जनता माध्यमिक विद्यालय सुनसरीलाई विज्ञान शिक्षक आवश्यक परेको छ।
विद्यालयले करार सेवामा मावि तहको लागि १ जना विज्ञान शिक्षक माग गरेको हो।
आवेदकले विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ।
इच्छुक आवेदक १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ।
आवेदन दस्तुर दुई हजार पाँच सय रूपैयाँ लाग्नेछ।
इच्छुकले माघ १७ गते कार्यालय समयभित्र जनता माध्यमिक विद्यालय, बराहक्षेत्र–६, सुनसरीमा दरखास्त दिनु पर्नेछ।
