नेपाल टेलिकमले टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटाएको छ।
सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएकोबारे नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सार्वजनिक सूचनाका आधारमा यस्तो निर्णय गरिएको नेपाल टेलिकमले जनाएको छ।
सामाजिक सदभाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै २०८० कात्तिक २७ गतेबाट सरकारले टिकटकमाथि रोक लगाएको थियो।
'टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटेसँगै अब नेपाल टेलिकमका सेवाग्राहीले सहज तवरले उक्त सामाजिक सञ्जाल प्रयोग गरी लाभ लिन सक्ने कम्पनीको विश्वास छ,' टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ।