रसुवाबाट चीनसँग जोडिने धुन्चे-स्याफ्रुबेसी खण्डको १२ घुम्ती सडक चर्चित छ।
धुन्चे-स्याफ्रूबेसी खण्डमा यात्रा गर्नेहरू सानोभार्खु पुगेपछि रोकिएर १२ घुम्ती सडकको दृश्यावलोकन गर्छन्।
माथीबाट हेर्दा सडक नागबेली देखिन्छ।
फेँदीदेखि घुम्ति बनाउँदै सडक डाँडामा ल्याइएको छ। बीच-बीचमा वस्तीहरू पनि छन्।
आकर्षक बाह्र घुम्ती सडक रहेको हुनाले अहिले यात्रुहरुले फोटो खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने क्रम बढेको छ।
बर्खाको हरियालीका बीचबीचमा घुम्ती सडक अझै आकर्षक देखिन्छ।
सडक आकर्षक भए पनि खाल्डाखुल्डी, काँही पहिरो गएको हुनाले यात्रा गर्न भने जोखिम नै रहेको स्थानीयले बताए ।
सोही सडक हुँदै नेपाल चीन सिमा रसुवागढी र लाङटाङ उपत्यका पुगिन्छ।
तस्बिरहरूः









तस्बिर : नेपाल फोटो लाइब्रेरी