सामाजिक सञ्जाल एक्सको सम्पत्ति करिब ७१ प्रतिशतले घटेको छ।
सन् २०२२ को अक्टोबरमा एलन मस्कले एक्स (त्यसबेला ट्विटर) ४४ अर्ब डलरमा खरिद गरेका थिए।
फिडेलिटी सेक्युरिटीमा कम्पनीले सन् २०२३ डिसेम्बर ३० मा बुझाएको प्रतिवेदन अनुसार कम्पनीको सम्पत्ति ७१.५ प्रतिशतले घटेको देखिएको हो।
फिडेलिटी ब्लू चिप ग्रोथ फन्डले खरिद गरेको एक्सको सेयरको मूल्य ६३ लाख डलरबाट घटेर सन् २०२३ नोभेम्बर ३० मा ५३ लाख डलर पुगेको देखिएको थियो। मस्कले ट्विटर खरिद गर्नु अघि फण्डको स्वामित्वमा रहेको सेयरको मूल्य एक करोड ९६ लाख डलर थियो।
सन् २०२३ को जुलाईमा मस्क आफैँले विज्ञापनमा आएको कमीले एक्सको वित्तीय अवस्था कठिन अवस्थामा रहेको बताएका थिए। सो समय मस्कले एक्समार्फत् गरिने विज्ञापनमा ५० प्रतिशतले कमी आएको बताएका थिए।
सन् २०२३ को नोभेम्बरमा ठूला विज्ञापन दाताका रूपमा रहेका डिस्ने र आइबिएमले एक्समार्फत् गरिरहेको विज्ञापन रोकेका थिए।