नेपाली बजारमा शाओमी, ओपो, हुवाइ, भिभो, सामसङ, रियलमी, वानप्लस, अल्काटेल, नोकिया, कलर्सलगायत विभिन्न ब्राण्डका फोन छन्।
ती कम्पनीले सस्ता देखि महंगा मूल्यसम्मका फोन बजारमा ल्याएका छन्। यहाँ ३० देखि ३५ हजार मूल्यका फोन बारे चर्चा गरिएको छ।
उक्त मूल्यमा ओपो, सामसङ, भिभो र शाओमी गरी चार कम्पनीका फोन हाल बजारमा छन्।
ओपो–एफ११ प्रो
फोनमा ६.५ इञ्चको डिस्प्ले छ। मोबाइलको पछाडि पट्टि ४८ एमपीको मुख्य क्यामरा र ५ एमपीको डेप्थ क्यामरा छ। त्यस्तै, १६ एमपीको सेल्फी क्यामरा छ। ४ हजार एमएएचको ब्याट्री क्षमता रहेको फोन ग्राहकले ६जिबी र्याम १२८ जिबी रोम क्षमतामा पाउने छन्। यसको मूल्य ३८ हजार ९ सय ९० रूपैयाँ छ।
ओपो–एफ१५
फोनमा ६.४ इञ्चको डिस्प्ले छ। यसको क्षमता ८ जिबी र्याम र १२८ जिबी रोम छ। मोबाइलको पछाडि पट्टि ४८ एमपीको मुख्य क्यामरा, ८ एमपीको वाइड एंगल, २ एमपीको म्याक्रो र २ एमपीको डेप्थ क्यामरा छ। त्यस्तै, १६ एमपीको सेल्फी क्यामरा छ। फोनमा ४ हजार एमएएचको ब्याट्री क्षमता छ। यसको मूल्य ३९ हजार ९ सय ९० रूपैयाँ छ।
सामसङ–ए५१
फोनमा ६.५ इञ्च डिस्प्ले छ। पछाडि चार वटा क्यामरा छ। जसमा ४८ एमपीको मुख्य क्यामरा, १२ एमपी अल्ट्रा वाइड, ५ एमपी म्याक्रो र ५ एमपीको डेप्थ क्यामरा छ। त्यस्तै, सेल्फी क्यामरा ३२ एमपीकोे छ। ४ हजार एमएएच ब्याट्री क्षमता रहेको फोनमा १५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। ६जिबी र्याम १२८जिबी रोम क्षमतामा रहेको फोनको मूल्य ३९ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
भिभो–एस१ प्रो
फोनको डिस्प्ले ६.३८ इञ्चको छ। पछाडि चार वटा क्यामरा छन्। जसमा ४८ एमपी वाइड, ८ एममी अल्ट्रा वाइड, २ एमपी म्याक्रो र २ एमपीको डेप्थ क्यामरा छ। त्यस्तै, ३२ एमपीको सेल्फी क्यामरा छ। ४५ सय एमएएच ब्याट्री क्षमता रहेको यो फोनमा १८ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। यो फोन ग्राहकले ८ जिबी र्याम र १२८ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको मूल्य ३६ हजार ७ सय ९० रूपैयाँ तोकिएको छ।
शाओमी–रेड्मी के२०
फोनको डिस्प्ले ६.३९ इञ्चको छ। पछाडि तीन वटा क्यामरा छन्। जसमा ४८ एमपी वाइड, १३ एमपी अल्ट्रा वाइड र ८ एमपीको डेप्थ क्यामरा छ। त्यस्तै, २० एमपीको सेल्फी क्यामरा छ। ४ सय एमएएच ब्याट्री क्षमता रहेको यो फोनमा १८ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। यो फोन ग्राहकले ६ जिबी र्याम र १२८ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको मूल्य ३९ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।
मोडल | क्षमता | मूल्य |
भिभो–एस१ प्रो | ८जिबी/१२८जिबी | ३६,७९० |
ओपो–एफ११ प्रो | ६जिबी/१२८जिबी | ३८,९९० |
ओपो–एफ१५ | ८जिबी/१२८जिबी | ३९,९९० |
सामसङ–ए५१ | ६जिबी/१२८जिबी | ३९,९९० |
शाओमी–रेड्मी के२० | ६जिबी/१२८जिबी | ३९,९९० |