सिस्नेखोला-नागढुंगा सुरूङमार्ग सञ्चालनको अन्तिम चरणमा छ।
२०७६ कार्तिक ४ गते शिलान्यास गरी निर्माणको कार्य सुरु गरिएको सो सुरुङमार्गको लगभग निर्माणको कार्य सकिसकेको छ भने अब सञ्चालनको कार्य र कार्यविधि तयार गरी सञ्चालन गर्न मात्र बाँकी रहेको छ ।
सो सुरुङमार्ग आयोजना अन्तर्गत मुख्य र सहायक (ईभ्याकुएसन टनेल) गरी दुई वटा मार्ग रहेका छन् जसमा मुख्य सुरुङमार्गमा सवारी साधन सञ्चालन गरिन्छ भने सहायक सुरुङमार्ग आपतकालिन समयमा प्रयोग गर्ने गरी निर्माण गरिएको हो ।
सो आयोजना अन्तर्गत पूर्वी खण्ड (काठमाडौं तर्फ) २.५ किमी एप्रोच सडक निमा गरिएको छ भने जड अन्तर्गत बलम्बुमा निर्माण गरिएको ओभरपास अन्तिम चरणमा रहेको छ ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कृष्णा ज्वालाले २०८० साउन २२ गते सहायक सुरुङमार्गको ब्रेक थ्रु गरेका थिए भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले २०८१ वैशाख ३ गते मुख्य सुरुङमार्गमा ब्रेक थ्रु गरेका थिए ।
हाजमा कर्पोरेशन जापानले निर्माणको जिम्मा लिएको ६ वर्ष पछि अब भने निर्माण कार्य सकेर नेपाल सरकारलाई यही अक्टोबरको अन्तिममा हस्तान्तरण गर्ने तयारी गरिरहेको कम्पनीका कन्सल्टेन्ट इन्जिनियर रमेश कोइरालाले जानकारी दिए ।
जाइकाको १६ अर्ब सहुलियत ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब गरी जम्मा २२ अर्ब लागतमा सो सुरुङमार्गको निर्माण कार्य सम्पन्न भएको उनले बताए ।
सिस्नेखोलादेखि नागढुङ्गासम्म करिब पौने ३ किमीको दूरी रहेको सो सुरुङमार्ग प्रयोगका लागि साउन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क (ट्रोल ट्याक्स) समेत निर्धारण गरिसकेको छ ।
जस अनुसार कार/भ्यानहरूलाई काठमाडौ आउँदा रु.६५ र काठमाडौँबाट फर्किदा रु. ६० शुल्क लाग्ने छ। मिनी बस र मिनी ट्रकलाई काठमाडौं आउँदा रु. ११५ र काठमाडौँबाट जाँदा रु.८० शुल्क लाग्ने छ। त्यस्तै बस र ट्रकले काठमाडौं आउँदा रु. २६० र काठमाडौँबाट जाँदा रु.२०० शुल्क तिर्नु पर्ने छ।
भारी उपकरणले भने काठमाडौं आउँदा रु.६०० र काठमाडौँबाट जाँदा रु.२५० शुल्क तिर्नु पर्ने छ ।
यस सुरुङमार्गमा दुई पाङ्ग्रे सवारीसाधनले भने प्रवेश गर्न पाउने छैनन् ।
हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको यो सुरुङमार्ग आगामी पुस–माघसम्ममा सञ्चालन ल्याउने तयारी भइरहेको छ । खुला प्रतिस्पर्धाबाट निजी कम्पनीलाई यो सुरुङमार्ग सञ्चालनको जिम्मा दिने तयारी सरकारको छ ।
यो सुरुङमार्ग सञ्चालनमा आएपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ।
यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट समय बचत गर्नेछ ।
नयाँ प्रविधिको प्रयोग, सुरुङमा विभिन्न यन्त्रहरू जडान, सुरुङमार्गमा ट्राफिक स्थितिको जानकारीका लागि कन्ट्रोल रूम लगायत हरेक १५० देखि २०० मीटरको दूरीमा सीसी क्यामेरा जडान गरिएको र सवारी साधनबाट निस्कने हानिकारक ग्यासको फिल्टरका लागि र सुरुङमार्गमा अक्सिजनको प्रवाहलाई कायम राख्नका लागि १५ वटा जेट फ्यानको प्रयोग गरिएको छ भने भिजिविलित मीटरको समेत प्रयोग र आपतकालिन सञ्चारका लागि टेलिफोन समेत जडान गरिएको छ।
तस्बिरहरूः
-ink-1755328709.jpeg)
-ink-1755328709.jpeg)
-ink-1755328710.jpeg)
-ink-1755328710.jpeg)
-ink-1755328710.jpeg)
-ink-1755328711.jpeg)
-ink-1755328711.jpeg)
-ink-1755328712.jpeg)
-ink-1755328713.jpeg)
-ink-1755328713.jpeg)
-ink-1755328714.jpeg)
-ink-1755328714.jpeg)
-ink-1755328715.jpeg)
-ink-1755328715.jpeg)
-ink-1755328716.jpeg)
-ink-1755328717.jpeg)
-ink-1755328717.jpeg)
-ink-1755328716.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।