लुम्बिनी प्रदेश लोकसेवा आयोगले प्रशासन, स्वास्थ्य इन्जिनियरिङ र वनतर्फ विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको छ।
आयोगले शुक्रबार जारी गरेको सूचनाअनुसार प्रशासन, स्वास्थ्य इन्जिनियरिङ तर्फ चौथो तह र वनतर्फ तेस्रो र चौथो तहको कर्मचारी माग गरेको हो।
आयोगले प्रशासनतर्फ सामान्य प्रशासन र लेखाका लागि १८ जना कर्मचारी, स्वास्थ्य सेवातर्फ २७ जना, इन्जिनियरिङतर्फ ४ जना र वन चौथो तहअन्तर्गत १० जना र तेस्रो तहअन्तर्गत वन रक्षक पदमा ११५ जना कर्मचारी माग गरेको हो।
उमेर हद निजामती सेवाको पदमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, महिला ४० वर्ष ननाघेका र स्वास्थ्य सेवातर्फका ४५ वर्ष पूरा नभएको हुनुपर्नेछ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन १५ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन २२ गतेसम्म आवेदन दिन सक्नेछन्।