्तु सुरक्षा, र वन विनाशजस्ता समस्या समाधानका लागि नवीनतम प्रोटोटाइपहरू विकास गरेका थिए।
यस 'क्रस–कल्चरल टिमवर्क'मा आधारित कार्यक्रममा टिबिसीमा अध्ययनरत र लिड्स बेकेडबाट आएका विद्यार्थीहरूलाई मिलाएर टिमहरूको निर्माण गरिएको थियो।
जसअन्तर्गत पहिरोको चेतावनी प्रणाली, स्मार्ट पानी गुणस्तर निगरानी प्रणाली, नाइटगार्ड प्रणाली र वन विनाश निगरानी एपको प्रोटोटाइप विद्यार्थीहरूले निर्माण गरेका थिए।
कार्यक्रमको नेतृत्व एलबियूकी डा. पुनेह बघेरी जादेह र टिबिसीका डा. रोहितराज पाण्डेले गरे। जसमा द ब्रिटिस कलेजका अन्य संकाय सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
यस कार्यक्रमले अनुसन्धान, संयुक्त अध्यापन र डिजिटल शिक्षामा भविष्यका सहकार्यहरूबारे पनि सम्भावना अनुसन्धान गरेको छ।