विद्युत महसुलवापतको रकम अबदेखि ‘आइएमई पे’बाट भुक्तान गर्न सकिने भएको छ।
नेपाल विद्युत प्राधिकरणले हालै अनलाइन बिल भुक्तानी सेवा थालेसँगै आइएमईपेमार्फत पनि हुने भएको हो।
यसले आम सेवाग्राहीहरूलाई बिल भुक्तानीका लागि लाइन बस्नुपर्ने झन्झटबाट मुक्ती मिल्नेछ। प्राधिकरणले उपत्यकाभित्रका सबै शाखाहरुको महसुल संकलन अनलाइन पद्वतीबाट गर्न सुरु गरिसकेको छ।
प्राधिकरणका कर्मचारीहरुले मिटर रिडिङ्गगर्दा उपलब्ध गराएको बिलका आधारमा आफुलाई पायक पर्ने आईएमई एजेण्ट आउटलेटमार्फत अनलाइन बिल भुक्तान सेवा लिन सकिने आइएमईले जनाएको छ।