सरकारले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई तत्काल सुचारु गराउने भएको छ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
त्यसका लागि विमानस्थलमा देखिएको समस्या बुझ्न आफैँ स्थलगत निरीक्षणमा जाने पनि मन्त्री अधिकारीले बताए।
मंगलबार उनले पोखरा विमानस्थलको काम भइरहेको र त्यसलाई अझै प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे। मन्त्री अधिकारीले देशका विभिन्न भागमा आवश्यकता अनुसार विमानस्थल निर्माणको कामलाई अघि बढाउने योजना पनि अघि सारे।
मन्त्री अधिकारीले पाइलटहरूको अभाव हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे। उनले बाह्य उडान मात्रै भर्न चाहने पाइलटहरूलाई आन्तरिक उडान अनिवार्य गर्नुपर्ने व्यवस्था गरे तत्काललाई पाइलटको अभाव नहुने पनि स्मरण गराए।
मन्त्री अधिकारीले पाईलटहरूसँग समयसीमा तोकेर सेवा अवधि तोक्ने योजना पनि सुनाए।