दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसङले विभिन्न मोडलका फोन ल्याएको छ।
त्यसैमध्ये एक हो ‘सामसङ ग्यालेक्सी–नोट १० प्लस’। यो फ्ल्यागसिप स्मार्टफोन अन्तर्गत पर्दछ।
फोनको मुख्य विशेषता स्टोरेज हो। कम्पनीले यसमा १२ जिबी र्याम र २५६ जिबी स्टोरेज दिएको छ। जसको सहायताले प्रयोगकर्ताले आफ्ना जति पनि फोटो, भिडियो, डकुमेन्ट वा फाइल सहजै अटाउँन सक्छन्।
फोन पातलो र हलुका भएकाले प्रयोगकर्ताले सहजै पकेटमा अटाउँन सक्छन्।
फोनमा ६.८ इञ्चको ठूलो आकारको डिस्प्ले भएकाले ठूलो स्क्रिनमा फिल्म हेर्न, गेम खेल्न, कार्यालयका काम गर्न तथा अनलाइन कक्षाको लागि पनि फोन उपयुक्त हुने देखिन्छ।
फोनमा बहुआयामिक एवं शक्तिशाली चार क्यामरा प्रणाली छ, जसले जस्तो सुकै अवस्थमा पनि गुणस्तरीय फोटो खिच्न सघाउँछ।
जसमा प्रमुख क्यामरा १२ मेगापिक्सल, १६ मेगापिक्सलको अल्ट्रा वाइड र १२ मेगापिक्सल टेलिफोटो र ०.३ मेगापिक्सल डेप्थ क्यामरा छन्।
अगाडि भएको १० मेगापिक्सल लेन्सले सेल्फी खिच्न सघाउँछ। फोनमा भएको नाइट मोडले रातमा पनि गुणस्तरीय फोटो खिच्छ।
फोनमा ४३ सय एमएएच ब्याट्री छ। जसले प्रयोगकर्तालाई पटक पटक मोबाइल चार्ज गरिरहन पर्दैन।
चार्ज सकिहाले पनि फोनमा दिइएको १५ वाटको फास्ट चार्जिङ सुविधाले फोन छिटै चार्ज फुल हुन्छ।
६.८ इञ्च डिस्प्ले १२/१६/१२/०.३ मेगापिक्सेल ब्याक क्यामरा सेल्फी क्यामेरा १० मेगापिक्सल १२ जिबी र २५६ जिबी स्टोरेज ४३ सय एमएएच ब्याट्री १५ वाटको फास्ट चार्जिङ सुविधा मूल्य १ लाख २९ हजार ५ सय ९९ रूपैयाँ